निकम्मा सरकार र निस्कृय कांग्रेस
इन्द्र रिजाल
भदौ १५, २०७६ सोमबार १:१७:५
१५ भदौ,काठमाडौं । करिब दुई वर्ष अघि नेपाली जनताको रोजाईमा परेको नेपाल कम्युनिष्ट पार्टी अहिले सबैभन्दा मन नपर्नेमा दरिएको छ । जनजीविकाको सवालमा कम्युनिष्ट सरकार निकम्मा र कमजोर भएको भन्दै आम नागरिकको आक्रोश र निराशा चुलिएको छ ।
दुई तिहाई समर्थन प्राप्त सरकार इतिहासमै बेकामे साबित भएपनि त्यसको राजनीतिक लाभ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उठाउन भने सकेको छैन । खड्गप्रसाद ओली नेतृत्वमा बनेको शक्तिशाली भनिएको सरकार जनहित भन्दा भ्रष्ट र तस्करमैत्री हुन थालेपछि जनमानसको तहबाटै उपेक्षित भएको हो । सरकारले हालसम्म गरेका कुनै निर्णय वा कार्यले जनतामा सकारात्मक प्रभाव दिन सकेको छैन । बरु सरकारका हरेक काम र निर्णयले जनतामा निराशा र आतंक फैलाएको छ ।
दुई नेताहरु सार्वजनिक रुपमै गाली गलौजमा उत्रिएको अवस्था छ । यसले बाहिर नदेखिएपनि भित्र भित्रै नेकपा चिरा चिरा परिसकेको छ । यति मात्रै होइन, पार्टी भित्रको आन्तरिक समीकरण पनि फेरिएको छ । एक महिनाअघिसम्म ओलीलाई सत्तोसराप गर्ने बामदेव गौतम फेरि पुरानो कित्तामा फर्किएका छन् ।
यस्तो उर्वर अवस्थामा पनि प्रतिपक्षी कांग्रेस भने जनताको भावना बमोजिम आफूलाई उभ्याउन चुकिरहेको छ । जारी केन्द्रीय कार्यसमिति वैठकमा कांग्रेसका नेताहरु आपसी बैमनस्यता र कुण्ठा बिसाउने काम मात्र भइरहेको छ । सरकारको अलोकप्रियता मापन गर्ने राम्रो अवसर मुखैमा आईसकेको छ । आगामी मंसिरमा हुने संसदीय, प्रदेश र स्थानीय निकायको उपनिर्वाचन मिति निर्वाचन आयोगले सार्वजनिक गरिसकेको छ ।
बुद्धि पु¥याउने हो भने अबको निर्वाचनमा कांग्रेसले राम्रो सफलता प्राप्त गर्ने अवस्था छ । तर त्यसका लागि पार्टी भित्रको एकता र मेलमिलाप जनस्तरमै विश्वासका साथ झल्कनु आवश्यक छ । साँच्चै भन्ने हो भने यतिबेला सत्तारुढ नेकपा भित्रको द्वन्द्व र मारामार कांग्रेसका लागि उर्जा थप्ने बेला हो । प्रधानमन्त्री ओली र अर्का नेता माधवकुमार नेपालबीचको बैमनस्यता र झगडाले कांग्रेसलाई राम्रै लाभ प्राप्त हुन सक्छ ।
दुई नेताहरु सार्वजनिक रुपमै गाली गलौजमा उत्रिएको अवस्था छ । यसले बाहिर नदेखिएपनि भित्र भित्रै नेकपा चिरा चिरा परिसकेको छ । यति मात्रै होइन, पार्टी भित्रको आन्तरिक समीकरण पनि फेरिएको छ । एक महिनाअघिसम्म ओलीलाई सत्तोसराप गर्ने बामदेव गौतम फेरि पुरानो कित्तामा फर्किएका छन् । जसले गर्दा माधव नेपाल पक्ष उनीसँग चिढिएको अवस्था छ ।
बामदेव भनेका सत्तालिप्सामा मात्रै विश्वास गर्ने स्वभावका नेता हुन् । उनको सत्तालिप्साले अहिले ओलीसँग पुनः मिलन गराई दिएको छ । त्यही सत्तालिप्सा कांग्रेसका लागि भने अवसर हुनसक्छ । संभवतः आगामी संसदीय उप निर्वाचनमा बामदेव कास्कीबाट उमेदवार बन्नेछन् । कित्ता परिवर्तन गरी एकाएक ओली खेमामा पुगेका बामदेव कास्कीबाट चुनाव लडे भने सिंगो पार्टी पंक्तिबाट सहयोग नहुने अवस्था छ ।
कास्कीमा मात्र होइन , अन्यत्र हुने सबै तहका निर्वाचनमा कांग्रेसले सफलता पाउने अवस्था छ । नेकपाप्रति जनताको भरोसा र विश्वास खुम्चिएको बेला हुने निर्वाचन जसरी पनि जित्ने रणनीति कांग्रेसले बनाउनु आवश्यक छ । तर लाग्दैन , कांग्रेस त्यति धेरै सुध्रिसकेको छ । अहिले पनि पार्टी भित्र र बाहिर एकआपसमा बेमेलको अवस्था कायमै छ
माधव नेपाल पक्षले गौतमलाई सहयोग गर्ने अवस्था देखिंदैन । बाहिर केही नभने पनि आन्तरिक रुपमा भने स्थानीय नेताले टिकट नपाउँदा कार्यकर्ता पंक्ति निस्कृय बस्ने वातावरण बनेको छ । अर्कातिर ओली स्वयं पनि गौतमलाई संसद् छिराएर अर्काे जोखिम मोल्न तयार छैनन् । संसद्मा बामदेवको आगमन भनेको कुनै पनि बेला प्रधानमन्त्री पद धरापमा पर्नु हो भन्ने ओलीले राम्रो बुझेका छन् ।
त्यसैले अहिले हौसिएका बामदेवको भौतिक कद अग्लो छ । तर उनको राजनीतिक कद भने बाम पुड्के बनाउने स्थितिमा ओली पनि छिर्के हान्न पछि पर्नेवाला छैनन् । यसबाट कांग्रेसले सबैभन्दा बढी लाभ उठाउने वातावरण छ । तर कांग्रेस आफैं चाहिं अब सुध्रिनै पर्ने हुन्छ ।
कास्कीमा मात्र होइन , अन्यत्र हुने सबै तहका निर्वाचनमा कांग्रेसले सफलता पाउने अवस्था छ । नेकपाप्रति जनताको भरोसा र विश्वास खुम्चिएको बेला हुने निर्वाचन जसरी पनि जित्ने रणनीति कांग्रेसले बनाउनु आवश्यक छ । तर लाग्दैन , कांग्रेस त्यति धेरै सुध्रिसकेको छ । अहिले पनि पार्टी भित्र र बाहिर एकआपसमा बेमेलको अवस्था कायमै छ ।
संगठन बलियो बनाउने भन्दा गुटको पक्ष पोषण नै नेताहरुको प्राथमिकतामा परेको छ । सभापति शेरबहादुर देउवा आफ्ना हनुमान बाहेक कसैलाई कुनै मौका दिने पक्षमा अझै छैनन् । त्यस्तै आफ्ना पक्षले अवसर नपाए सिंगो पार्टीले सहयोग गर्नुपर्छ भन्ने भावना र सोच रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलामा पलाईसकेको देखिंदैन ।
देउवा पार्टी सभापतिमा निर्वाचित भएपछि कांग्रेस हरेक मोर्चामा अधोगतिमा लागेको छ । पुरानो अवस्थाको कांग्रेस बनाउने हो भने स्वयं देउवाबाटै यसको पहल हुनु आवश्यक छ । त्यो पनि यही बिन्दूबाट । अर्थात, आसन्न उप निर्वाचनमा गुटको भन्दा कांग्रेसको उमेदवारलाई टिकट दिएर ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
महानगर-एमाले द्वन्द्वः प्रधानमन्त्रीबाट कानुनको उपहास ?
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
कृषि क्रान्तिका लागि फरक ढङ्गले काम गर्छाैं : प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
एनपीएलमा उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने
मंसिर ११, २०८१ मंगलबार
निर्वाह भत्ता दिने निर्णय नसच्याए काम छाडेर सडकमा उत्रने आवासीय चिकित्सकहरुको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
इजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
चार महिनामा १ अर्ब ४३ करोड बराबरको सुन भित्रियो, मूल्य घटेपछि बजारमा बढ्यो चहलपहल
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार