‘हतारमा समाचार लेख्दा गलत सूचना’
नेपालबहस संवाददाता
भदौ १३, २०७६ शुक्रबार १५:२५:१
१३ भदौ, काठमाडौं । प्रहरी, वन्यजन्तु संरक्षणमा कार्यरत, पत्रकारलगायतले वातावरण र वन्यजन्तु अपराधसम्बन्धी घटना र विषय नबुझी समाचार लेखिने गरेको बताएका छन् ।
विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ), हरियो वन कार्यक्रम, सञ्चारिका समूह र नेचर मिडियाले संयुक्तरुपमा आयोजना गरेको ‘महिला पत्रकारका लागि वातावरण तथा वन्यजन्तु अपराध नियन्त्रणसम्बन्धी एक दिने तालीम’ मा वक्ताहरुले हतारमा समाचार लेख्दा गलत सूचना आउने हुँदा सत्य बुझेर मात्रै लेख्नुपर्ने बताएका हुन् ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका पूर्वमहानिर्देशक श्याम बजिमयाले पत्रकारले कुन वन्यजन्तु हो र त्यसको अवस्था के छ भन्ने वास्तविकता बुझेर मात्रै समाचार लेख्नुपर्ने बताए । कहिलेकाहीँ बाघ हुँदा चितुवा र कहिले चितुवा हुँदा बाघ भनी समाचार आउने गरेको उनले बताए । सरकारले लोपोन्मुख प्रजातिको जनावरको सङ्ख्या बढाउँदा उनीहरुको आहारामा समेत ध्यान दिनुपर्ने उनले बताए । उनले भने, “मिडियाले पनि सरकार, निकुञ्जलगायत सबैको ध्यान जाने गरेर समाचार सम्प्रषण गर्नुपर्छ ।”
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत प्रहरी उपरीक्षक प्रवीन पोखरेलले नेपाल प्रहरीले वन्यजन्तु अपराध सङ्गठनिक रुपमा अघि बढिरहेको औँल्याए । अपराध नियन्त्रणका लागि नेपाल प्रहरीले अनुसन्धान शुरु गरेपछि यस क्षेत्रमा सुधार भइरहेको उनले दाबी गरे । उनले भने, “एकै वर्ष यस क्षेत्रमा धेरैलाई पक्राउ गरेर कानुनको दायरामा ल्याएको छ ।”
सञ्चारिका समूहका अध्यक्ष नितु पण्डितले वातावरण र वन्यजन्तु अपराधसम्बन्धी विषयमा थोरै महिला पत्रकारले मात्रै समाचार लेख्ने गरेकाले उनीहरुलाई यस विषय बुझाउन र प्रोत्साहन गर्न विभिन्न जिल्लामा यस्ता कार्यक्रम सञ्चालन गरिएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
बागलुङको लेकमा उत्पादित कपडा विदेश निर्यात
भदौ १९, २०८१ बुधबार
ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
नेपालबहस संवाददाता
कात्तिक १, २०८१ बिहिबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
कात्तिक १, २०८१ बिहिबार
देउवा फकाएर ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर दल फुटाउन सक्ने प्रतिपक्षीको आशंका
कात्तिक २, २०८१ शुक्रबार
सहकारीको रकम अपचलन प्रकरणमा रास्वपाका सभापति लामिछाने चाँडै पक्राउ पर्ने, प्रचण्डसँग हारगुहार
कात्तिक २, २०८१ शुक्रबार
भारतविरुद्ध न्यूजील्याण्डको ३५६ रनको अग्रता
कात्तिक २, २०८१ शुक्रबार
बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
कात्तिक २, २०८१ शुक्रबार
पर्यटकको पर्खाइमा भोजपुरको छाँगे झरना
कात्तिक २, २०८१ शुक्रबार
सहकारीको रकम अपचलन प्रकरणमा रास्वपाका सभापति लामिछाने चाँडै पक्राउ पर्ने, प्रचण्डसँग हारगुहार
कात्तिक २, २०८१ शुक्रबार
सलमान खानलाई फेरी ज्यान मार्ने धम्की
कात्तिक २, २०८१ शुक्रबार
इङल्याण्डविरुद्धको दोस्रो टेस्टमा पाकिस्तानको शानदार जित
कात्तिक २, २०८१ शुक्रबार