सुन तस्करीमा पक्राउ परेका उपसचिवको एयरपोर्टमै सरुवा !
नेपालबहस संवाददाता
भदौ १६, २०७६ मंगलबार ३:४७:४३
१६ भदौ, काठमाडौं । साढे दुई बर्षअघि ४० तोला सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट पक्राउ परेका उपसचिव किशोर कुमार खत्रीलाई नागरिक उड्डयन प्राधिकरणले पुनः एयरपोर्टमै पुरानै जिम्मेवारीमा फर्काएको छ ।
प्राधिकरणका महानिर्देशक राजन पोखरेलले सुन तस्करीमा पक्राउ परी अदालत सेटिङ गरेर छुटेका खत्रीलाई पुनः एयरपोर्टमै पठाएका हुन् ।
प्राधिकरणका आठौं तहका कर्मचारी खत्री अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक कन्ट्रोलमा कार्यरत हुँदा दोहाबाट आएका मनिष रिमालको ४० तोला सुन धावनमार्गबाट रिसिभ गरी बाहिर निस्कने क्रममा पक्राउ परेका थिए ।
भन्सारका कर्मचारीको सुराकीमा उनी पक्राउ परेका थिए । तर, साढे २ बर्षअघि अन्तर्राष्ट्रिय विमानस्थलमा तस्करीको सुनसहित पक्राउ परेका उनलाई महानिर्देशक पोखरेलले पुरस्कृत गरेका छन् ।
तस्करीमा मुछिएकालाई पुनः अन्तर्राष्ट्रिय विमानस्थलमै सरुवा गर्ने क्रममा महानिर्देशक पोखरेलमाथि आर्थिक लाभ लिएको आरोप छ । महानिर्देशक पोखरेलले भने आर्थिक लाभको कुरा ठाडै अस्वीकार गर्दै भने,‘सुनसहित पक्राउ परेका उनलाई २ बर्षपछि पठाइएको हो ।
विवादित कर्मचारीलाई उनले प्राधिकरणका देशभरका कार्यालयमा पठाउन छाडेर अन्तर्राष्ट्रिय विमानस्थलमै पठाएपछि महानिर्देशकको नियत उदांगो भएको छ । साढे दुई बर्षअघि ४६६ ग्राम अर्थात् ४० तोला सुनसहित खत्री र दोहाबाट सुन ल्याउने मनिष रिमाल पक्राउ परेका थिए । एयर ट्राफिक कन्ट्रोल रुममा कार्यरत कर्मचारीसँग एयरपोर्टको अल एरिया पास हुन्छ ।
त्यो पासको दुरुपयोग गरी खत्रीले सुनतस्करीको काम गर्दै आएको खुलेको थियो । भन्सारका कर्मचारीले देखेर मात्र उनी पक्राउ परेका थिए । त्यसअघि पनि उनले सुनतस्करी गर्दै आएको भन्सार कर्मचारीको अनुमान थियो ।
तर न्यायालय सेटिङ गरी उनी मुद्दा मिलाएर पुनः एयरपोर्टमै गएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख प्रताप तिवारीले खत्री एयरपोर्टमा हाजिर भएको पुष्टी गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा राणाद्वारा भारतीय पूर्वप्रधानमन्त्री सिंहप्रति श्रद्धाञ्जली
पुष १४, २०८१ आइतबार
कानून नमान्ने खेल संघलाई कारबाही हुन्छः खेलकुदमन्त्री चौधरी
पुष १४, २०८१ आइतबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
राष्ट्रिय किताब खानाका शाखा अधिकृत प्रसाईं घुससहित पक्राउ
पुष १४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा राणाद्वारा भारतीय पूर्वप्रधानमन्त्री सिंहप्रति श्रद्धाञ्जली
पुष १४, २०८१ आइतबार
बैतडीमा निस्सासिएर मजदुरको ज्यान गयो
पुष १४, २०८१ आइतबार
कानून नमान्ने खेल संघलाई कारबाही हुन्छः खेलकुदमन्त्री चौधरी
पुष १४, २०८१ आइतबार
कुखुराको मासु खाँदा अछाममा एकको मृत्यु, तीन जना बिरामी !
पुष १४, २०८१ आइतबार