टेक्सासमा बन्दूक आक्रमण गर्ने ३६ बर्षीय यूवक रहेको प्रहरीद्वारा पुष्टि
नेपालबहस संवाददाता
भदौ १७, २०७६ मंगलबार १४:५१:५७
१७ भदौ, एजेन्सी । शनिबार सात जनाको मृत्यु हुनेगरी गरिएको आक्रमणमा गोली चलाउने व्यक्ति ओडिसा शहरका ३६ बर्षीय सेथ आरोन अटोर भएको संयुक्त राज्य अमेरिकाको टेक्सास राज्यअन्तर्गत ओडेसा प्रहरी विभागले बताएको छ ।
सोमबार दिइएको जानकारीअनुसार आक्रमण के उद्देश्यबाट प्रेरित थियो भन्नेबारे अनुसन्धान जारी रहेकोले थप विवरणपछि सार्वजनिक गरिने प्रहरीले बताएको छ । आक्रमणमा परी पाँच जनाको मृत्यु भएको थियो भने अरु २१ जना घाइते भएका थिए ।
दिउँसो एक बन्दुकधारीले हुलाक सेवाको ट्रक अपहरण गरी जथाभावी गोली चलाउँदै हिँडेको अमेरिकी प्रहरीले यस पहिले नै बताएको थियो । प्रहरीले गरेको जवाफी कारबाहीमा घटनामा श्वेतवर्णका बन्दुकधारीको मृत्यु भएको थियो । तर बन्दुकधारीको नाम भने प्रहरीले खुलाएको थिएन ।
उक्त व्यक्तिले टेक्सासको सार्वजनिक सुरक्षा विभागनजिकै सुरक्षाकर्मीले एउटा होण्डा कार रोक्न खोज्दा प्रहरीमाथि गोली चलाएर भागेको र पछि ती व्यक्तिले हुलाक सेवाको ट्रक अपहरण गरेर बाटोमा मानिसलाई गोली चलाउँदै हिँडेको ओडिसाका प्रहरी प्रमुख मिचेल गर्कले पत्रकार सम्मेलनमा बताएका थिए ।
आक्रमणकारीले जथाभावी गोली प्रहार गरेको प्रत्यक्षदर्शीले पनि बताएका छन् । “घटनापछि धेरै पीडित भएका छन्,” गर्कले भने । घटनामा परी घाइते भएकामध्ये तीन जना सुरक्षाकर्मी रहेका बताइएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीनको १० हजार हेक्टरभन्दा बढी वन रोप्ने लक्ष्य हासिल
पुष १४, २०८१ आइतबार
जापानको औसत तापक्रम उच्च हुने सम्भावना
पुष १४, २०८१ आइतबार
सन् २०२४ मा विश्वको ध्यान खिचेका प्रमुख घटना
पुष १४, २०८१ आइतबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
राष्ट्रिय किताब खानाका शाखा अधिकृत प्रसाईं घुससहित पक्राउ
पुष १४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा राणाद्वारा भारतीय पूर्वप्रधानमन्त्री सिंहप्रति श्रद्धाञ्जली
पुष १४, २०८१ आइतबार
बैतडीमा निस्सासिएर मजदुरको ज्यान गयो
पुष १४, २०८१ आइतबार
कानून नमान्ने खेल संघलाई कारबाही हुन्छः खेलकुदमन्त्री चौधरी
पुष १४, २०८१ आइतबार
कुखुराको मासु खाँदा अछाममा एकको मृत्यु, तीन जना बिरामी !
पुष १४, २०८१ आइतबार