जम्बु–कश्मीरमा भारतीय सरकारको कदम प्रति नेपाल रिपब्लिक पार्टीको सर्मथन, नेपाल सरकारको मौनताप्रति भत्सर्ना
नेपालबहस संवाददाता
भदौ १७, २०७६ मंगलबार २०:१०:११
१७ भदौ,काठमाडौं । मित्रराष्ट्र भारतमा भारतीय जनता पार्टीको सरकारले संविधानको धारा ३७० र उपधारा ३५ (ए) को प्रावधान हटाई जम्मू–कश्मीर तथा त्यसबाट अलग्याइएको लद्दाख क्षेत्रलाई केन्द्र शासित प्रदेश बनाएको घटनाको नेपाल रिपब्लिक पार्टीले स्वागत गरेको छ ।
सो पार्टीका अध्यक्ष सिद्धार्थ गौतमले एक वक्तव्य जारी गर्दै धेरै पहिले भइसक्नुपर्ने यो कार्य दृढतासाथ सम्पन्न गरेकोमा सत्तारुढ भारतीय जनता पार्टीलाई बधाई ज्ञापन गरेका छन् । विज्ञप्तिमा उनले भनेका छन्- “एउटै देशभित्रका बेग्लै झण्डा, संविधान र नेतृत्व कायम रहनु र देश विखण्डनका नारा तथा गतिविधिले पश्रय पाउनु कुनै पनि संप्रभुतासम्पन्न देशका लागि स्वीकार्य हुन सक्दैन । भारत सरकारको यस कदमले भारतलाई यस अवस्थाबाट मुक्त गरेको छ र राष्ट्रिय एकीकरणको कामलाई सच्चा अर्थमा पूर्णता प्रदान गरेको छ ।”
राष्ट्रिय संप्रभुता, अखण्डता र कानूनी राज्यको हिमायती कुनै पनि लोकतान्त्रिक मुलुकले यस कदमको समर्थन गर्नुपर्छ । अनावश्यक कुरामा लम्बे चौडे वक्तव्य दिएर नथाक्ने नेपालको वर्तमान कम्युनिष्ट सरकारले मित्रराष्ट्र भारतका शत्रुहरूलाई सहयोग पुग्ने गरी यस मामिलामा धारण गरेको मौनता रहस्यमय मात्र होइन, घोर आपत्तिजनक समेत रहेको उनको भनाई छ ।
नेपाल सरकारको यो मौनता एउटै देशभित्र दुई बेग्लै झण्डा, फरक संविधान र फरक नेतृत्व तथा देश विखण्डनका गतिविधिको सक्रिय मौन समर्थन पनि हो, त्यसैले यस घटनाप्रतिको सरकारी मौनता सत्तारुढ कम्युनिस्ट पार्टीको राष्ट्रघाती, जनविरोधी प्रवृत्तिको मुखर विज्ञापन हो । प्रादेशिक विभेद, साम्प्रदायिकता र राष्ट्र विखण्डनको विपक्षमा उभिने नेपाल सरकारको नैतिक धरातल यसले पूर्णतः ध्वस्त पारेको दावी उनले विज्ञप्तिमा गरेका छन् ।
विज्ञप्तिमा अगाडि भनिएको छ- “सम्पूर्ण राष्ट्रप्रेमी, देशभक्त तथा लोकतन्त्रवादी शक्ति र जनतालाई यसतर्फ सचेत रहन आग्रह गर्दै नेपाल रिपब्लिक पार्टी कम्युनिस्ट नेतृत्वको नेपाल सरकारको यस रवैयाको तीव्र भत्सर्ना गर्दछ । साथै, राष्ट्रिय संप्रभुता र अखण्डताका पक्षधर सम्पूर्ण नेपाली जनता भारत सरकारको कदमको समर्थनमा रहेको स्पष्ट पार्दै यस कदमप्रति हामी जम्मू कश्मीर र लद्दाखको समेत सम्पूर्ण भारतीय जनताप्रति बधाई व्यक्त गर्दछौँ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार