खोलामा डुबेर बालकको मृत्यु
नेपालबहस संवाददाता
भदौ १५, २०७६ आइतबार १५:४९:५२
१५ भदौ, जलेश्वर । महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकामा रहेको विग्ही खोलामा डुबेर शनिबार एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा महोत्तरी गापा–१ पर्साटोल बस्ने मो.उवेस नट्टका छोरा २ वर्षीय मो.ईरफान नट्ट रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।
खोला छेउमै रहेको सो टोलमा बस्ने बालक नट्ट खोलाको बाँधमाथि खेलिरहेका बेला अचानक लडेर खोलामा पुगेपछि खोलाले बालकलाई बगाएर लगेको थियो । मृतक बालकको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको प्रहरीले जनाएको छ ।
हतियारधारी डाकाको समूहद्वारा १० लाखको डकैती
महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिकामा गएराति हतियारीधारी डाकाको समूहले रु १० लाख बढीको डकैती गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार शनिबार मध्यराति आठ-नौ जनाको सङ्ख्यामा हतियारधारी डाकाको समूहले मनरासिस्वा नपा–३ सोनौल गाउँमा दुई जनाको घरबाट लाखाँैको धनमाल लुटेर लगेका छन् ।
उनका अनुसार आधा घण्टाको समयभित्र सोनौलका रामलोचन राउत र सियारामशरण राउतको घरबाट डाकाको समूहले नगद रु दुई लाख ५० हजार, छ तोला सुनका गरगहना, ६० तोला चाँदीका गरगहना, मोबाइल तथा अन्य धनमाल गरी रु १० लाख बढीको धनमाल लुटेर लगेका हुन् ।
साथै डाकाको प्रतिकारमा उत्रेका धरमूली रामलोचन राउतको बाँया खुट्टामा बञ्चरोले काटेर उनलाई घाइतेसमेत बनाएको प्रहरी उपरीक्षक अधिकारीले बताए ।
राति नै डकैतीको सूचना पाएलगत्तै प्रहरीचौकी इटहर्वाकट्टी र इलाका प्रहरी कार्यालय बलवाबाट प्रहरी टोली घटनास्थल पुगे पनि डाकाले सबैथोक लुटपाट गरेर भागिसकेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो
पुष ११, २०८१ बिहिबार
माग्दीको बुक्लामा ट्रिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु
पुष ११, २०८१ बिहिबार
बसबरिया गाउँपालिकाका वडाध्यक्ष महतोको निधन
पुष ११, २०८१ बिहिबार
नेपाली कला र संस्कृति प्रवर्द्धन गर्न अमेरिकामा सांगीतिक कार्यक्रम
पुष १४, २०८१ आइतबार
स्तो छ आजको विदेशी मुद्राको विनिमयदर
पुष १४, २०८१ आइतबार
आइतबारदेखि मौसम सुधार हुने
पुष १३, २०८१ शनिबार
अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार