नाइजेरियामा सात महिनामा चौधसय मारिए
नेपालबहस संवाददाता
भदौ १३, २०७६ शुक्रबार २०:३:२८
१३ भदौ एजेन्सी । नाइजेरिया सरकारले नाइजेरियाको उत्तरपश्चिम क्षेत्रमा सशस्त्र समूहले गरेको आक्रमणबाट सात महिनाको अवधिमा एक हजार ४६० जनाको मृत्यु भएको जनाएको छ ।
यसै वर्षको जनवरीदेखि जुलाईसम्मको सात महिनाको अवधिमा सशस्त्र समूहले कम्तीमा ३३० वटा आक्रमण गरेका थिए । उत्तरपश्चिम केब्बी राज्यमा भएको सुरक्षाफौजको बैठकमा विगतमा निकै शान्त रहेको यस क्षेत्रमा सुरक्षा खतरा बढ्दै गएकामा चिन्ता व्यक्त गरिएको थियो ।
नाइजेरियाका मुख्यसचिव अमिना शामाकीले जुनदेखि जुलाईको अवधिमा हिंसात्मक आक्रमणका घटनामा भने सामान्य कमी आएको बताए । खासगरी, जाम्फारा राज्यमा सशस्त्र डाकु समूहका गतिविधि र पशुपक्षीको चोरीका घटनामा कमी आएको छ ।
जाम्फारा राज्यमा सशस्त्र डकैतीका घटनामा कमी आएपनि मुलुकका अन्य भागमा अपहरण समेतका घटनामा निकै वृद्धि भएको छ । सिन्ह्वाका अनुसार गत शुक्रबार यतामात्र नाइजेरियामा कम्तीमा चारवटा अपहरणका घटना भएका छन् भने करिब ३० जनालाई सशस्त्र समूहले बन्धक बनाएका छन् ।
मुख्यसचिव शामाकीले भने – अर्को चिन्ताजनक कुरा खुला सिमानाको हो । खुला सीमाबाट साना हतियार सहजै भित्रिने गर्दा हिंसात्मक घटनामा वृद्धि भएको छ । नाइजेरियासँग सीमा जोडिएका युद्धग्रस्त मुलुकहरुबाट हातहतियारका साथै आतंकवाद, सीमापार अपराध, मानवतस्करी, अवैध आप्रवासन समेतका घटना भइरहेका छन् ।
उहाँले नाइजेरियाको संघीय सरकारले यी चुनौतीलाई विशेष ध्यानमा राखी सीमा सुरक्षालाई व्यवस्थित तुल्याउन पहल गरिरहेको जानकारी दिए । सुरक्षा व्यवस्था सुदृढ गर्न संयुक्त सुरक्षा फौज तत्कालै गठन गर्ने र आगामी अक्टोबरबाट देशव्यापी परिचालन गर्ने योजना नाइजेरिया सरकारले अघि सारेको छ ।
यसबाट आपराधिक समूहका गतिविधिसम्बन्धी गोप्य सूचना संग्रह गर्न र तत्काल कारबाही गर्न मद्दत पुग्ने मुख्यसचिव शामाकीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्यानाडामा लहरे खोकीका बिरामीको सङ्ख्या निरन्तर वृद्धि
पुष १३, २०८१ शनिबार
टिकटकमाथि प्रतिबन्ध लगाउने कानुन अघि नबढाउन अदालतलाई ट्रम्पको आग्रह
पुष १३, २०८१ शनिबार
स्तो छ आजको विदेशी मुद्राको विनिमयदर
पुष १४, २०८१ आइतबार
आइतबारदेखि मौसम सुधार हुने
पुष १३, २०८१ शनिबार
अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार