सरकार लोकतन्त्र समाप्त पार्ने खेलमा : महामन्त्री कोइराला
नेपालबहस संवाददाता
भदौ १५, २०७६ आइतबार १९:११:२०
१५ भदौ,स्याङ्जा । नेपाली कांग्रेसका महामन्त्री डा.शंशाङक कोइरालाले कम्युनिष्ट सरकार लोकतन्त्र समाप्त पार्ने खेलमा लागेको आरोप लगाएका छन् ।
नेपाल महिला संघको ७२ औं स्थापना दिवस एंव संस्थापक अध्यक्ष स्वर्गिय मंगलादेवी सिंहको २३ औं स्मृति दिवसको अवसरमा महिला संघ स्याङ्जाले प्रकाशित गरेको शक्ति नाम स्मारिका विमोचन, प्रशिक्षण एंव तीज विशेष कार्यक्रमको उद्घाटन गर्दै महामन्त्री कोइरालाले लोकतन्त्रलाई समाप्त गरेर एकदलीय शासन चलाउने अभ्यास यो सरकारले गरेको आरोप लगाएका हुन् ।
सरकार भष्ट्राचार, हत्या हिंसा, बलात्कार र ठगी काण्डमा उद्त रहेको बताउदै महामन्त्री कोइरालाले सरकारले गरेका कुकर्मको विरोधमा उत्रन कार्यकर्तालाई आग्रह गरे । कतै संविधान समाप्त पार्ने खेलमा सरकार लागेको त छैन ? महामन्त्री कोइरालाले भने,“लामो बलिदानीपुर्ण लडाईका साथ आएको संविधानको रक्षा गर्ने जिम्मेवारी कांग्रेसमा आएको छ ।” कांग्रेसमा भएको गुट उपगुटका कारण कम्युनिष्ट सरकारले अधिनायकवाद लाद्ने बाटो अपनाएको कोइरालाको भनाई थियो ।
कांग्रेसमा एकता नहँुदा कम्युनिष्ट सरकारले देशलाई आक्रान्त बनाएको बताउदै आफु अन्तिम समयसम्म पार्टीलाई एकजुट बनाउन लागिपर्ने कोइरालाले बताए । जनचाहना विपरित सरकार चलेको भन्दै महामन्त्री कोइरालाले नेपाली जनताको बोल्ने स्वतन्त्रता, अधिकार खोज्ने स्वतन्त्रतामाथि अंकुश लगाउने काम गरेको कोइरालाको आरोप थियो ।
कारवाही गर्न नहुने तर्क राख्दै महामन्त्री कोइरालाले पार्टीको हित विपरीत काम गर्नेलाई भने नछाड्ने
नेपालगञ्जमा भएको गौ हत्याको विषयमा बोल्दै जसले गौ हत्या गरेको छ, त्यो निन्दनीय कार्य भएको कोइरालाले बताएका छन् । गौ हत्या गर्ने व्यक्तिलाई कारवाही गर्न पनि कोइरालाले सरकारलाई आग्रह गरे । नेपाली कांग्रेस भित्र मौलाउदै गएको व्यक्तिवादी चरित्रले कांग्रेस पार्टीलाई समाप्त पार्ने प्रति संकेत गर्दै महामन्त्री कोइरालाले त्यस्ता व्यक्तिलाई कारवाही हुनुपर्ने जिकिर गरे ।
व्यक्ति व्यक्ति बीचको प्रतिशोधमा पार्टीले कारवाही गर्न नहुने तर्क राख्दै महामन्त्री कोइरालाले पार्टीको हित विपरीत काम गर्नेलाई भने नछाड्ने बताए । स्याङ्जा कांग्रेसमा रिक्त रहेको सभापति पदको लागि छिट्टै टुङ्गो लाग्ने महामन्त्री कोइरालाले बताए ।
कार्यक्रममा केन्द्रिय सदस्य गुरु घिमिरेले पाटीमा राम्रा भन्दा पनि हाम्रा बढी हावी हुने परिपाटी बस्न थालेको भन्दै यस्तो कार्य बन्द गराउन नेतृत्वले बेलैमा ध्यान दिनुपर्ने बताए । काँग्रेसले गरेका राम्रा कामको प्रचार प्रसार नहुँदा कम्युनिष्टहरुले प्रजातन्त्रको बारेमा सिकाउन थालेको घिमिरेको भनाई छ ।
जसले प्रजातन्त्रको लागि लडाई लड्यो, जसलाई त्यो लडाईको बारेमा थाहा नै छैन उसैले प्रजातन्त्र सिकाउन थालेको प्रति इंकित गर्दै केपी शर्मा र प्रचण्डलाई प्रजातन्त्रको बारेमा सिक्ने हो भने हामी सगँ आउने सचेत गराए ।
कार्यक्रममा केन्द्रिय सदस्य गुरु घिमिरे, संविधान सदस्य शारदा पौडेल, पुर्व पाटी सभापति खगेन्द्रराज रेग्मी, संविधान सदस्य राजु थापा, पुर्व सांसद शंकरप्रसाद पाण्डे, महासमिति सदस्य भोजराज अर्याल, तुलसी गिरी, शिव कुमार गिरी, महिला संघ पुर्व केन्द्रिय सदस्य राजकुमारी गुरुङ्, महिला नेतृ अम्विका पौडेल र विद्यार्थी नेता खगेन्द्र भण्डारी लगायतका नेताहरुले काँग्रेसलाई एकतावद्ध बनाउन नेतृत्वलाई आग्रह गरेका थिए ।
जिल्ला अध्यक्ष कल्पना तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष देवी अर्याल, संचालन सचिव तारा मल्ल र धन्यवाद सचिव बन्दना लम्सालले गरेका थिए । कार्यक्रममा महिला संघमा योगदान पु¥याएका, शहिद पत्नी लगायतलाई सम्मान का साथै स्याङ्जा महिला संघले खेलेको भुमिका विषयक शक्ति नाम पुस्तक पनि विमोचन गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
पोखराको फेवातालमा आजदेखि ‘ड्रागन बोट रेस फेस्टिभल’
पुष १४, २०८१ आइतबार
बेरोजगारी र परनिर्भरता अन्त्य गर्न व्यावसायिक प्याज खेतीमा जुट्दै किसान
पुष १४, २०८१ आइतबार
चिया बेचेरै विरसले छोराछोरीलाई स्नातकोत्तर पढाइन
पुष १४, २०८१ आइतबार
यी ठाउँमा आज पनि वर्षाको सम्भावना, उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात
पुष १४, २०८१ आइतबार
नेपाली कला र संस्कृति प्रवर्द्धन गर्न अमेरिकामा सांगीतिक कार्यक्रम
पुष १४, २०८१ आइतबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
पुष १४, २०८१ आइतबार