नोकिया ३३१० मोबाइल १९ वर्षमा !
नेपालबहस संवाददाता
भदौ १७, २०७६ मंगलबार २०:३१:५७
१७ भदौ, एजेन्सी । नोकिया कम्पनीको आइकनिक नोकिया ३३१० मोबाइल फोनले १९ वर्ष पूरा गरेको छ । सन् २००० को सेप्टेम्बर १ मा लञ्च भएको नोकिया ३३१० विश्वको मोबाइल फोनको इतिहासमा सर्वाधिक लोकप्रिय मध्येको एक फोन हो ।
सन् २००० मा यो फोन निलो रङ तथा हरियो स्क्रिनलाइट सहित बजारमा आएको थियो । यस फोनमा ‘स्नेक गेम’ थियो, जुन अत्यधिक लोकप्रिय बनेको थियो ।
त्यसपछि सन् २००३ मा नोकिया ११०० लञ्च भयो । उक्त मोबाइल फोनमा भित्रै टर्च लाइट राखिएको थियो । उक्त टर्चलाइट मोबाइल फोनलाई मानिसहरुले निकै मन पराए । जसका कारण उक्त फोन त्यसबेलाको सबैभन्दा लोकप्रिय उपभोग्य विद्युतिय उपकरण बन्न सफल भएको थियो ।
१९ वर्ष पूरा गरेको नोकिया ३३१० मोडेलको मोबाइल् फोन एउटा पूरै पुस्ताको बीचमा निकै लोकप्रिय बनेको थियो । यो मोबाइलले १९ वर्ष पार गरेको अवसरमा मानिसहरुले सोसल मिडियामा यो फोनलाई जन्मदिनको शुभकामना र बधाई दिएका छन् ।
स्मरणहोस् सन् २०१६ मा एचएमडी ग्लोबलले ३३१० मोडेलको मोबाइल पुनः लञ्च गरेको थियो । उक्त नयाँ संस्करणमा २।४ इन्चको क्यूभिजिए डिस्प्ले रहेको छ जसको रिजोलुसन ३२० गुणा २४० पिक्सेल्स रहेको छ ।
यसमा २५६ एमबीको र्याम र ५१२ एमबीको स्टोरेज रहेको छ जसलाई माइक्रो एसडी कार्डको सहयोगले ६४ जिबीसम्म बढाउन सकिन्छ । यो फोन थ्गलइक् एन्ड्रोइड अपरेटिङ सिस्टमबाट चल्दछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआईफोन–१६ अब अर्को आईफोनबाट ताररहित रूपमा पुनर्स्थापित गर्न सकिने
असोज ४, २०८१ शुक्रबार
एक्सले प्रतिबन्धका बाबुजुद काम गर्न थालेपछि ब्राजिलमा हंगामा
असोज ४, २०८१ शुक्रबार
स्पेसएक्सको स्पेसवाक मिशन सम्पन्न, चार अन्तरिक्ष यात्री पृथ्वीमा फर्किए
भदौ ३०, २०८१ आइतबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार