चोरीका मोबाइलसहित तीन पक्राउ
नेपालबहस संवाददाता
भदौ १८, २०७६ बुधबार १५:३७:३०
१८ भदौ, भक्तपुर । महानगरीय प्रहरी वृत्त जगातिको टोलीले मङ्गलबार चोरीका विभिन्न ब्राण्डका ५६ थान मोबाइल, भारतीय नम्बरप्लेटको एक गाडी र रु ६२ हजार ७४४ सहित तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका–६ खरिपाटी बस्ने २२ वर्षीय रामकुमार लामिछाने, सर्लाही मलङ्गवा नगरपालिका–४ घर भई हाल काठमाडौं गैरीगाउँ बस्ने २३ वर्षीय रञ्जितकुमार पण्डित र भारत नयाँदिल्ली घर भई हाल काठमाडौँ महानगरपालिका–५ बालकुमारीमा फ्याल्ट भाडामा लिई बस्ने ३३ वर्षीय सत्य प्रकाश रहेका छन् ।
उनीहरुको साथबाट प्रहरीले विभिन्न कम्पनीका मोबाइल सेट ५६ थान, ब्याट्री १८ थान, भारु चार हजार ८४०, नेपाली रु ६२ हजार ७४४ र नक्कली बिल प्याड बरामद गरेको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।
नेपाल र भारतका विभिन्न स्थानबाट चोरी गरिएका मोबाइल सत्य प्रकाशले जम्मा गरी रञ्जितकुमारलाई बिक्री गर्ने र रञ्जितकुमारबाट उक्त सेटहरु लामिछानेले खरीद गरी बिक्री वितरण गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको उनले जानकारी दिए।
प्रहरीले मोबाइल चोरीमा प्रयोग गर्ने भडीएल१सीजेट ४५५३ नंको भारतीय सवारीसाधनसमेत नियन्त्रणमा लिएको जानकारी दिँदै उनले पक्राउ परेकाबाट थप अनुसन्धान भइरहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
पुष १४, २०८१ आइतबार
टाँगाले वीरगञ्जको ट्राफिक व्यवस्थापनमा चुनौती थप्दै
पुष १३, २०८१ शनिबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
राष्ट्रिय किताब खानाका शाखा अधिकृत प्रसाईं घुससहित पक्राउ
पुष १४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा राणाद्वारा भारतीय पूर्वप्रधानमन्त्री सिंहप्रति श्रद्धाञ्जली
पुष १४, २०८१ आइतबार
बैतडीमा निस्सासिएर मजदुरको ज्यान गयो
पुष १४, २०८१ आइतबार
कानून नमान्ने खेल संघलाई कारबाही हुन्छः खेलकुदमन्त्री चौधरी
पुष १४, २०८१ आइतबार
कुखुराको मासु खाँदा अछाममा एकको मृत्यु, तीन जना बिरामी !
पुष १४, २०८१ आइतबार