प्रदेश नं १ मा तीन दिन संविधान दिवस मनाइने
नेपालबहस संवाददाता
भदौ १७, २०७६ मंगलबार १४:४५:२६
१७ भदौ, विराटनगर । प्रदेश नं १ को सरकारले संविधान दिवस भव्य र व्यापक जनसहभागितासहित तीन दिन मनाउने निर्णय गरेको छ ।
प्रदेशका मुख्यमन्त्री शेरधन राईको सभापतित्वमा बसेको बैठकले असोज २, ३ र ४ गते विभिन्न कार्यक्रमको आयोजना गरी भव्यरुपमा संविधान दिवस मनाउने निर्णय गरेको छ ।
संविधान दिवसका उपलक्षमा प्रदेशका १४ जिल्लाका सदरमुकाम र सीमा क्षेत्रमा ठूलो एकै आकारको राष्ट्रिय झण्डा राख्ने, प्रदेशका सम्पूर्ण सरकारी, स्थानीय निकाय र संस्थानमा राष्ट्रिय झण्डा राख्ने, प्रदेशमा बस्ने जातजातिको मौलिक पहिरनसहित प्रतिस्पर्धात्मक झाँकी प्रदर्शन, दीपावली, सरसफाइ, वृक्षारोपण, ज्येष्ठ नागरिकका घरमा र अस्पतालमा फलफूल वितरण, रक्तदान, संविधानको विशेषता सम्बन्धमा पत्रपत्रिकामा लेख, टिभी र रेडियोमा सम्वाद प्रशारण गर्ने निर्णय गरिएको छ ।
यसैगरी प्रभातफेरी, नेपाल टेलिकमबाट संविधान दिवसका शुभकामनाका छोटा सन्देश प्रवाह गर्ने, नेपालको संविधानको पुस्तक अङ्कित शिलालेख तयार गरी प्रदेशसभा भवन सचिवलय अगाडि र मुख्यमन्त्री कार्यालय आगाडि राख्ने, सर्वसाधारणलाई संविधान दिवस मनाउन अपिललगायतका कार्य गरिने भएको छ ।
यसैगरी मुलुकको नाम विश्वस्तरमा फैलाएकामा राष्ट्रिय गानका रचयिता व्याकुल माइला, (प्रदीपकुमार राई), २४ पटक सगरमाथा आरोहण गर्ने कामीरिता शेर्पा र अल्ट्रा एथलेटिक्सका खेलाडी मीरा राईलाई सम्मान गरिने भएको छ ।
दिवस भव्यरुपमा सम्पन्न गर्न मुख्यमन्त्री राईको संयोजकत्वमा ३३ सदस्यीय मूल समारोह समिति र आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीको संयोजकत्वमा प्रचारप्रसार उपसमितिलगायत अन्य उपसमिति गठन गरिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैतडीमा निस्सासिएर मजदुरको ज्यान गयो
पुष १४, २०८१ आइतबार
कुखुराको मासु खाँदा अछाममा एकको मृत्यु, तीन जना बिरामी !
पुष १४, २०८१ आइतबार
सल्लेरीवासीलाई पानीको चिन्ता, ‘हिउँद नआए हुन्थ्यो लाग्छ’
पुष १४, २०८१ आइतबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
राष्ट्रिय किताब खानाका शाखा अधिकृत प्रसाईं घुससहित पक्राउ
पुष १४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा राणाद्वारा भारतीय पूर्वप्रधानमन्त्री सिंहप्रति श्रद्धाञ्जली
पुष १४, २०८१ आइतबार
बैतडीमा निस्सासिएर मजदुरको ज्यान गयो
पुष १४, २०८१ आइतबार
कानून नमान्ने खेल संघलाई कारबाही हुन्छः खेलकुदमन्त्री चौधरी
पुष १४, २०८१ आइतबार
कुखुराको मासु खाँदा अछाममा एकको मृत्यु, तीन जना बिरामी !
पुष १४, २०८१ आइतबार