तीज सामाजिक सद्भाव बढाउने पर्व : मुख्य मन्त्री पोखरेल
नेपालबहस संवाददाता
भदौ १६, २०७६ सोमबार १२:३:१९
१६ भदौ, काठमाडौं । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले हिन्दू नारीको पर्व हरितालिका ‘तीज’, पारिवारिक मिलन र सामाजिक सद्भावको पर्व भएको बताएका छन् ।
तीजको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै पोखरेलले स्वदेश तथा विदेशमा रहेका समस्त महिला दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै युगौँदेखि मानिँदै आएको यो पर्वले नेपालमा सामाजिक र राजनीतिक जागरण ल्याउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।
“जहाँनिया राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था र शाही शासनको कठिन अवस्थामा नेपाली महिलाले गरेको सङ्घर्ष र यो सङ्घर्षमा तीज पर्वको महत्वका बारेमा विशेष स्मरण गर्दछु”, पोखरेलले जारी गरेको सन्देशमा भनिएको छ ।
“जनाधिकार कुण्ठित भएको ती कठिन दिनमा महिलाले तीज गीतमार्फत तत्कालीन राज्यव्यवस्थाविरुद्ध जनमत बलियो बनाउन निकै ठूलो भूमिका खेलेको सबैका सामु छर्लङ्ग छ, तीज पर्वमार्फत राजनीतिक जागरण ल्याएर नागरिकलाई सङ्गठित गर्दै आन्दोलनलाई उत्कर्षमा पु¥याउँदै अहिलेको परिवर्तन सम्भव भएको हो”, सन्देशमा उल्लेख छ ।
जनचाहना र जन आकाङ्क्षाअनुसार परिवर्तनलाई संस्थागत गर्ने अभियानमा तीज पर्वले सार्थक भूमिका खेल्ने अपेक्षा लिएको बताउँदै पोखरेलले राज्यको माथिल्लो तहदेखि तल्लो तहसम्मका सबै संरचनामा महिलाको समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरेर नेपालको संविधान विश्वमै नमूना बनेको स्मरण गरेका छन्।
“महिलासम्बन्धी विभिन्न हकलाई संविधानले मौलिक हकका रुपमा व्याख्या गरेको छ, संविधानमा व्यवस्थित हक अधिकारको उपभोग गर्दै जाँदा केही वर्षमै व्यवहारिक रुपमा नतिजा देखिने छ, विगतका सङ्घर्षबाट प्राप्त उपलब्धिको सही प्रयोग गरेर समतामूलक र समावेशी नेपाली समाज निमार्णको अभियानमा सबै जुट्न म हार्दिक अपिल गर्दछु”, मुख्यन्त्री पोखरेलले सन्देश उल्लेख गरेका छन् ।
उनले हरितालिका ‘तीज’ पर्व पारिवारिक मिलन गराउने र सामाजिक सद्भाव बढाउने पर्व भएको भन्दै पारिवारिक र सामाजिक सामिप्यता बढ्दा मुलुकमा विश्वासको बातावरण बन्ने र राष्ट्रिय एकता र मेलमिलाप बढाउन मद्दत मिल्ले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपश्चिमी वायुको प्रभाव: देशभरको तापक्रम क्रमशः घट्दो
कात्तिक २, २०८१ शुक्रबार
गोविन्दे हात्तीमा रेडियोकलर जडान
कात्तिक १, २०८१ बिहिबार
विपद् जोखिम प्राधिकरण कार्यकारी समितिको बैठकले के के निर्णय गर्यो ?
कात्तिक १, २०८१ बिहिबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
नेपालबहस संवाददाता
कात्तिक १, २०८१ बिहिबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
कात्तिक १, २०८१ बिहिबार
देउवा फकाएर ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर दल फुटाउन सक्ने प्रतिपक्षीको आशंका
कात्तिक २, २०८१ शुक्रबार
सहकारीको रकम अपचलन प्रकरणमा रास्वपाका सभापति लामिछाने चाँडै पक्राउ पर्ने, प्रचण्डसँग हारगुहार
कात्तिक २, २०८१ शुक्रबार
रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी, कास्की पठाइदिन काठमाडौं प्रहरी र सीआइबीलाई पत्राचार
कात्तिक २, २०८१ शुक्रबार
सयपत्री फूल खेती
कात्तिक २, २०८१ शुक्रबार
गौशाला धर्मशाला विवादमा उच्च अदालतले दियो अल्पकालीन अन्तरिम आदेश, दुबै पक्ष झिकाउने
कात्तिक २, २०८१ शुक्रबार
अन्नपूर्णले गर्यो पर्यटकीय स्थलबाट एक करोड बढी आम्दानी
कात्तिक २, २०८१ शुक्रबार
तीन करोडको लगातमा महाशिलामा आश्रम भवन निर्माण
कात्तिक २, २०८१ शुक्रबार
पुनःनिर्माणमा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्रीको निर्देशन
कात्तिक २, २०८१ शुक्रबार