पाकिस्तानी प्रधानमन्त्री खानद्वारा काश्मिर पक्षीय कार्यक्रमको नेतृत्व
नेपालबहस संवाददाता
भदौ १४, २०७६ शनिबार ६:४४:४८
१४ भदौ,एजेन्सी । पाकिस्तानमा हजारौँको सहभागितामा शुक्रबार भएको प्रदर्शनको नेतृत्व प्रधानमन्त्री इमरान खानले गरेका छन् ।
भारतको केन्द्रीय सरकारले काश्मिरका बारेमा गरेको निर्णयको विरुद्धमा महत्वकांक्षी प्रदर्शन भएको समाचारमा जनाइएको छ । प्रधानमन्त्री खान संयुक्त राष्ट्रसङ्घको वार्षिक महासभामा सहभागी हुन जानुभन्दा केही हप्ता अगाडि प्रदर्शनको आयोजना गरिएको हो ।
उनले आउँदो महिना हुने महासभामा काश्मिरको दूतका रूपमा काश्मिरका जनताको पक्षबाट आवाज उठाउने बताए ।प्रदर्शनका लागि प्रधानमन्त्रीको सचिवालय अगाडि पनि हजारौँ उपस्थित भएका थिए ।
उनीहरूले काश्मिरमा फोन, इन्टरनेट जस्ता सञ्चारसम्बन्ध विच्छेद गरिएको, आन्दोलन गर्न प्रतिबन्ध गरिएको र हजारौँलाई पक्राउ गरिएका बारेमा पनि चिन्ता व्यक्त गरेका थिए ।
प्रधानमन्त्री खानले प्रदर्शनमा उत्रिएर काश्मिरका जनताप्रति ऐक्यबद्धता जनाइएको र आफूहरू काश्मिरी जनताको पछाडि रहेको सन्देश दिन चाहेको बताए ।
प्रदर्शनलाई सम्बोधन गर्दै उनले भने, “हामी सास रहेसम्म काश्मिरका जनताको पक्षमा उभिन्छौँ ।”राजधानी इस्लामावादबाहेक देशका अन्य शहरहरूमा पनि प्रदर्शनकारीको उल्लेख्य सहभागिता रहेको अधिकारीहरूले जनाएका छन् ।
प्रदर्शनकारीहरूले ठूलाठूला झण्डा फहराएका थिए भने काश्मिरी जनताको अधिकारका पक्षमा नारा लगाएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्यानाडामा लहरे खोकीका बिरामीको सङ्ख्या निरन्तर वृद्धि
पुष १३, २०८१ शनिबार
टिकटकमाथि प्रतिबन्ध लगाउने कानुन अघि नबढाउन अदालतलाई ट्रम्पको आग्रह
पुष १३, २०८१ शनिबार
स्तो छ आजको विदेशी मुद्राको विनिमयदर
पुष १४, २०८१ आइतबार
आइतबारदेखि मौसम सुधार हुने
पुष १३, २०८१ शनिबार
अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार