दिवा खाजाले विद्यालयको वातावरण फेरियो !
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
भदौ १७, २०७६ मंगलबार २०:७:१०
![](https://nepalbahas.prixacdn.net/media/albums/1542785764khaja_ko_HBlOmjTi4p.jpg)
लक्ष्मीप्रसाद सापकोटा / रासस
१७ भदौ पर्वत । पर्वतको कुश्मा नगरपालिका–७ गोदाममा रहेको युवावर्ष आधारभूत विद्यालयमा यो वर्ष ३५ विद्यार्थी भर्ना भएका छन् । गत वर्ष सो विद्यालयमा करीब २५ जना विद्यार्थी अध्ययनरत थिए ।
बिहान १० बजे सबै विद्यार्थी प्रार्थनामा जम्मा हुन्थे । जब खाजा खानका लागि ४५ मिनेटको ‘टिफिन टाइम’ हुन्थ्यो, त्यसपछि विद्यालयमा थोरै मात्र विद्यार्थी बाँकी रहन्थे । खाजाखान घरमा गएका विद्यार्थी फर्किँदैन थिए ।
अभिभावक मेलापात र रोजगारीमा जाँदा दिउँसो घरमा शून्य हुने भएकाले विद्यार्थी विद्यालय आसपासमा रहेका फलफूलका रुखमा भुण्डिन्थे । कक्षा सञ्चालन भइसक्दा पनि उनीहरू विद्यालयमा नफर्किँदा दिउँसोको २ बजे नै ४ बजेपछिको हुन्थ्यो । तर, अहिले विद्यालयको वातावरण फेरिएको छ । विद्यालयमा ४ बजेसम्म सबै विद्यार्थी बस्छन् ।
विद्यालयभन्दा केही तल निजी तथा आवासीय विद्यालय छन् । ती निजी विद्यालयबाट १० जना विद्यार्थी युवा वर्षमा फर्किएका छन् । निजी विद्यालयबाट १० जना विद्यार्थी सामुदायिक विद्यालयमा फर्किनु सङ्ख्यामा थोरै भएको भए पनि महत्वपूर्ण उपलब्धि भएको विद्यालयका प्रधानाध्यापक खड्कराज पुरीले बताए । ।
विद्यालयको वातावरणमा परिवर्तन आउनुमा विद्यार्थीलाई दिइने खाजा रहेको छ । स्थानीय प्रेम विक र वडा नंं. ७ कार्यालयले खाजा उपलब्ध गराएपछि विद्यालय समयसम्मै विद्यार्थी बस्ने गरेको प्रधानाध्यपक पुरीले बताए।
विद्यालयमा रहेका १२ जना छात्राका लागि विकले र बाँकी २३ जना विद्यार्थीलाई वडा कार्यालयले खाजा उपलब्ध गराउँदै आएको छ । गत आर्थिक वर्षमा विद्यार्थीको खाजा खर्चका लागि रु एक लाख वजेट विनियोजन गरेको सो वडाले चालू आर्थिक वर्षमा रु ६० हजार विनियोजन गरेको छ । ‘यो विद्यालयमा गरीब, दलित र मजदूरका छोराछोरी अध्ययनरत छन् ।
उनीहरूको घरमा खाजा खुवाउन नसक्ने अवस्था पनि छ । खाजाकै कारण पनि विद्यार्थी विद्यालय आउन र शिक्षा प्राप्त गर्न सकुन् भनेर दिवा खाजा कार्यक्रमको थालनी गरेका हौँ,’ वडाध्यक्ष सुवासचन्द्र पौडेलले भने, “यो कार्यक्रमका लागि अघिल्लो आर्थिक वर्षमा रु एक लाख र चालू आर्थिक वर्षमा रु ६० हजार विनियोजन गरेका हौँ ।” खाजा कार्यक्रमको थालनी गरिएसँगै विद्यालयमा विद्यार्थीको टिकाउ दर राम्रो देखिएकाले खाजालाई निरन्तरता दिने योजना रहेको वडाध्यक्ष पौडेलले बताए ।
समाजसेवी विकले ‘छोरी पढाउ’ अभियान चलाउँदै आउनु भएको छ । यही अभियानअन्तर्गत उहाँले तीन वर्षदेखि विद्यालयका बालिकाका लागि खाजाका साथै शैक्षिक सामग्री उपलब्ध गराउँदै आएका छन् । ।
शिक्षक हरिप्रसाद आचार्यले विकले यो वर्ष १२ जना बालिकाका लागि खाजा, स्टेशनरी, पोशाक, झोलालगायतका सामग्रीको उपलब्ध गराएको जानकारी दिए। प्रधानाध्यापक पुरीका अनुसार विकले कक्षा– ५ सम्मको अध्ययन पूरा गरी नारायण मावि र शिवालय माविमा अध्ययनका लागि गएका छात्रालाई पनि निरन्तर सहयोग गर्दै आएका छन्।
उनले भने, “यहाँबाट अर्को विद्यालयमा गएका छात्राले १२ कक्षा पढ्ने बेलासम्म खाजा, पोशाक, स्टेशनरीलगायतका सामग्री विकले उपलब्ध गराउँदै आएका छन् ।” विद्यालयमा विपन्न परिवारका बालबालिका अध्ययनरत रहेकाले खाजाको प्रभावले विद्यार्थीलाई विद्यालय पठाउन सजिलो भएको अभिभावकहरुले बताए ।
दलित तथा आर्थिक अवस्था कमजोर भएका परिवारका विद्यार्थी विद्यालयमा रहेकाले अघिल्लो वर्षसम्म विद्यार्थी खाजाकै खोजीमा विद्यालय नजिकै रहेका स्थानीयवासीका अम्बा, कागती, सुन्तला, भोगटेका रुखमा झुण्डिने गरेको उनीहरूको भनाइ छ ।
दिवा खाजा कार्यक्रम सुरु भएपछि अहिले विद्यालयमा दैनिक विद्यार्थी उपस्थिति दर ९५ प्रतिशत भएको शिक्षक आचार्यको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकक्षा १२ को परीक्षा आगामी वैशाख १२ देखि हुने
फागुन २, २०८१ शुक्रबार
केयू उपकुलपतिका लागि सर्ट लिस्टमा परे १० जना प्राध्यापक (सूचीसहित)
माघ २८, २०८१ सोमबार
सामुदायिक विद्यालयमा मगर भाषाको पढाई
माघ २५, २०८१ शुक्रबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
सांसद ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति राष्ट्रिय सभाबाट खेद प्रस्ताव पारित
फागुन ४, २०८१ आइतबार
स्काभेटरले पल्टाएको ढुंगा लागेर विद्यार्थीको मृत्यु
फागुन ४, २०८१ आइतबार
बढ्दो भ्रष्टाचारले नेपाल अन्तर्राष्ट्रियस्तरमा बदनाम भयो : शेखर कोइराला
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
प्रश्नको उत्तरमै प्रधानमन्त्रीको कन्जुस्याई (पूर्णपाठसहित)
फागुन ४, २०८१ आइतबार
चिकित्सकले मानिसको स्वास्थ्य परीक्षणको लागि नङ हेर्न सक्छन् ?
फागुन ४, २०८१ आइतबार