संसद्को मतदानमा ब्रेक्जिट नीति पराजित, प्रधानमन्त्री जोनसन अप्ठेरोमा !
नेपालबहस संवाददाता
भदौ १८, २०७६ बुधबार २०:४९:२६
१८ भदौ, एजेन्सी । ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनको ब्रेक्जिट नीति संसदभित्रको मतदानमा पराजित भएपछि उनी अप्ठेरोमा परेका छन्।
बिनासहमति युरोपेली सङ्घ ईयूबाट ब्रिटेन बाहिरिने जोनसनको योजनालाई विपक्षी तथा बागी कन्जर्भेटिभ सांसदहरूले ठूलो चुनौती दिएका छन् । हाउस अफ कमन्समा भएको मतदानमा जोनसनको पक्षमा ३०१ सांसद र विपक्षमा ३२८ सांसद उभिएका थिए।
मतदानको परिणामबाट सांसदहरूले ब्रेक्जिट विलम्ब गर्न अनुरोध गर्न पाउने भएका छन्। त्यसका लागि संसद्मा बुधवार छलफल हुने तय भएको छ।
यदि ब्रेक्जिटको समयसीमा अक्टोबर मसान्तबाट बढाउन आफूलाई बाध्य पारिए समयअगाडि नै संसदीय निर्वाचन घोषणा गर्ने चेतावनी जोनसनले दिएका छन्।
समाचार उल्लेख भए अनुसार सांसदहरूले ब्रेक्जिट विलम्ब गर्ने प्रस्तावसहितको विधेयकमा अब मतदान गर्नेछन्। त्यसपछि निर्वाचन गर्ने विषयमा मतदान हुनेछ।
मङ्गलवार राति संसद्मा बोल्दै जोनसनले सांसदहरूले ल्याएको विधेयकले ब्रेक्जिटसम्बन्धी वार्ता प्रभावित पार्ने बताएका थिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘सिङ्गापुरको आर्थिक वृद्वि अपेक्षाभन्दा बढी’
पुष १७, २०८१ बुधबार
गाजाबाट ५५ जना बिरामीलाई युएई पुर्याइयो
पुष १७, २०८१ बुधबार
जर्मनी : नयाँ वर्षमा आतशबाजी पड्काउँदा पाँच जनाको मृत्यु
पुष १७, २०८१ बुधबार
चितवनका ३१ हजार बढी किशोरीलाई एचपिभी खोप दिइने
पुष १७, २०८१ बुधबार
अमेरिका पठाइदिने भन्दै ६६ लाख बढी ठगी गर्ने ४ जना पक्राउ
पुष १७, २०८१ बुधबार
राजश्व बाँडफाँडमा मनोमानी, प्रदेशलाई कर बुझाउन स्थानीय सरकारको आनाकानी
पुष १७, २०८१ बुधबार
प्रेस चौतरी नेपालको महाधिवेशन फागुन २३ गतेदेखि २५ सम्म
पुष १७, २०८१ बुधबार
पनौती नगरपाकिाले बाढीप्रभावित क्षेत्रमा सम्पत्ति कर छुट दिने
पुष १७, २०८१ बुधबार