अर्थमन्त्रीसँग चेम्बरको गुनासो, व्यवसाय सञ्चालन गर्ने वातावरण समाप्त हुँदैछ
नेपालबहस संवाददाता
भदौ १३, २०७६ शुक्रबार २२:३६:४३
१३ भदौ, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा नेपालको अर्थतन्त्रका विद्यमान अवसर तथा चूनौतीबारे व्यवसायिक क्षेत्रको अवधारणा विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा लामो भाषण ठोकेका अर्थमन्त्री एवं प्रमुख अतिथि अर्थमन्त्री डा. युवराज खतिवडाको गुन्जन नसकिँदै व्यवसायीका तर्फबाट विचार व्यक्त गर्न पुगेका नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले बडो तितो अनुभव सुनाए । उनले देशभित्र अर्थमन्त्रालयले लिएका केही नीतिका कारण निरन्तर संचालनमा रहेका उद्योग व्यवसाय नै चलाउन गाह्रो भएको बताए । यस्तो परिस्थितिमा नयाँ लगानी कहाँबाट आउँछ ? उनको प्रश्न अर्थमन्त्री खतिवडा सामु तेर्सियो । उनले पछिल्ला समय अर्थमन्त्रालय र मातहतका निकायले लिएका कठोर निर्णयका कारण व्यवसाय सञ्चालन गर्ने वातावरण समाप्त भएको बताए । उनले अर्थमन्त्रीकाे बाेली र व्यवहार फरक भएकाे बताए । करिब ३ घण्टासम्म चलेको उक्त कार्यक्रममा विभिन्न क्षेत्रका व्यवसायी, उद्यमी एवं आर्थिक क्षेत्रका बुद्धिजिवीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै अर्थमन्त्री एवं प्रमुख अतिथि डा. युवराज खतिवडाले आफू अनुभवयोग्य, व्यवस्थित र व्यवसायमैत्री राजश्व प्रणाली लागू गर्ने तर्फ सधैं क्रियाशिल भएको बताए । हाल छलफलमा रहेको राजश्व चुहावट तथा नियन्त्रण सम्बन्धी विधेयक चर्चा गर्दै फौजदारी अभियोग लागेकोलाई जेल सजाय घटाएर भएपनि सामाजिक रुपमा दण्डित गर्नुपर्ने तर यसबाट उद्यम–व्यवसायमा नकारात्मक असर पर्ने गरी दण्ड सजाय हुन नहुने धारणा व्यक्त गरे ।
सोही अवसरमा आफ्नो मन्तब्य राख्दै अर्थमन्त्री डा. खतिवडाले कृषिको उत्पादकत्व वृद्धि गर्न व्यापार व्यवसाय बढाउन कृषि सामग्रीको आयातमा अर्गानिक सर्टिफिकेशन, शीत गृहको निर्माण, सहजीकरण, पूर्वाधार निर्माणमा सरकारले सहयोग गर्न वचन दिए । यसका लागि बुँदागत रुपमा प्रस्ताव सुझाव पेश गर्न अनुरोध गरे । उनले पर्यटन वर्ष २०२० को सन्दर्भमा चेम्बरले उठाएको ल्याडिङ कष्ठ, ग्राउण्ड ल्याडिङ चार्ज र हवाई इन्धनको मूल्य पठाउने बारेमा थप छलफल गर्न मन्त्रालय तैयार रहेको बताउँदै ९५ प्रतिशत निजी क्षेत्रको भूमिका रहेको पर्यटन क्षेत्रले परिणम दिने अवधी समेत कम भएको उल्लेख गरे ।
अर्थमन्त्री डा. खतिवडाले विद्युत शक्तिको प्रयोग हुने गरी ऊर्जाको प्रयोगमा परावर्तन हुने भएको हुँदा त्यसतर्फ जोड दिनुपर्ने धारणा राखे । उनले खानिको उचित प्रयोग गर्न ४५ प्रतिशत शेयर निजी क्षेत्रलाई दिन धवादीको खानीमा लगानी गर्न आह्वान गरे ।
भेहिकल कन्साइनमेन्ट ट्रयाकिङ व्यवस्थाको सन्दर्भमा केही बुझाईमा र केही व्यवहारिक कठिनाई भएको र निजी क्षेत्र सहितको संयुक्त कार्यदलले सो कुरा सम्बोधन गर्ने अपेक्षा रहेको अर्थमन्त्री डा. खतिवडाले बताए । उनले आशिकुडा र ढुवानीको साधनको इन्ट्रीले व्यवसायमा पर्ने लागत घट्ने, मिसम्याचको समस्या हल हुने, प्यान नागरीकता जस्तै परिवर्तित व्यवशायीक जगतमा आवश्यक र अनिवार्य रहेको बताए ।
शिद्धान्ततः डब्लुटीओ, साफ्टा, विमिस्टेक जस्ता बहु–राष्ट्रिय सन्धी सम्झौता अनुसार कारोबार मूल्यमा नै हुनु पर्ने तर त्यसको लागि हचुवाको भरमा खरिद बिक्री नगरी संगठित रुपमा बैंकिङ च्यानलबाट कारोबार गर्नुपर्ने अर्थमन्त्री डा. खतिवडाले बताए । उनल एम आर पी बारेमा व्यवसायीसँग थप छलफल गर्नुपर्ने, इन्धनमा भ्याट छुटबारे थप छलफल आवश्यक नभएको, अतिरिक्त आयात शुल्कबारे थप छलफल गर्ने र अनुदानमा आधारित सामाजिक सुरक्षा व्यवहारीक कठिनाई हटाई प्रभावकारी रुपमा लागू गर्न निजी क्षेत्र समेतको सक्रिय सहभागिता उत्साह आवश्यक रहेको बताए ।
सो अवसरमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले होटल उद्योग, ट्राभल एजेन्सी तथा टुरिजम भेहिकलको लागि डिजेल ग्यास अति आवश्यक वस्तु भएको तर आर्थिक ऐन २०७६ ले ईन्धनमा कर कट्टी गर्न नपाइने व्यवस्था गरेको हुनाले मु.अ.कर को सिद्वान्त विपरित रहेको बताए । उनले पर्यटन प्रवद्र्धनका निमित्त ट्राभल एजेन्सी र होटलका लागि आयात गरिएका वस र गाडीहरु र यी व्यवसायमा उपयोग हुने अन्य सरसामानहरुको आयातमा कर महशुल दरमा सहुलियत दिइनु पर्ने कुरामा जोड दिए ।
अध्यक्ष श्रेष्ठले उच्च करका दरले उद्योग व्यवसाय फष्टाउन सक्दैन र उपभोक्ता मूल्य वढ्न जाने भएकोले लगानी वृद्धि हुन नसक्ने बताउँदै लगानीको दायरालाई विस्तृत गर्दै राजश्व वढाउन करको दरलाइ न्युन गर्दै लैजानु पर्नेमा जोड दिए । उनले आयातलाई घटाउने नभई त्यसलाई आन्तरिक उत्पादनले विस्थापन गर्ने तथा निर्यातलाई बढाउन दिने योजना सरकारले ल्याउनु पर्ने बताए ।
अध्यक्ष श्रेष्ठले राजश्व चुहावट नियन्त्रण गर्न कठोर ऐन प्रस्तावित भएकोले आर्थिक अपराधमा आर्थिक जरिवाना मात्र हुनुपर्नेमा भूलवश हुन गएको अपराधमा समेत कैद सजायको व्यवस्थाले नेपालमा उद्योग व्यवसाय सञ्चालन गर्ने वातावरण समाप्त गर्ने नै हो भन्ने निजी क्षेत्रको निक्र्यौल रहेको बताए । उनले विद्यमान ऐनको व्यवस्थाले आगामी दिनमा सुराकी प्रणालीलाई नै व्यवसायको रुपमा विकाश हुने उल्लेख गर्दै उद्यमी व्यवसायीहरुलाई थुनामा राख्ने प्रावधाननै खारेज गरिनु पर्ने निजी क्षेत्रको स्पष्ट धारणा रहेको जानकारी दिए ।
सो कार्यक्रममा चेम्बरका पदाधिकारी, चेम्बरका सदस्य, नेपाल महिला चेम्बर, नेपाल युथ चेम्बर, तैयारी पोशाक उद्योग, संघ, जिल्ला–नगर चेम्बर अफ कमर्स, एक्सपोर्ट काउन्सिल अफ नेपाल, अटोमोबाइल्स एशोसिएसन, यातायात व्यवसायी, साना तथा घरेलु उद्योग महासंघ लगायत अन्य सम्बन्धित–उद्यमी व्यवसायीहरुको प्रभावकारी सहभागिता रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमदिरा र सुर्तीजन्य वस्तुमा कर वृद्धि
जेठ १५, २०८१ मंगलबार
बजेटबारे नेताहरूको मिश्रित प्रतिक्रिया : कोही भन्छन्- राम्रो, कोही भन्छन् नराम्रो !
जेठ १५, २०८१ मंगलबार
सूचना प्रविधि आर्थिक विकासको रुपान्तरणकारी क्षेत्रमा समावेश
जेठ १५, २०८१ मंगलबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
जेठ १६, २०८१ बुधबार
लण्डनमा नेपाली दाजुभाइको 'स्क्वीज्ड' नामको नयाँ रेष्टुरेन्ट संचालनमा
जेठ १५, २०८१ मंगलबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
जेठ १६, २०८१ बुधबार
संसदीय छानबिन समितिलाई ग्यालेक्सीमा १५ करोड बढी रकम गएको विवरण बुझाइँदै
जेठ १६, २०८१ बुधबार
विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १३ जना पक्राउ
जेठ १६, २०८१ बुधबार
भैरहवामा वृहत् सांस्कृतिक साँझ तथा सडक खाना महोत्सव कार्यक्रम सम्पन्न
जेठ १६, २०८१ बुधबार
बाढीले रेलेखोला जलविद्युत् आयोजनाको बाँधमा क्षति
जेठ १६, २०८१ बुधबार
आउँदो असार १ गतेदेखि पशुपतिनाथको चारवटै ढोका बिहान ४ बजे खोलिने
जेठ १६, २०८१ बुधबार
गर्मीमा किन एक्कासी कम हुन्छ रक्तचाप, जान्नुहोस
जेठ १६, २०८१ बुधबार