अमेरिकाले साइबर आक्रमण गरेको हुवावेको आरोप
नेपालबहस संवाददाता
भदौ १८, २०७६ बुधबार २०:३२:२३
१८ भदौ, एजेन्सी । विशाल चिनियाँ प्रविधि कम्पनी हुवावेले अमेरिका सरकारले आफ्नो व्यापार बिगार्न सबै उपाय अपनाएको आरोप लगाएको छ।
अमेरिकाले आफ्नो सञ्जालमा हस्तक्षेप गर्न साइबर आक्रमण गरेको र आफ्ना कर्मचारीलाई धम्काएको आरोप मङ्गलवार हुवावेले एउटा विज्ञप्तिमा लगाएको छ। अमेरिका र चीनको द्वन्द्वमा चेपुवमा परेको सो कम्पनीलाई अमेरिकाले गत वर्ष कालोसूचीमा राखेको थियो। उसले आफ्ना आरोप पुष्टि गर्ने कुनै प्रमाण भने दिएको छैन।
अमेरिकाले आफ्ना कर्मचारीलाई अवैधानिक रूपमा हिरासतमा राखेको, आन्तरिक सूचना प्रणालीभित्र छिर्न साइबर आक्रमण गरेको र एफबीआईका गुप्तचर कर्मचारीका घरमा पठाएर कम्पनीबारे सूचना सङ्कलन गरेको आरोप विज्ञप्तिमा छ।
‘हुवावेलाई हतोत्साही बनाउन र उद्योग क्षेत्रमा ह्वावेईको नेतृत्व नियन्त्रण गर्न अमेरिका सरकारको हानिकारक प्रयासको हामी निन्दा गर्छौँ,’ ह्वावेईले भनेको छ।
हुवावेले स्मार्टफोन क्यामराको पेटन्ट चोरी गरेको आरोपमा अमेरिका सरकारले अनुसन्धान गरेको भन्दै वाल स्ट्रीट जर्नलमा एउटा विवरण प्रकाशित भएपछि हुवावेले सो विज्ञप्ति निकालेको हो। अमेरिका र चीनको शक्ति सङ्घर्षमा हुवावे पर्ने गरेको छ।
हुवावे अमेरिकाको राष्ट्रिय चुनौतीका लागि चुनौती भएको भन्दै अमेरिकाले सो कम्पनीलाई गत मे महिनामा प्रतिबन्ध लगाएको थियो। हुवावेले चीनका लागि जासुसी गर्ने अमेरिकाको दाबी छ। तर सो कम्पनीले भने त्यो आरोपको खण्डन गर्दै आएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘सिङ्गापुरको आर्थिक वृद्वि अपेक्षाभन्दा बढी’
पुष १७, २०८१ बुधबार
गाजाबाट ५५ जना बिरामीलाई युएई पुर्याइयो
पुष १७, २०८१ बुधबार
जर्मनी : नयाँ वर्षमा आतशबाजी पड्काउँदा पाँच जनाको मृत्यु
पुष १७, २०८१ बुधबार
अमेरिका पठाइदिने भन्दै ६६ लाख बढी ठगी गर्ने ४ जना पक्राउ
पुष १७, २०८१ बुधबार
राजश्व बाँडफाँडमा मनोमानी, प्रदेशलाई कर बुझाउन स्थानीय सरकारको आनाकानी
पुष १७, २०८१ बुधबार
प्रेस चौतरी नेपालको महाधिवेशन फागुन २३ गतेदेखि २५ सम्म
पुष १७, २०८१ बुधबार
पनौती नगरपाकिाले बाढीप्रभावित क्षेत्रमा सम्पत्ति कर छुट दिने
पुष १७, २०८१ बुधबार
झापामा हात्तीको आक्रमणबाट महिलाको मृत्यु
पुष १७, २०८१ बुधबार