बुढीगंगा नदीमा पानीका बहाव बढ्छ, ताप्रिसेरामा झोलुंगे पुल डुब्छ !
नेपालबहस संवाददाता
भदौ १५, २०७६ आइतबार १५:२५:३०
१५ भदौ, बाजुरा । बर्षादको बेला नदीमा पानीको बहाव बढ्नु सामान्य मानिन्छ । तर पानीको बहाव बढीरहेको बेला पनि बाजुराको बुढीगंगा नदीमा पानीका बहाव बढ्छ, ताप्रिसेरामा झोलुंगे पुल डुब्छ अनि स्थानीलाई नदी वारपार गर्न सास्ती हुने गर्छ ।
करिव बर्षाको समयमा यो समस्या जतिबेला नदीमा पानीको बहाव बढ्छ विकल्प नभएपछि त्यही जोखिमयुक्त पुलबाट ओहोरदोहोर गर्न स्थानीय बासिन्दा बाध्य हुने गर्छन् ।
ताप्रिसेराको पुलले त्रिवेणी नगरपालिकाको बागापाटा क्षेत्रलाई बुढीगंगा नगरपालिकासहित सडक सञ्जाललाई जोड्छ। बुढीगंगाकै अक्कोट क्षेत्रमा पारि त्रिवेणीको पैमाक्षेत्रबाट ठूलो पहिरो नदीमा खसेको छ। त्यही पहिरोकै कारण ताप्रिसेरा लगायतका क्षेत्रमा नदीको सतह बढेको छ।
त्रिवेणी क्षेत्रका किसान हरेक बिहान दूध, दही, तरकारी लिएर आउने गर्छन्। त्रिवेणी नगरपालिकाले पुल जोखिममा परेपछि त्यहाँबाट आवतजावत गर्न बन्देज लगाएको छ। तर स्थानीय बासिन्दा घुमाउरो बाटो हिँड्न कठिनाइ मानेर त्यहींबाट जोखिम मोल्ने गरेको नगर प्रमुख रामसिंह रावलले बताए।
नगरपालिकाले तत्काल अर्को पुल निर्माण गर्न नसक्ने भएकाले सहयोग एकाइ नेपालगन्जलाई पुलको अवस्था देखाएर सर्वेक्षण गराएको बुढीगंगा नगरपालिकाका नगर प्रमुख दीपकविक्रम शाहले बताए। जानकारी गराए लगतै सहयोग एकाइले विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० तयार गरिसकेको छ ।
बर्षदको समयमा बुढीगंगा नदीकै कारण द्वारीदेखि बल्देसम्मको सडक ठाउँठाउँमा भासिएको छ। अम्कोटमा करिब २० मिटर सडक बुढीगंगा नदीको पहिरोमा परेपछि तत्कालका लागि वैकल्पिक मार्ग खोलिएको बडिमालिका नगरपालिका प्रमुख पदम बडुवालले बताए।
अर्कोतिर पैमाबाट वर्षौंअघि खस्न सुरु भएको पहिरोले बुढीगंगा नदी थुनिने त्रास पनि बढदो क्रममा छ। हाल विस्तारै खस्दै गरेको पैमाको पहिरो अलि ठूलो मात्रामा एकैपटक खस्यो भने बुढीगंगा नदी थुनिने प्राविधिक बताउँछन्। त्यस अवस्थामा बुढीगंगा नदी आसपासमा पर्ने तटीय क्षेत्रका बस्तीसहित अछामको साँफेबगरलाई क्षति पुग्ने खतरा छ।
हरेक वर्ष बुढीगंगा नदीले खेतीयोग्य जमिन कटान गर्ने गरेको छ। सेराका खेतीयोग्य फाँट बगरमा परिणत भएका छन्। अमकोटका स्थानीय हंशराज पाध्याय भन्छन्, ‘मेरै पनि थुप्रै जग्गा बगर बन्यो।’ कतिपयको त उठीबास भएको उनले बताए। नदीको सतह बढेपछि खेतीयोग्य जमिन कटान हुने गरेको उनको बताए। कान्तिपुर दैनिक
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबर्दियामा हावा हुरीले एफएमको टावर ढल्यो, दर्जनौं घरको छाना उडायो
असार ७, २०८१ शुक्रबार
सरकारको बेइमानी : १३ लाख बालबालिकाको भविष्य जोखिममा
कात्तिक ८, २०८० बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार