सुन तोलाको ७२ हजार ५ सय !
नेपालबहस संवाददाता
भदौ १७, २०७६ मंगलबार १८:२:४
१७ भदौं काठमाडौं । सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेकोे छ । सोमबार स्थिर रहेको सुनको भाउ मंगलबार तोलामा ५ सय रुपैयाँ बढेर तोलाको ७२ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि गत भदौ ९ सुनको भाउले नयाँ कृतिमान बनाउदै प्रतितोला ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि मंगलबार प्रतितोला ८९५ रुपैयाँ पुगेको छ । निरन्तर भाउ बढेपछि सर्वसाधारणले सुनका गहना खरिद गर्न कठिन हुने अवस्था आइसकेको छ । आम उपभोक्ताले आफूसँग भएको गहना बेच्न चाहे पनि सुनचाँदी व्यापारी खरिद नगरेको गुनासो गरिरहेका छन् ।
सुनचाँदी गहन पसल सुनसान छन् । व्यापारीहरुले ग्राहकका पुराना गहना किन्न मानिरहेका छैनन् ।अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस न्युनतम १५ सय २२.०८ डलर देखि अधिकतम १५ सय २९.८७ डलर सम्म कारोबार भएको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ चुलिए सँगै यसको प्रत्यक्ष असार नेपालमा पनि परेको हो ।
पछिल्लो समय सुनको मूल्य बढ्नुमा अमेरिका र चीनबीच बढ्दो व्यापार युद्ध मुख्य कारण रहेको व्यापारीहरु बताउँछन् । नेपालमा सुनको भाउ अन्तर्राष्ट्रिय बजारका आधारमा निर्धारण हुन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
राष्ट्रिय किताब खानाका शाखा अधिकृत प्रसाईं घुससहित पक्राउ
पुष १४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा राणाद्वारा भारतीय पूर्वप्रधानमन्त्री सिंहप्रति श्रद्धाञ्जली
पुष १४, २०८१ आइतबार
बैतडीमा निस्सासिएर मजदुरको ज्यान गयो
पुष १४, २०८१ आइतबार
कानून नमान्ने खेल संघलाई कारबाही हुन्छः खेलकुदमन्त्री चौधरी
पुष १४, २०८१ आइतबार
कुखुराको मासु खाँदा अछाममा एकको मृत्यु, तीन जना बिरामी !
पुष १४, २०८१ आइतबार