ढिलो नगरौं , जागौं अब जागौं
नेपालबहस संवाददाता
भदौ १८, २०७६ बुधबार १९:५:१०
नेपाली कांग्रेसमा अलिकति पनि देश प्रेम र राष्ट्रप्रति उत्तरदायी भूमिका बाँकी छ भने महामानव बिश्वेश्वरप्रसाद कोईरालाले प्रतिपादन गरेको संबैधानिक राजतन्त्र र बहुदलिय प्रजातन्त्रका पक्षमा आजैदेखि देशब्यापी अभियान चलाओस् । मास्तिरबाट ल्याएको ब्यवस्था र मास्तिरबाट आएका मान्छेहरुबाट सधै सचेत होओस् ।
राजा रहेमात्र देश रहन्छ भन्न किन हिचकिचाएको कांग्रेस । देशै नरहे पनि यि बिदेशी सिद्धान्तबाला र बिदेशी झण्डावालाहरुलाई केहि फरक पर्दैन । मुलुकको अस्मिता बेचेर आफ्नाे लाज छोप्नेहरुबाट मुलुकलाई जोगाउनु छ । यो देश हाम्रा सन्तान दरसन्तानलाई अझ राम्रो बनाएर छोडेर जानुछ । गणतन्त्रले मुलुकलाई केहि दिन सक्दैन भन्ने कुरा अब स्पष्ट भैसकेपछि किन यस्तो थारो गाई पालेर राख्नु ? जनता जे मा खुशी हुन्छन् नेताले त्यहि अनुरुपको कार्य गर्दै जानु पर्दछ ।
दुई तिहाई बहुमतको सरकार बनेपछि देशले कोल्टे फेर्छ भनेर आमनागरिकमा जुन सोच थियो त्यो सबै दिनानुदिन उदाङ्गो हुदै गईरहेको छ । देशलाई कङ्गाल बनाएर नेता धनी बनाउन ल्याएको हैन गणतन्त्र । बिदेशीको इशारामा चल्ने नेता हैन देशको नागरिकको चाहनामा चल्ने राजासहितको प्रजातन्त्र खोजिरहेको छ मुलुकले । बिस्तारै बिस्तारै राजसंस्था फालिनुका कारणहरु र यसमा संलग्न ब्यक्तिहरुको अनुहार उजागर हुदै जानेछ ।
अब मुलुकमा यस्तो सरकार बन्नुपर्छ जसले गरिब, दिनहिन, अशक्त र बृद्धबृद्धाका लागि भगवान सावित होस् । अपराधी, कालोबजारी, भ्रष्टाचारी, हत्यारा, बलात्कारीको मुटुमा ढ्याङ्ग्रो बजोस् । कसैले पनि भ्रष्टाचार गर्ने, ढिलासुस्ती गर्ने आँट नगरोस । निशुल्क शिक्षाको अभियानले सार्थकता पाओस् । आम नागरिकले सर्वसुलभ र निशुल्क स्वास्थ्य उपचार पाउन । सुरक्षा निकायले कुनै पार्टीको आवरणमा हैन आम नागरिक हाम्रा अभिभावक हुन, हाम्रा दाजुभाई हुन, हाम्रै छोराछोरी हुन भन्ने सोचेर शान्ति सुरक्षाको प्रबन्ध गरुन । यस्तो राम्रो देशलाई आज लथालिंग र भताभुंग बनाउने को को हुन सबैलाई कार्यबाहीको दायरामा ल्याँउन ।
हुनेखानेले हुँदाखानेलाई सहयोग गरौं । गरिबलाई माथि उठाउने बिभिन्न कार्यक्रमहरु सञ्चालन गरौं । सयौं नेता हैन असल तथा थोरै नेताबाट मुलुक सञ्चालन गरौं । नागरिकको बोल्न पाउने, लेख्न पाउने अधिकारलाई सुनिश्चित गरौं । राजालाई अभिभावका रुपमा सम्मान दिंदै बिषयगत रुपमा जानकार युवाहरु र नागरिक अगुवाहरुबाट यो देशलाई जतिसक्दो चाँडो माथि उठाउने अभियानमा लागौं ।
अब लाज नमानौ, बोल्न धक नमानौं, नराम्रा कुराहरुलाई उजागर गर्न अप्ठ्यारो नमानौ, पार्टीको अन्धभक्त समर्थक भएर खराब कुराहरुलाई लुकाउने र जनतालाई झुक्याउने कामबाट बाहिर निस्कौं । यसले तपाई हामीलाई केहि फरक पर्दैन । सहि कुरा बोल्ने मुखलाई कसैले थुन्छ भने, सहि काम गर्ने ब्यक्तिको हात कसैले रोक्छ भने, सहि आवाज लेख्ने कलम कसैले खोस्छ भने पनि नडराऔं, आम नागरिकले यसलाई नजिकबाट नियालिरहेका हुन्छन् ।
नागरिक अगुवाहरुले यसलाई आफ्ना सहि तर्क र बिचारहरुबाट प्रतिबाद गरिरहेका हुन्छन् । नागरिक आन्दोलनले यस्ता क्रियाकलाप गर्नेहरुलाई आफै दण्डित गर्नेछन् । सहि बोलौं, सहि गरौं, सहि बाटो हिडौं यो देशलाई भष्म हुनबाट जागाऔं । ढिलो नगरौं । जागौं अब जागौं । (लेखक भट्टराई सामाजिक अभियन्ता, अधिकारकर्मी र सफल प्रशासक हुन् । यो लेख उनको फेसबुक बालबाट साभार गरिएको हो । स.)
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदीपक राज गिरीको चेतावनी:- मलाई महानायक भने फेसबुकमा ब्लक गर्छु
कात्तिक ३०, २०८१ शुक्रबार
एक्समा सर्वाधिक फलो गरिने विश्वको पहिलो नेता बने नरेन्द्र मोदी
साउन ५, २०८१ शनिबार
प्रेम साधक होइन, बाधक हो !! ह्याप्पी भ्यालेन्टाइन !!
फागुन २, २०८० बुधबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार