प्रचण्ड, खनाल र गौतमलाई खातैखात
नेपालबहस संवाददाता
भदौ १३, २०७६ शुक्रबार २०:५१:५०
१३ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा चर्किएको पछिल्लो रडाकोले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष खड्गप्रसाद ओली र अर्का नेता माधवकुमार नेपाललाई नोक्सानी भएपनि अरु केही नेता भने पुरष्कृत भएका छन् । सत्तारुढ नेकपा भित्रको पछिल्लो बैमनस्यताले दुई गुटको द्वन्द्व अझै चुलिने संभावना देखिएको छ । तर केही हस्तीको भने मन बहलिएको छ ।
हो, कम्रेड जेएन अर्थात झलनाथ खनाल भने अहिले फुरुङ्ग नेतामा दरिएका छन् । ओली र नेपालबीचको झगडाको गुँड यहींबाट सुरु हुन्छ । दुई साता अघि नेकपा सचिवालय बैठकले खनाललाई चौथोबाट तेस्रो बरियतामा बढुवा गरिदियो । अनि तेस्रो बरियतामा रहेका नेता नेपाल घटुवामा परी चौथो स्थानमा झरेका छन् ।
यो परिघटनाले नेता नेपालको कन्सिरीको पारा तात्यो । अनि सार्वजनिक रुपमै आलोचना गर्न थाले । पूर्व प्रधानमन्त्री खनाल भने अहिले भएको निर्णयलाई स्वभाविक मान्छन् । १५ महिना अघि पार्टी पंक्तिबाट भएको गल्ती सच्चिएको मात्र हो :– नेता खनालको टिप्पणी छ । “मलाई अन्याय भएका बेला आवाज उठाएपनि हो हल्ला चाहिं मच्चाइन” कम्रेड जे एनले भनेका छन् “अब माधवजीले पनि यसलाई सामान्य रुपमा लिनुपर्छ । माधवजी भन्दा सिनियर त म नै हुँ नि” खनालले भने ।
तर घटुवामा परेका अर्का नेता नेपालले चाहिं यो प्रकरणलाई उनीमाथि गरिएको गम्भिर षडयन्त्र भनिरहेका छन् । उनले यो प्रकरणलाई लिएर बितण्डै मच्चाएका हुन् । यही कारणले उनको प्रधानमन्त्री ओलीसँग चर्काचर्की नै परेको हो । उपचारका लागि सिंगापुर उड्नु केही अघि मात्रै ओलीको सरकारी निवासमा बसेको सचिवालय बैठकमा नेताद्वयबीच तथानाम गाली गलौज भएको थियो । जे भएपनि कम्रेड जेएन भने फुरुङ्ग पर्ने नेताको सूचिमा पुगेका छन् ।
यही प्रकरणबाट राजनीतिक लाभ उठाउनेमा र्पूव माओवादी सुप्रिमो पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि बने । एमालेसँग पार्टी बिलय गराउनुपर्ने वाध्यतामा पुगेका प्रचण्ड अहिले भने शक्तिशाली बनेका छन् । पूर्व एमालेका दुई शीर्ष नेताबीचको लडाईंमा प्रचण्ड निर्णायक अवस्थामा पुगेका छन् । प्रचण्डको साथ र सहयोग जसलाई हुन्छ नेकपा भित्र उही बलियो हुने समीकरण बनेको छ ।
त्यसैले सिंगापुर जानु अघि ओलीले मन भारी बनाएर प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी सुम्पिएका छन् । ओलीको अनुपस्थितिमा समेत बैठक गर्न र निर्णय लिनसक्ने कार्यकारी अधिकार प्रत्यायोजन गरिएको छ । सोही बमोजिम एउटा बैठकको आयोजना भइसकेको छ ।
सो बैठकमा माधव नेपालको चित्त बुझाउन शीर्ष नेताको आलोचना सामाजिक सञ्जालमा गर्न नपाउने निर्णय गरिएको छ । नेता नेपाललाई नेकपाका सांसद् राजेन्द्र गौतमले सामाजिक सञ्जालमा गाली गरेको विषयलाई लिएर ओलीसँग झगडा भएको हो । यही विषयले उग्र रुप लिएपछि सचिवालय बैठकमा दुबै नेता गाली गलौजमा उत्रिएका थिए ।
साथै, सोही अवसरमा नेता नेपालले प्रधानमन्त्री ओलीलाई स्वास्थलाभको कामना गर्दा अस्वीकार गरेको समाचार सार्वजनिक भएको थियो । यो प्रकरण नेपाली मिडियामा भाइरल नै भयो । हाल स्वास्थ उपचारमा रहेका ओली अझै केही समय सिंगापुर नै बस्ने अवस्था छ ।
पछिल्लो राजनीतिक परिवेशमा सबैभन्दा लाभावान्वित हुने नेतामा कम्रेड बामदेव गौतम देखिएका छन् । सधैं ओलीलाई साथ दिंदा पनि जस नपाएको गुनासो गर्ने गौतम फेरि ओलीको सर्बाधिक प्रियपात्रका रुपमा उदाएका छन् । विधानमा हुँदै नभएको पद उपाध्यक्षसमेत उनको काँधमा आइलागेको छ । यसअघि गौतमलाई ओली र प्रचण्डले पार्टीको सबैभन्दा शक्तिशाली संगठन विभागको संयोजक समेत बनाउने निर्णय गरिसकेका छन् । गौतम यसबाट ज्यादै हौसिएका छन् ।
यता नेता नेपाल पनि अहिले मौन छन् । ओलीसँग सार्वजनिक रुपमा बाझाबाझ गर्दा आफूलाई राजनीतिक रुपमा क्षति हुन सक्ने ठम्याई नेता नेपाल पक्षधरले गरेको देखिन्छ । त्यसैले यो प्रकरणलाई सामसुम पार्न नेता नेपालले पहल थालिसकेका छन् । त्यसका लागि उनले बंगलादेशका लागि नवनियुक्त राजदूत डा. बंशीधर मिश्रमार्फत सुलहको प्रस्ताव ओलीका सल्लाहकार समक्ष पु¥याइसकेका छन् ।
साथै उनले यो प्रकरणलाई धेरै नचर्काउने आफ्नो चाहना बमोजिम मध्यस्थता गरिदिन अर्का अध्यक्ष प्रचण्डलाई अनुरोध गरेका छन् । सोही बमोजिम प्रचण्डले माहोल तयार गर्ने बचन दिइसकेको राजनीतिक बृत्तमा चर्चा छ । त्यसैले अहिले प्रचण्डको महत्व अलि बढेको अनुभूत गर्न सकिन्छ ।
उता, पछिल्लो राजनीतिक परिवेशमा सबैभन्दा लाभावान्वित हुने नेतामा कम्रेड बामदेव गौतम देखिएका छन् । सधैं ओलीलाई साथ दिंदा पनि जस नपाएको गुनासो गर्ने गौतम फेरि ओलीको सर्बाधिक प्रिय पात्रका रुपमा उदाएका छन् । विधानमा हुँदै नभएको पद उपाध्यक्षसमेत उनको काँधमा आइलागेको छ । यसअघि गौतमलाई ओली र प्रचण्डले पार्टीको सबैभन्दा शक्तिशाली संगठन विभागको संयोजक समेत बनाउने निर्णय गरिसकेका छन् । गौतम यसबाट ज्यादै हौसिएका छन् ।
नेपाल पक्षलाई कमजोर बनाउन ओलीले गौतमको साथ र सहयोग लिने रणनीति बनाएको बुझिन्छ । गौतमले चाहे अनुसार अब मंसिरमा हुन गैरहेको संसदीय उप निर्वाचनमा कास्कीबाट उमेदवार बनाउनसमेत ओली तयार देखिएका छन् । यसबाट नेपाल समूह चिढिएपनि प्रचण्डको साथ पाएका गौतमलाई हल्लाउन सक्ने ल्याकत देखिएको छैन । त्यसैले पार्टी भित्रको रडाकोबाट लाभ उठाउनेको सूचिमा गौतम अग्रस्थानमा पुगेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओली नेतृत्वमा एक मात्रै उपप्रधानमन्त्री हुने कुराले विष्णु पौडेल तनावमा
असार २०, २०८१ बिहिबार
सुरक्षा सल्लाहकारको नाममा हुने गतिविधि शंकास्पद, नगरकोटको कार्यक्रम अन्योलमा
असार २०, २०८१ बिहिबार
प्रचण्ड सरकारलाई एक महिनाः काम चलाउन कि कमाउन ?
असार १८, २०८१ मंगलबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
ओली नेतृत्वमा एक मात्रै उपप्रधानमन्त्री हुने कुराले विष्णु पौडेल तनावमा
नेपालबहस संवाददाता
असार २०, २०८१ बिहिबार
आज यी ठाउँहरुमा अति भारी वर्षा हुने
असार २२, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार २२, २०८१ शनिबार
पोर्चुगललाई हराउँदै फ्रान्स युरोकपको सेमिफाइनलमा
असार २२, २०८१ शनिबार
देशभर बाढी, पहिरो र डुबानमा परी ८ जनाको मृत्यु, ६ बेपत्ता
असार २२, २०८१ शनिबार
पुराणेषु नेपालविषयकंः रचनागर्भ नियाल्दै नेपालका पुण्यक्षेत्रको भ्रमण गर्दा
असार २२, २०८१ शनिबार
काठमाडौं डुबानबारे बालेनको प्रश्न : केपी ओलीज्यू भोटको राजनीति सँधै गरिरहने हो ?
असार २२, २०८१ शनिबार
बिपी र अरनिको राजमार्ग एकतर्फी सञ्चालनमा
असार २२, २०८१ शनिबार
जंगली च्याउ खाँदा तनहुँमा ३ जना बिरामी
असार २२, २०८१ शनिबार
राप्ती नदीमा बाढी, स्थानीयलाई सुरक्षित स्थानतर्फ सारियो
असार २२, २०८१ शनिबार