दोस्रोपटक प्रधानमन्त्री र मन्त्रीहरुबीच भिडियो कन्फरेन्स !
नेपालबहस संवाददाता
भदौ १७, २०७६ मंगलबार २०:२०:२२
१७ भदौ, काठमाडौं । सिंगापुरमा उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरुबीच दोस्रो पटक भिडियो कन्फरेन्समार्फत छलफल भएको छ ।
कुनै एजेण्डामा निर्णय नभए पनि आ-आफ्नो मन्त्रालयमा भएका काम कारवाहीबारे प्रधानमन्त्रीलाई भिडियो कन्फरेन्समार्फत जानकारी गराइएको हो ।
मन्त्रालयका समस्याहरु र मन्त्रिपरिषद बैठक नबस्दा रोकिएका कामबारे समेत प्रधानमन्त्रीले चासो राखेका छन् । यसअघि प्रधानमन्त्रीले संसदीय काम कारवाहीका बारेमा संसदीय दलका कार्यवाहक नेता सुवास नेम्वाङसँग टेलिफोन मार्फत छलफल गरेका थिए ।
भिडियोमा मन्त्रिपरिषद बैठकमाथि केही दिन प्रश्न उठेपछि यसको चारैतिर निकै चर्चा भएको हो । मिर्गौलाको उपचार गर्न सिंगापुर गएका प्रधानमन्त्री ओलीले पहिलो पटक ९ भदौमा मन्त्रिपरिषदका सदस्यहरुसँग भिडियो कन्फरेन्स गरेका थिए ।
सो भिडियो कन्फरेन्सलाई स्वयं प्रधानमन्त्री ओली र उनका राजनीतिक सल्लाहकार विष्णु रिमालले ‘मन्त्रिपरिषद बैठक’ भनेपछि वैधानिकतामा प्रश्नमात्र होइन संसदमा समेत सरकारको कडा रुपमा आलोचना भएको थियो ।
याे पनि :
भिडियो कन्फरेन्सले निम्त्याएको प्रश्न
भिडियो कन्फ्रेन्स विवादमा : प्रतिपक्ष आक्रोशमा, सत्तापक्षको जवाफमा के छ ?
मन्त्री ज्यू ! अब कहिलेसम्म झुट्टा कुरा गरिरहने ?
ओलीलाई भेट्न पौडेल सिंगापुर प्रस्थान, बामदेव जाने कुरा हल्ला मात्र !
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा राणाद्वारा भारतीय पूर्वप्रधानमन्त्री सिंहप्रति श्रद्धाञ्जली
पुष १४, २०८१ आइतबार
कानून नमान्ने खेल संघलाई कारबाही हुन्छः खेलकुदमन्त्री चौधरी
पुष १४, २०८१ आइतबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
राष्ट्रिय किताब खानाका शाखा अधिकृत प्रसाईं घुससहित पक्राउ
पुष १४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा राणाद्वारा भारतीय पूर्वप्रधानमन्त्री सिंहप्रति श्रद्धाञ्जली
पुष १४, २०८१ आइतबार
बैतडीमा निस्सासिएर मजदुरको ज्यान गयो
पुष १४, २०८१ आइतबार
कानून नमान्ने खेल संघलाई कारबाही हुन्छः खेलकुदमन्त्री चौधरी
पुष १४, २०८१ आइतबार
कुखुराको मासु खाँदा अछाममा एकको मृत्यु, तीन जना बिरामी !
पुष १४, २०८१ आइतबार