शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक पारित
नेपालबहस संवाददाता
भदौ १३, २०७६ शुक्रबार १९:५४:११
१३ भदौ, काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले ‘शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५’ बहुमतले पारित गरेको छ ।
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
प्रस्तावको सैद्धान्तिक छलफलमा भाग लिदै नेपाली काँग्रेसका जीतेन्द्रनारायण देवले विश्वविद्यालयका सिनेट बैठकको प्रमाणीकरण कसले गर्ने भन्ने विषयमा लामो छलफल भएको स्मरण गर्दै अध्यक्षता गर्ने व्यक्तिले नै गर्नेगरी मन्त्री पोखरेलले राखेको प्रस्ताव सर्वसम्मतरुपमा स्वीकृत गर्ने निर्णय भएको बताए ।
सांसद रामलखन चमारले दलित विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था सहीरुपमा हुन नसकेको गुनासो गरे। सांसद प्रकाश पन्थले संवैधानिकरुपमा व्यवस्था गरिएको अपाङ्गता भएका व्यक्तिको निःशुल्क उच्च शिक्षाको अधिकार खोसिएको बताए।
सैद्धान्तिक छलफलमा सांसदले उठाएको जिज्ञासाको जवाफ दिदै मन्त्री पोखरेलले संवैधानिक भावनालाई कानून बनाउँदा खुम्च्याउने सोच सरकारको नरहेको प्रष्ट पारे । संविधानले निर्दिष्ट गरेका विषयअनुसार नै शिक्षासम्बन्धी विधेयक तयार भएको उनको भनाइ थियो ।
यसअघि मन्त्री पोखरेलले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको ‘शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५ माथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । सो प्रस्ताव बैठकले सर्वसम्मतिले स्वीकृत गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा राणाद्वारा भारतीय पूर्वप्रधानमन्त्री सिंहप्रति श्रद्धाञ्जली
पुष १४, २०८१ आइतबार
कानून नमान्ने खेल संघलाई कारबाही हुन्छः खेलकुदमन्त्री चौधरी
पुष १४, २०८१ आइतबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
राष्ट्रिय किताब खानाका शाखा अधिकृत प्रसाईं घुससहित पक्राउ
पुष १४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा राणाद्वारा भारतीय पूर्वप्रधानमन्त्री सिंहप्रति श्रद्धाञ्जली
पुष १४, २०८१ आइतबार
बैतडीमा निस्सासिएर मजदुरको ज्यान गयो
पुष १४, २०८१ आइतबार
कानून नमान्ने खेल संघलाई कारबाही हुन्छः खेलकुदमन्त्री चौधरी
पुष १४, २०८१ आइतबार
कुखुराको मासु खाँदा अछाममा एकको मृत्यु, तीन जना बिरामी !
पुष १४, २०८१ आइतबार