शिक्षक बिरामी हुँदा स्कूल बन्द
नेपालबहस संवाददाता
भदौ १३, २०७६ शुक्रबार १८:३७:५६
१३ भदौ, भीमदत्तनगर । कञ्चनपुरका स्वास्थ्य संस्थामा भाइरलका बिरामीको सङ्ख्या बढ्दै गएको छ । भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालमा दैनिक १०० भन्दा बढी भाइरल ज्वरो, रुघाखोकी, टाउको दुख्ने बिरामी आइरहेको महाकाली अञ्चल अस्पतालले जनाएको छ ।
उक्त अस्पतालका सूचना अधिकृत केशव अवस्थीले यहाँ आउने बिरामीमध्ये ५० प्रतिशतमा भाइरलको प्रकोप देखिएको बताए । । “दैनिक २०० बिरामी यहाँ स्वास्थ्य परीक्षणका लागि आइरहेका छन्”, उनले भने, “तीमध्ये आधाजति भाइरलका बिरामी छन् ।” साउनको पहिलो सातादेखि नै अस्पतालमा भाइरलका बिरामीको चाप बढ्दै गएको सूचना अधिकृत अवस्थीले जानकारी दिए ।
त्यसैगरी जिल्लाका अन्य स्वास्थ्य संस्थामा पनि भाइरलका बिरामीहरुको चाप बढेको छ । भीमदत्तनगरका बजार क्षेत्रका निजी क्लिनिकमा पनि भाइरलका बिरामीको चाप बढेको छ ।
शुक्लाफाँटा नगरपालिका–१ स्थित श्रीराम आधारभूत विद्यालयमा अध्यापनरत दुई शिक्षिका र एक शिक्षक बिरामी परेकाले गत बिहीबारदेखि दुई दिनका लागि स्कूल बन्द गरिएको छ ।“स्कूलमा भएजतिका सबै शिक्षक-शिक्षिका बिरामी परेकाले दुई दिन बिदा दिने निर्णय गरिएको विद्यालय यव्यवस्थापन समितिलेसमितिका अध्यक्ष पदम कँुवरले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
एमालेले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने
जेठ २, २०८१ बुधबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
सिरियाकी प्रथम महिलालाई ब्लड क्यान्सर !
जेठ ९, २०८१ बुधबार
कैलालीमा आलु उत्पादन ६ प्रतिशतले बढ्यो
जेठ ९, २०८१ बुधबार
दमक नगरपालिकाद्वारा १४ करोड बढी राजस्व संकलन
जेठ ९, २०८१ बुधबार
सामाजिक उत्तरदायित्वमा अब्बल सिम्रिक साकोस बिर्तामोड
जेठ ९, २०८१ बुधबार
बारा र पर्साका २ सय १२ उद्योगमा ‘स्मार्ट इनर्जी मिटर’ जडान
जेठ ९, २०८१ बुधबार