मौलिकता हराए विकृतिले जरा गाड्छ : उपसभामुख शर्मा
नेपालबहस संवाददाता
भदौ १३, २०७६ शुक्रबार १५:३५:५८
१३ भदौ, काठमाडौं । गण्डकी प्रदेशका उप–सभामुख सिर्जना शर्माले चाडपर्वको मौलिकता जोगाई राख्न आग्रह गरेकी छिन् । नवआदर्श सामुदायिक विकास समाज लामाचौरको आयोजनामा हिजोदेखि शुरु भएको ‘लामाचौर तीज महोत्सव’को उद्घाटन गर्दै उनले चाडपर्वको मौलिकता हराउँदै गएर विकृति भित्रिन थालेकाले चाडपर्वको मौलिकता जोगाइ राख्नुपर्ने बताए ।
उनले भनिन, “चाडपर्वको मौलिकतानै हरायो भने भोलि विकृतिले जरा गाड्छ, त्यसपछि चाडपर्वको औचित्यमाथि समेत प्रश्न उठ्न सक्छ ।” सम्पूर्ण नेपालीले सरकारलाई रचनात्मक सहयोग गरे मात्र समृद्ध नेपाल, सुखी नेपालीको वर्तमान सरकारको नाराले सार्थकता पाउने भनाइ शर्माको छ ।
गण्डकी प्रदेशसभा सदस्य रामजीप्रसाद बरालले विभिन्न कोणबाट प्रदेश सरकार र प्रदेशसभालाई कमजोर बनाउने प्रयास भइरहेको भन्दै जनताको नजिकको सरकारलाई बलियो बनाउँदामात्र जनचाहना पूरा हुने उल्लेख गरिन ।
प्रदेशसभा सदस्य राजीव पहारीले पनि भ्रष्टाचार अन्त्य र समाज परिवर्तन तथा सुसंस्कृत समाज निर्माणका लागि आह्वान गर्ने खालका गीत निर्माणमा जोड दिनुपर्ने बताइन् । महोत्सव यही भदौ १७ गतेसम्म जारी रहनेछ ।
राष्ट्रिय महिला भलिबलमा छ टिम
तीज महोत्सवको प्रमुख आकर्षणको रुपमा रहेको राष्ट्रिय महिला भलिबल प्रतियोगितामा यस वर्ष विभिन्न छ टिमले सहभागिता जनाउने भएका छन् ।
यही भदौ १४ गतेबाट शुरु हुने प्रतियोगितामा विभागीय सशस्त्र तथा नेपाल पुलिस, न्यू डायमन्ड, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र, चितवन टाइगर्स र पश्चिमाञ्चल भलिबल टिमले उपाधिको लागि प्रतिष्पर्धा गर्ने महोत्सवका प्रचारप्रसार संयोजक बुद्धिबहादुर खत्रीले जानकारी दिए ।
प्रतियोगिताको विजेताले ट्रफीसहित रु एक लाख १५५, द्वितीयले रु ६५ हजार १५५, तृतीयले रु २५ हजार १५५ र सान्त्वनाले रु १५ हजार १५५ प्राप्त गर्नेछन् । प्रतियोगिताको राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेश सिलवालले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकको भनाइ छ ।
त्यसैगरी विद्यालयस्तरीय छात्रा भलिबल, समूहगत तीज गीत प्रतियोगिता तथा अन्तर विद्यालय लोक नृत्य प्रतियोगितालगायतका कार्यक्रम महोत्सवमा समावेश गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
यी ठाउँमा आज पनि वर्षाको सम्भावना, उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात
पुष १४, २०८१ आइतबार
नेपाली कला र संस्कृति प्रवर्द्धन गर्न अमेरिकामा सांगीतिक कार्यक्रम
पुष १४, २०८१ आइतबार
स्तो छ आजको विदेशी मुद्राको विनिमयदर
पुष १४, २०८१ आइतबार
आइतबारदेखि मौसम सुधार हुने
पुष १३, २०८१ शनिबार
अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार