रवि नेपालीहरुकै दाई ! नेपाल प्रहरी मच्चियो मच्चियो थच्चियो !!
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_U6mF8d7adH.jpeg
)
नेपालबहस संवाददाता
भदौ १७, २०७६ मंगलबार २२:३९:२५
![](https://nepalbahas.prixacdn.net/media/albums/rabi-lamichhane_EdL20ZMAzv.jpg)
अन्तत आम नेपाली जनताका नजरमा दर्जिएका पत्रकार तथा पार्टीका पत्रकारको नजरमा टीभी प्रस्तोतका रुपमा चिनिएका रवि लामिछाने १० दिनको प्रहरी हिरासतबाट सम्मानित अदालतको आदेशमा ५ लाख धरौटीमा रिहा भएका छन् । यस घटनाले नेपाल सरकार र नेपाल प्रहरी यसमा नराम्रोसँग विवादमा मुछिएको छ । सामाजिक सञ्जाल २ सातादेखि रविमय भएको छ ।
उनले आफ्नाे इमेजलाई बचाईराखुन् मेरो शुभकामना छ । हैन भने आज हाई हाई भएका व्यक्ति भोली वाई वाई पनि हुन सक्छन् चेतना भया ।
पहिला पहिला “जहाँ पुग्दैनन् रवि त्यहाँ पुग्छन् कवि” भन्ने उखानलाई रवि लामिछानेको जनतासँग सिधाकुरा मार्फत “जहाँ पुग्दैनन् कवि त्यहाँ पुग्छन् रवि” भन्ने चरितार्थ गरेका थिए रविले कार्यक्रममार्फत । त्यसैले रवि जेलमा पुग्दा नेपाली जनताहरु स्वस्फुर्त रुपमा देशव्यापी रुपमा सडकमा आए । नेपालको इतिहासमा बिना नेतृत्व यत्तिका जनता सडकमा आएर कसैको पक्षमा बोलेको पहिलो घटना हो ।
के युवायुवती के बुढाबुढी सबै “रवि दाई हाईहाई“ भन्दै सडकमा आएका थिए । जसरी बीपीकालमा बीपीलाई बुढाबुढीहरुले नि सान्दाई भन्थे हो त्यसरी नै आज रवि सबैका दाई भए अर्थात् नेपालीका दाई भए उनले चलाएको कार्यक्रमले । निमुखा, आवाजवीहिनहरुको आवाज बनेर अन्याय, अत्याचार, भ्रष्टाचार, कालाबाजारी देशद्रोहीहरुको विरुद्ध देशभक्तिपुर्ण कार्यक्रम चलाएका कारण नै रवि यतिखेर सबैका दाई भएका हुन् । उनले आफ्नाे इमेजलाई बचाईराखुन् मेरो शुभकामना छ । हैन भने आज हाई हाई भएका व्यक्ति भोली वाई वाई पनि हुन सक्छन् चेतना भया ।
अनेक तिकडम लगाउदा पनि नेपाल प्रहरीले रवि विरुद्ध त्यस्तो केही ठोस प्रमाण अदातल समक्ष पेश गर्न सकेन जसले रवि धरौटीमा रिहा भएका हुन् । तर नबुझिने कुरा एउटै प्रकृतिको केशमा पक्राउ परेका ३ जना आरोपीहरुमध्ये रविलाई ५ लाख, युवराजलाई ३ लाख तथा अस्मितालाई बिना धरौटीमा रिहा गरिनु कानुनका धुरन्धरालाई थाहा होला उनीहरुले बोल्लान् । जे होस रवि प्रहरी हिरासतबाट मुक्त भएका छन् ।
नेपाल प्रहरीको लागि अबको मार्ग भनेको सर्वप्रथम पत्रकार शालिकरामले मर्दामर्दै बोलेको भिडियो कसरी लिक भयो ? त्यस्तै अन्य सुचनाहरु पनि लिक भएका हुन सक्छन् । हैन भने जनताले रविलाई जस्तै हजारौं आवाजविहीनलाई प्रहरीले झुट्टा मुद्दामा प्रहरी हिरसतमा राखेको छ भनेर प्रश्न गर्न सक्नछन् ।
रवि भनेको सुर्य पनि हो सारा शक्ति लगाउदा पनि सुर्यलाई हत्कोलाले छेक्न सकेनन् । नेपाल प्रहरी एवं सरकार मच्चियो मच्चियो थच्चियो हुन पुग्यो र प्रचण्ड एवं कम्पनीहरुलाई हात लाग्यो शुन्य हुने अवस्था आएको छ । भिडियो लिक गर्ने एसपी दानवहादुरहरुका कारण यस घटनाले नेपाल प्रहरीले जनतासँगको विश्वास पुन गुमाउन पुगेको छ । यसअघि निर्मला हत्याकाण्ड तथा ३३ किलो सुनकाण्डमा असफलता व्यहोरेको नेपाल प्रहरी जनताको नजरमा अपराधी बचाउने, हत्यारा, बलत्कारी र षडयन्त्रकारीको दर्ज भएकै थियो फेरि दानवहादुरहरुको अकर्मण्यताले गर्दा जनतााको नजरमा साख अझ झन् गिरेको छ । जसरी एउटा कुहिएको आलुले सारा बोराको आलुलाई कुहाउछ भने झै निर्दोष फसाउन खोज्ने बदनाम प्रहरीकै कारण नेपाल प्रहरी बदनाम नहोला भन्न सकिन्न । यस्तै रवैयालाई निरन्तर दिने हो भने नेपाली जनताले नेपाल प्रहरीको विकल्प नसोच्लान् भन्न सकिन्न ।
नेपाल प्रहरीको लागि अबको मार्ग भनेको सर्वप्रथम पत्रकार शालिकरामले मर्दामर्दै बोलेको भिडियो कसरी लिक भयो ? त्यस्तै अन्य सुचनाहरु पनि लिक भएका हुन सक्छन् । हैन भने जनताले रविलाई जस्तै हजारौं आवाजविहीनलाई प्रहरीले झुट्टा मुद्दामा प्रहरी हिरसतमा राखेको छ भनेर प्रश्न गर्न सक्नछन् । जनताको समर्थन बिना नेपाल प्रहरी अगाडी बढ्न सक्दैन । हाम्रो काम त राम राम मात्र भन्ने हो काँध थाप्न सकिन्न । चेतना भया ।
जसरी माओवादीले सुरु गरेको जनसरकार र जनअदालतमा जनताहरु न्याय माग्न गएका थिए । पहिला माओवादीका जनसरकारसँग गए अहिले रविसँग गए फरक यत्ति हो । त्यसबेला आर्थिक फाइदा र व्यक्तिगत रिसइवी दाँज्ने काम गरिएको थियो तर अहिले सत्यतथ्य उजागार हुन्छन् । हो त्यही सत्यको पक्षमा उत्रेका हुन् जनता ।
मानिसले आत्महत्या विभिन्न कारणले गर्न सक्छन् । कोही एसएलसीमा फेल भएर, कोही नम्बर कम आएर, कोही भ्रष्टचारको मुद्दा लागेर, कोही प्रमोशन नपाएको कारण, कोही प्रेममा असफल भएको कारण । ती मध्ये कसैले मर्ने बेलामा सुसाइट नोट लेखेर कसैलाई पोले भन्दैमा प्रहरी खोरमा नै जाक्नु पर्छ र ? बाहिर राखेर पनि अनुसन्धान गर्न सकिन्छ । रविलाई पनि त्यसो गर्न सकिन्थ्यो । रविले कतिको भण्डाफोर गरेका थिए टेलिभिजन मार्फत । फेरि ती मध्ये कसैले रविका कारण म मरे भनेर भिडिायो बनायो भने के फेरि समाउने रविलाई ? रविको काम नै भण्डाफोर गर्ने हो ।
प्रहरी र नेपाल सरकारले सोसल मिडियाका आम नागरिकले जस्तै विना प्रमाण कसैलाई आरोप लगाउनु हुँदैनथ्यो । सरकार आफै षडयन्त्रकारी भएपछि जनताले त्यस्को विकल्प त खोज्ने भए रवि त्यसकै उदाहरण हुन् । जसरी माओवादीले सुरु गरेको जनसरकार र जनअदालतमा जनताहरु न्याय माग्न गएका थिए । पहिला माओवादीका जनसरकारसँग गए अहिले रविसँग गए फरक यत्ति हो । त्यसबेला आर्थिक फाइदा र व्यक्तिगत रिसइवी दाँज्ने काम गरिएको थियो तर अहिले सत्यतथ्य उजागार हुन्छन् । हो त्यही सत्यको पक्षमा उत्रेका हुन् जनता ।
अहिले रविको समर्थनमा निकालिएको जुलुसमा उनलाई नजिकबाट चिन्ने मानिस भन्दा सत्यको पक्षमा लड्ने मानिस धेरै छन् । अब रविहरुको बारेमा आमबहस चलाउने बेला भएको छ । किन अब गाउँ गाउँ वस्ती वस्तीबाट रविहरुलाई समर्थन गर्दै भ्रष्टचारी षडयन्त्रकारीहरुको झण्डाफोर नगर्ने ? फलाम तातेको बेलामा नै त्यसको आकार दिनुपर्छ । अहिले जनता तातेका छन् जनता तातेको बेला भ्रष्टाचारी, षडयन्त्रकारीहरुलाई निमिट्यान्न पार्नै पर्छ । जनताले गाउँ गाउँ बस्ती बस्तीबाट रिपोर्टिङ गरेर रविहरुलाई बुझउनु पर्छ ।
आम जनता पनि पत्रकार हुन । आम नागरिकले पनि जनता सुसुचित गराउन सक्छन् । पत्रकार हुन पार्टीको सदस्य, पत्रकार महासंघको सदस्य र सुचना विभागबाटै प्रेस पास लिनुपर्छ भन्ने नै छैन । नागरिक बिना बर्दीका प्रहरी भने झै बिना बर्दीका पत्रकार पनि हुन् । अस्तु ! भर्जिनिया, अमेरिका ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसदका प्रश्न, प्रधानमन्त्रीका उत्तर देशका लागि कति प्रभावकारी होलान् ?
फागुन ६, २०८१ मंगलबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
फागुन २, २०८१ शुक्रबार
विचारविहीन राजनीतिको भूमरीमा बाबुराम भट्टराईको दल वैकल्पिक शक्ति बन्ला ?
माघ २९, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार
अमेरिकाले भुक्तानी रोकेपछि एमसीसी परियोजना स्थगित
फागुन ६, २०८१ मंगलबार
नेपाली छात्राको मृत्यु प्रकरणमा ओडिसा सरकारले बनायो उच्चस्तरीय छानबिन समिति
फागुन ६, २०८१ मंगलबार
इन्डोनेसियाले सन् २०३० सम्ममा ६३ हजार चार्जिङ स्टेशन निर्माण गर्ने
फागुन ६, २०८१ मंगलबार
विद्युतीय व्यापार (इ–कमर्श) विधेयक पारित
फागुन ६, २०८१ मंगलबार