सेप्टेम्बर १० मा आइफोन ११ आउने
नेपालबहस संवाददाता
भदौ १६, २०७६ मंगलबार २:२९:१६
१६ भदौ, एजेन्सी । एप्पलले आगामी सेप्टेम्बर १० मा आफ्ना तीनवटा नयाँ आइफोन सार्वजनिक गर्ने भएको छ । यसका लागि एप्पलले औपचारिक रुपमा मिडियाहरुलाई निम्तो पठाएको छ ।
एप्पलले मिडियाहरुलाई पठाएको निमन्त्रणमा भनिएको छ, ‘कृपया आगामी सेप्टेम्बर १० तारेख बिहान १० बजे कुपर्टिनोस्थित स्टिभ जब्स थिएटरमा हुने विशेष कार्यक्रममा सहभागी हुनुहोला ।’ उक्त कार्यक्रममा एप्पलले तीनवटा नयाँ आइफोन सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । साथै एप्पल वाच फोरसमेत नयाँ संस्करण आउने अनुमान गरिएको छ ।
समाचारअनुसार एप्पलले ल्याउने नयाँ आइफोनहरु आइफोन एक्स एस, आइफोन एक्स एस म्याक्स र आइफोन एक्स आरको नयाँ संस्करणको रुपमा हुनेछन् । जसअनुसार नयाँ आइफोनको नाम आइफोन ११ प्रो, आइफोन ११ प्रो म्याक्स र आइफोन ११ हुनेछ ।
एप्पलका यी नयाँ आइफोनमध्ये दुईवटामा पछाडिको भागका मुख्य क्यामराहरु तीनवटा हुनेछन् । तर आइफोन एक्स आरको नयाँ संस्करण आइफोनमा चाहिँ डुअल रियर क्यामरा सेटअप नै हुनेछ ।
नयाँ आइफोनमा ए(१३ प्रोसेसर हुने बताइएको छ । साथै नयाँ आइफोनमा समेत ओएलइडी डिस्प्ले रहने बताइएको छ ।
एप्पल वाचतर्फ टाइटानियम र सेरामिक गरी दुई प्रकारका केससहितका एप्पल वाच आउने अपेक्षा गरिएको छ । यद्यपि नयाँ एप्पल वाचको नाम एप्पल वाच फाइभ हुने वा फोर सिरिजकै नयाँ संस्करण हुने भन्ने प्रष्ट भएको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमस्कको नयाँ दावीः मंगलग्रहमा पुग्न ९ महिना होइन, ९० दिनमा पुग्न सकिन्छ
मंसिर १८, २०८१ मंगलबार
नासाले बनायो विशेष रोबोट, वृहस्पतिको चन्द्रमामा हिउँमुनि समुन्द्रमा डुब्ने !
मंसिर १६, २०८१ आइतबार
अन्तरिक्षमा ४३ वर्षदेखि बन्द रहेको ‘रेडियो’ फेरि सुरु, नासाले पाउन थाल्यो संकेत
मंसिर १६, २०८१ आइतबार
चिया बेचेरै विरसले छोराछोरीलाई स्नातकोत्तर पढाइन
पुष १४, २०८१ आइतबार
यी ठाउँमा आज पनि वर्षाको सम्भावना, उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात
पुष १४, २०८१ आइतबार
नेपाली कला र संस्कृति प्रवर्द्धन गर्न अमेरिकामा सांगीतिक कार्यक्रम
पुष १४, २०८१ आइतबार
स्तो छ आजको विदेशी मुद्राको विनिमयदर
पुष १४, २०८१ आइतबार
आइतबारदेखि मौसम सुधार हुने
पुष १३, २०८१ शनिबार
अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार