ठूलै षडयन्त्रका लागि बामदेव पनि सिंगापुर उड्दै,शनिबार मात्र फर्किने तयारी
नेपालबहस संवाददाता
भदौ १८, २०७६ बुधबार १८:७:११
१८ भदौ, काठमाडौं । आन्तरिक रुपमा चरम विवादमा फसेको नेकपा भित्रको आगामी कार्यदिशा तयार गर्न प्रधानमन्त्री खड्गप्रसाद ओलीले आफू निकटस्थहरुलाई धमाधम सिंगापुर बोलाउन थालेका छन् । मृगौला रोगबाट पीडित ओली हाल सिंगापुरमा उपचार गराईरहेका छन् ।
सिंगापुर उड्नु अघि सरकारी निवास बालुवाटारमा बसेको नेकपा सचिवालय वैठकमा अर्का नेता माधवकुमार नेपालसँग चर्काचर्की परेको थियो । यो घटनाबाट चिढिएका ओली उपचार पूरा गरी शनिबार स्वदेश फर्कने तयारीमा छन् । तर काठमाडौं आउनु अघि नै उनले आफू निकट नेतालाई सिंगापुर बोलाएर भावी रणनीति तयार गर्न लागेको स्रोतको दावी छ ।
ओलीको बोलावट आएपछि नेता बामदेव गौतम आज दिउँसो सिल्क एयरको उडानबाट सिंगापुर जाँदै छन् । यसअघि हिजो मात्रै पार्टी महासचिव विष्णु पौडेल सिंगापुर पुगिसकेका छन् । बामदेव र पौडेल हिजै सिंगापुर जाने तयारीमा रहेपनि पुष्पकमल दाहालको अनुरोधमा बामदेव भने रोकिएका थिए । तर आज बिहान ओली आफैंले बामदेवलाई फोन गरी सिंगापुर डाकेकाले जान लागेको स्रोत बताउँछ ।
बामदेवलाई समेत सिंगापुर बोलाएकाले ठूलै तयारी गर्न लागेको हुनसक्ने अनुमान गरिएको छ । ओलीको पछिल्लो रणनीतिलाई नेपाल पक्षले भने सशंकित रुपमा हेरेको छ । नेपाल निकट एकजना नेताले भनेका छन् –ओलीका हनुमानहरु स्वास्थलाभ गर्न मात्र सिंगापुर गएको जस्तो लाग्दैन । ठूलै षडयन्त्रका लागि ओलीले आफ्ना विश्वास पात्रलाई बोलाएको हुनसक्ने आशंका उनले व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीको स्वभाव गोमन सर्पको जस्तो छ , बढो इखालु छन् उनले भने – माधव कम्रेडलाई तह लगाउने रणनीति तयार गर्न सिंगापुरमा बामदेवलाई बोलाएको जस्तो लाग्छ । तर यसले केही फरक पर्नेवाला छैन । आज विहानै ओलीको फोन आएपछि बामदेवले प्रचण्डलाई जानकारी गराएका थिए । यसबारे ओलीले प्रचण्डलाई भने कुनै जानकारी दिएका छैनन् ।
यसले गर्दा प्रचण्ड समेत ओलीको कार्यशैलीप्रति गम्भिर बनेका छन् । शनिबार काठमाडौं आउने तयारी गरेका ओलीले आफू अनुकुल वातावरण बनाउन जस्तो सुकै जोखिम उठाउन सक्ने बताइन्छ । सिंगापुरको नेशनल युनिभर्सिटी हस्पिटलमा उपचार गराइरहेका ओलीको बुधबार अन्तिम अर्थात् सातौँ प्लाज्मा फेरिसिस गरिँदैछ। पहिलेको कार्यतालिका अनुसार प्रधानमन्त्री ओली शुक्रबार नेपाल फर्किने भनिए पनि पछिल्लाे कार्यतालिका शनिबारकाे भएकाे हाे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभीम रावलले ओलीलाई दिए ३२ पेजको गाली, एक पेजमा राखे पार्टी खोल्ने योजनाः पूर्णपाठ
पुष १७, २०८१ बुधबार
लुम्बिनी प्रदेश निजामती सेवा ऐन पुनः पारित
पुष १७, २०८१ बुधबार
भारतको सन् २०२४, सन् १९०१ यताकै सबैभन्दा तातो वर्ष
पुष १७, २०८१ बुधबार
चितवनका ३१ हजार बढी किशोरीलाई एचपिभी खोप दिइने
पुष १७, २०८१ बुधबार
अमेरिका पठाइदिने भन्दै ६६ लाख बढी ठगी गर्ने ४ जना पक्राउ
पुष १७, २०८१ बुधबार
राजश्व बाँडफाँडमा मनोमानी, प्रदेशलाई कर बुझाउन स्थानीय सरकारको आनाकानी
पुष १७, २०८१ बुधबार