तृष्णा नामक प्रशोधित पिउने पानीमा किरा भेटियो
नेपालबहस संवाददाता
भदौ १७, २०७६ मंगलबार १३:५९:५१
१७ भदौ, सुरुङ्गा । तृष्णा नामको प्रशोधित पिउने पानीमा किरा भेटिएको छ । विर्तामोड नगरपालिका–६ बाट उत्पादित मिनरल वाटरको सिलबन्दी बोतलभित्रको पिउने पानीमा किरा भेटिएको हो ।
विर्तामोडस्थित पश्चिम बस स्टेण्ड नजिकैको एक पसलमा किनिएको मिनरल वाटर बोतलभित्र सेतो रङको किरा भेटिएको हो । विर्तामोड–९ निवासी डिल्लीराम दाहालले औषधि सेवन गर्न मिनरल वाटर किनेको र लेदो जस्तो देखिएपछि बोतल नियालेर हेर्दा किरा भेटिएको बताए ।
तृष्णा नामको पानी उत्पादक कम्पनीले उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गरेको बताउँदै यस्ता कम्पनीको नियमन गरी गुणस्तरहीन पानी उत्पादक कम्पनीलाई कारवाही गर्नुपर्ने विर्तामोडका–१ का अर्जुन उप्रेतीले बताए । उनले भने, “डिल्लीरामजी बिरामी थिए, दवाई खान पानी किन्यौँ, पानी धमिलो जस्तो देखेपछि नियालेर हेर्दा बोतलभित्रै सेतो किरा देखियो ।”
किरासहितको एक लिटरको उक्त पानीको बोतल राससकर्मीलाई देखाउँदै उनले भने, “पानी किनेको पसलेलाई यस विषयमा सोध्दा आफूलाई सो विषयमा थाहा नहुने र गुनासो भए पानी उत्पादकलाई नै भन्नु भन्दै पन्छीए ।”
किरा भेटिएको पानीको बोतलमा सन् २०१९ अगष्टसम्ममा पानी प्रयोग गर्न सकिने उत्पादन मिति छ । राष्ट्रिय उपभोक्ता मञ्च झापा र संवाद समूहको सचिवालयको सहकार्यमा यसअघि खाद्य प्रविधि तथा गुणस्तर विभागले विर्तामोडबाट उत्पादित पानीको पीएच परीक्षण गर्दासमेत तृष्णा नामक पानीको पीएच ६ प्रतिशत थियो ।
पानीको न्यूनतम पीएच ६ देखि ७.५ प्रतिशत हुनुपर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाका खाद्य अनुसन्धान अधिकृत भरत पुरीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैतडीमा निस्सासिएर मजदुरको ज्यान गयो
पुष १४, २०८१ आइतबार
कुखुराको मासु खाँदा अछाममा एकको मृत्यु, तीन जना बिरामी !
पुष १४, २०८१ आइतबार
सल्लेरीवासीलाई पानीको चिन्ता, ‘हिउँद नआए हुन्थ्यो लाग्छ’
पुष १४, २०८१ आइतबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
राष्ट्रिय किताब खानाका शाखा अधिकृत प्रसाईं घुससहित पक्राउ
पुष १४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा राणाद्वारा भारतीय पूर्वप्रधानमन्त्री सिंहप्रति श्रद्धाञ्जली
पुष १४, २०८१ आइतबार
बैतडीमा निस्सासिएर मजदुरको ज्यान गयो
पुष १४, २०८१ आइतबार
कानून नमान्ने खेल संघलाई कारबाही हुन्छः खेलकुदमन्त्री चौधरी
पुष १४, २०८१ आइतबार
कुखुराको मासु खाँदा अछाममा एकको मृत्यु, तीन जना बिरामी !
पुष १४, २०८१ आइतबार