राष्ट्रपतिद्वारा तीजको शुभकामना
नेपालबहस संवाददाता
भदौ १६, २०७६ सोमबार ५:४९:५६
१६ भदौं, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली नारीहरूको महान् पर्व हरितालिकाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्भाव एवम् सुस्वास्थ्य र दीर्घ जीवनको शुभकामना व्यक्त गरेका छन् ।
राष्ट्रपतिले आज शुभकामना सन्देश जारी गरी सांस्कृतिक सहिष्णुता र सामाजिक एकताको प्रतीकका रुपमा रहेको तिज पर्वमा नेपाली नारीहरुले आफ्नो सौभाग्य र परिवारजनको समृद्धिका लागि ब्रत बसेर शिव–पार्वतीको पूजा आराधना गर्ने प्रचलन रहिआएको स्मरण गर्दै यस्ता पर्वले नेपालीलाई एकताको सूत्रमा आबद्ध गर्दै धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्नुका साथै एकापसमा खुसी साटासाट र मनोरञ्जनकोे अवसरसमेत प्रदान गर्दै आएका बताए ।
सन्देशमा उनले नेपाली मौलिक संस्कृति सम्वर्धन गर्दै संस्कारयुक्त आदर्श सामाजिक वातावरण तयार गर्न र सदाचार जीवन शैली अपनाउन यस्ता चाडपर्वहरुको गरिमालाई सम्मानजनक बनाई राख्नु आजको आवश्यकता भएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाँच प्रदेशका पहाडी भागका केही स्थानमा वर्षा हुने
कात्तिक १, २०८१ बिहिबार
बाढीपहिरोबाट विस्थापित परिवार त्रिपालमुनि
असोज ३०, २०८१ बुधबार
एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता
असोज २९, २०८१ मंगलबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
नेपालबहस संवाददाता
कात्तिक १, २०८१ बिहिबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
कात्तिक १, २०८१ बिहिबार
देउवा फकाएर ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर दल फुटाउन सक्ने प्रतिपक्षीको आशंका
कात्तिक २, २०८१ शुक्रबार
सहकारीको रकम अपचलन प्रकरणमा रास्वपाका सभापति लामिछाने चाँडै पक्राउ पर्ने, प्रचण्डसँग हारगुहार
कात्तिक २, २०८१ शुक्रबार
रविको दोस्रो जेल यात्रा, सहकारीले बजायो घण्टी
कात्तिक २, २०८१ शुक्रबार
भुटानसँग बराबरीमा रोकियो नेपाल
कात्तिक २, २०८१ शुक्रबार
बाढी, पहिरो तथा डुबानबाट प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन
कात्तिक २, २०८१ शुक्रबार
सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ, आजै पोखरा लगिँदै
कात्तिक २, २०८१ शुक्रबार
रास्वपा सभापति लामिछानेलाई सडकमार्ग हुँदै पोखरा लगिँदै
कात्तिक २, २०८१ शुक्रबार
छविलाल जोशीविरुद्ध अदालतले दियो २० दिनको म्याद
कात्तिक २, २०८१ शुक्रबार