पछिल्लो समय आयुर्वेद उपचारमा आकर्षण बढ्दै
नेपालबहस संवाददाता
भदौ १८, २०७६ बुधबार १६:११:३०
१८ भदौ, विराटनगर । पछिल्लो समय मानिसले उपचारका लागि आयुर्वेद पद्दति अपनाउन थालेका छन् । एलोपेथिक उपचारमा खर्च बढी लाग्ने भएकाले सामान्य मानिसले खर्च व्यहोर्न नसक्ने भएपछि आयुर्वेदतिर आकर्षण बढ्न थालेको चिकित्सकको भनाइ छ ।
जिल्ला आयुर्वेद अस्पताल मोरङमा गत वर्ष सात हजार ३६ जनाले सेवा लिएको थिए । जसमा नयाँ बिरामीको सङ्ख्या दुई हजार ९६६ छ । क्षयरोग, छारसूत्र, पञ्चकर्म, फिस्टुला र पाइल्स, हर्निया, सुत्केरी महिला, ज्येष्ठ नागरिकलाई विशेष सेवा प्रदान गर्दै आएको सो अस्पतालमा पछिल्लो चरणमा होमियोपेथिक उपचार पनि शुरु गरिएको आयुर्वेद चिकित्सक अनिलकुमार यादवले जानकारी दिए ।
केही समयपछि फिजोयोथेरापी, ल्याब सेवासमेत सञ्चालनमा आउने सो अस्पतालमा बिरामीको चाप बढ्न थालेको अनुभव भइरहेको उनले बताए ।
अहिले विराटनगर महानगरपालिकाले पनि एक जना वैद्यको सुविधा प्रदान गरेको छ । यसबाट अस्पताललाई सेवा प्रदान गर्न सजिलो भएको चिकित्सक यादवको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रेस चौतरी नेपालको महाधिवेशन फागुन २३ गतेदेखि २५ सम्म
पुष १७, २०८१ बुधबार
झापामा हात्तीको आक्रमणबाट महिलाको मृत्यु
पुष १७, २०८१ बुधबार
भारतको सन् २०२४, सन् १९०१ यताकै सबैभन्दा तातो वर्ष
पुष १७, २०८१ बुधबार
चितवनका ३१ हजार बढी किशोरीलाई एचपिभी खोप दिइने
पुष १७, २०८१ बुधबार
अमेरिका पठाइदिने भन्दै ६६ लाख बढी ठगी गर्ने ४ जना पक्राउ
पुष १७, २०८१ बुधबार
राजश्व बाँडफाँडमा मनोमानी, प्रदेशलाई कर बुझाउन स्थानीय सरकारको आनाकानी
पुष १७, २०८१ बुधबार
प्रेस चौतरी नेपालको महाधिवेशन फागुन २३ गतेदेखि २५ सम्म
पुष १७, २०८१ बुधबार