आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक ७ घण्टा बन्द
नेपालबहस संवाददाता
भदौ १५, २०७६ आइतबार १७:४२:३६
१५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग लगायतका जीर्णोद्धारको दोस्रो चरणको काम आजबाट शुरु हुँदैछ । आजदेखि पुस १५ गतेसम्मका लागि दैनिक ७ घण्टा विमानस्थल बन्द गरी मर्मतको काम शुरु हुँदैछ ।
विमानस्थल कार्यालयका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार बेलुका साढे ११ बजेदेखि बिहान साढे ६ बजेसम्म विमानस्थल बन्द हुनेछ । उनले विमानस्थल बन्द गरी रनवे सेन्टर लाइन लाइट, ट्याक्सी वे तथा ट्याक्सी वे र रनवे जोड्ने लिङ्क रोड निर्माण लगायतको काम हुने जानकारी दिए ।
रातिको समयमा विमानस्थल बन्द भएपछि गत बिहीबारबाट जापानको ओसाका उडान शुरु गरेको सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमको उडान भने सञ्चालन हुनेछ । विमानस्थल मर्मतको काम शुरु भए पनि साताको तीन दिन ३० मिनेट विमानस्थल खुला हुने विमानस्थल कार्यालयले जनाएको छ ।
नागरिक उड्डयन प्राधिकरण ‘क्यान’ ले ओसाका उडान लक्षित गर्दै उडानको समयमा ‘राति २ देखि साढे २ बजेसम्म’विमानस्थल खुला गर्न ठेकेदार कम्पनीलाई अनुमति दिइसकेको छ । गत बिहीबारदेखि निगमले रातको साढे २ बजे ओसाका उडान शुरु गरेको छ । सातामा तीन दिन मङ्गलबार, बिहीबार र शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ओसाका उडान हुनेछ ।
“निगमले हामीलाई पठाएको पत्रलाई आधार बनाएर पूर्णरूपमा सरकारी स्वामित्वको विमान सेवालाई हामीले सहयोग गरेका हौँ”, क्यानका महानिर्देशक पोखरेलले भने, “हामीले निगमलाई जम्मा ३० मिनेटको समय दिएका छौँ, ३० मिनेटमा निगमले उडान गरिसक्नुपर्ने हुन्छ ।”
ओसाका उडानको समय र विमानस्थल मर्मतको काम शुरु हुने समय जुधेपछि निगमले क्यानलाई उडानको समयमा विमानस्थल सञ्चालन गर्न आग्रह गर्दै पत्र पठाएको थियो ।
पहिलो चरणअन्तर्गत गत चैत १८ देखि असार १५ गतेसम्म विमानस्थलको धावनमार्ग मर्मतको काम गरिएको थियो । विमानस्थलको धावनमार्ग तीन हजार ५० मिटर लम्बाइ र ४६ मिटर चौडाइको छ । रातको १० बजे बिहानको ८ बजेसम्म दैनिक १० घण्टा विमानस्थल बन्द गरी मर्मतको काम गरिएको थियो ।
विमानस्थल विकास शुल्कबापत यात्रुबाट लिइँदै आएको एक हजार रुपैयाँ सङ्कलनबाट विमानस्थल मर्मतको काम अघि बढाइएको हो । रु चार अर्ब ७८ करोड लागतमा धावनमार्ग मर्मतसम्भारको जिम्मा चीनको सरकारी कम्पनी चाइना नेशनल एरो टेक्नोलोजी इन्टरनेशनल इञ्जिनीयरिङले पाएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेनी–रणवाङ–दरवाङ सडक स्तरोन्नति हुँदै
पुष १४, २०८१ आइतबार
हल्दिबारीमा ३३ किलोमिटर सडक कालोपत्र
पुष १२, २०८१ शुक्रबार
मुग्लिन–काठमाडौं सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने
पुष ७, २०८१ आइतबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
राष्ट्रिय किताब खानाका शाखा अधिकृत प्रसाईं घुससहित पक्राउ
पुष १४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा राणाद्वारा भारतीय पूर्वप्रधानमन्त्री सिंहप्रति श्रद्धाञ्जली
पुष १४, २०८१ आइतबार
बैतडीमा निस्सासिएर मजदुरको ज्यान गयो
पुष १४, २०८१ आइतबार
कानून नमान्ने खेल संघलाई कारबाही हुन्छः खेलकुदमन्त्री चौधरी
पुष १४, २०८१ आइतबार
कुखुराको मासु खाँदा अछाममा एकको मृत्यु, तीन जना बिरामी !
पुष १४, २०८१ आइतबार