जनभोज अभियानलाई मुक्तिनाथ विकास बैंकको ५० हजार सहयोग
नेपालबहस संवाददाता
भदौ १८, २०७६ बुधबार २१:२६:५९
१८ भदौ, काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत प्रेमसागर फाउण्डेसन नेपाललाई सहयोग गरेको छ । धादिङ्गको थाक्रे गाउँपालिका–५, दामेचौरमा आयोजना गरेको जनभोज अभियानलाई आर्थिक सहयोग गरेको बैंकले जानकारी दिएको छ । यस फाउण्डेसनले हरेक दिन करिब ५०० स्कुले बालबालिका तथा वृद्धवृद्धाहरुलाई निःशुल्क भोजन खुवाउदै आएको र करिब १५०० स्कुले बालबालिकालाई ताजा खाजा स्कुलमा पु¥याउदै आएको छ ।
बैंकले जनभोजको लागि एक दिनको लागत खर्च रकम ५० हजार रुपैयाँ सहयोग गरेको छ । उक्त सहयोग रकम मुक्तिनाथ विकास बैंकको धार्के शाखाका प्रमुख राजीव आचार्यले प्रेमसागर फाउण्डेसन नेपालका व्यवस्थापक भोला राउतलाई हस्तान्तरण गरेका हुन् ।
मुक्तिनाथ विकास बैंकले देशैभरी १२० वटा शाखा, २२ वटा ए.टि.एम. र करिब सात लाख ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, मोबाइल बैंकिङ्ग सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका एटीएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ । बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता तथा, आकर्षक सुविधा र व्याजदरमा आवास तथा सेयर कर्जा पनि सञ्चालनमा ल्याएको छ ।
हालै मात्र मुक्तिनाथ विकास बैंकको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भाद्र ०१, २०७६ देखि कार्तिक ३० गतेसम्म लागूहुने गरी रेमिट्यान्स (विप्रेशण) केन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसंग खुसीको वहार’ अभियान सञ्चालन गरेको बैंकका प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङ्गले नेपालबहसलाई जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यावसायिक बनाइनुपर्छः गभर्नर अधिकारी
कात्तिक ३०, २०८१ शुक्रबार
कस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
भदौ २३, २०८१ आइतबार
राष्ट्र बैंकले दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट दिने
भदौ १९, २०८१ बुधबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
पुष १८, २०८१ बिहिबार
धरान उपमहानगरपालिकाले ‘धरान उत्सव’ गर्ने
पुष १८, २०८१ बिहिबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच २ घण्टा भेटवार्ता
पुष १८, २०८१ बिहिबार
ढुम्रु गीत गाउँदै
पुष १८, २०८१ बिहिबार