घरमा सुत्केरी हुनेको दर शून्य बनाइँदै
नेपालबहस संवाददाता
भदौ १८, २०७६ बुधबार १७:२१:२३
१८ भदौ, राँझा । बाँकेको डुडुवा गाउँपालिकामा घरमा बच्चा जन्माउने महिलाको दर शून्य बनाइने भएको छ । घरमै बच्चा जन्माउँदा आमा र बच्चाको जोखिम हुने भएकाले सबै महिलालाई स्वास्थ्य संस्थामा सुत्केरी हुने व्यवस्था मिलाई २०७८ सालसम्ममा घरमा बच्चा जन्माउने दर शून्यमा झार्ने लक्ष्य राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद धितालले जानकारी दिए।
उनका अनुसार, लक्ष्य प्राप्तिका लागि अहिले सचेतनामूलक अभियान तथा प्रसूति सेवालाई प्रभावकारी व्यवस्थापन गरी स्वास्थ्य संस्थामै शतप्रतिशत सुत्केरी गराउन अभियान सञ्चालन गरिएको छ । गाउँपालिकामा अहिले ९० प्रतिशत संस्थागत सुत्केरी भएको पाइएको छ भने बाँकी १० प्रतिशतलाई शून्यमा झारेर शतप्रतिशत बनाइने प्रमुख प्रशासकीय अधिकृत धितालले बताए ।
गत वर्षको समीक्षामा खोप, परिवार नियोजन र निःशुल्क प्रयोगशालामा राम्रो प्रगति भएको बताउँदै उनले चालू आर्थिक वर्षमा परिवार नियोजन, खोप, आमा सुरक्षा कार्यक्रम र औलो रोग नियन्त्रणका लागि विशेष कार्यक्रम तय गरी पहिलो प्राथमिकता दिइने जानकारी दिए।
गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले गाउँपालिकामा रहेको स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै गाउँपालिकाले शुरुकै वर्षदेखि स्वास्थ्य सेवा अभियान सञ्चालन गरेपछि स्वास्थ्य क्षेत्रमा सुधार आएको दाबी गगरे । उनले अहिले निःशुल्क स्वास्थ्य प्रयोगशालामा बिरामीको चाप निकै बढेको र तत्काल रोगको पहिचान भई उपचार सेवा लिन सहज भएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपत्रिभुवन विश्वविद्यालयबाट १४ हजार बढी दीक्षित
पुष १३, २०८१ शनिबार
त्रिविको ५० औं दीक्षान्त समारोहको सम्पूर्ण तयारी पूरा
पुष १२, २०८१ शुक्रबार
एसइईको परीक्षा आवेदन फाराम खुला
पुष १२, २०८१ शुक्रबार
लुम्बिनी प्रदेश निजामती सेवा ऐन पुनः पारित
पुष १७, २०८१ बुधबार
भारतको सन् २०२४, सन् १९०१ यताकै सबैभन्दा तातो वर्ष
पुष १७, २०८१ बुधबार
चितवनका ३१ हजार बढी किशोरीलाई एचपिभी खोप दिइने
पुष १७, २०८१ बुधबार
अमेरिका पठाइदिने भन्दै ६६ लाख बढी ठगी गर्ने ४ जना पक्राउ
पुष १७, २०८१ बुधबार
राजश्व बाँडफाँडमा मनोमानी, प्रदेशलाई कर बुझाउन स्थानीय सरकारको आनाकानी
पुष १७, २०८१ बुधबार