नयाँ बसपार्क साँच्चै नयाँ र सुन्दर बन्दैछ
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
भदौ १८, २०७६ बुधबार २१:५५:२१
![](https://nepalbahas.prixacdn.net/media/albums/New-bus-park_8xtYER8a6C.jpg)
अच्युत रेग्मी
१८ भदौ, काठमाडौं । ‘नयाँ बसपार्क’ भन्ने बित्तिकै धेरैले अस्तव्यस्त, फोहर र टहरैटहराले भरिएको प्रदूषित स्थल भन्ने ठान्छन् तर, अहिले यसको स्वरुप फेरिएको छ । मुलुकको एकमात्र राष्ट्रिय बसपार्कको रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्क पछिल्लो समय व्यवस्थित बन्दै गएको छ । विगतमा सरसफाइमा ध्यानै नपुगेको बसपार्क आजभोलि सफा र सुन्दर देखिन थालेको छ ।
काठमाडौं महानगरपालिका–२६ मा १६१ रोपनी क्षेत्रफलमा सञ्चालन भइआएको नयाँ बसपार्क पछिल्लो समय व्यवस्थित बन्दै गएको हो । यसको पश्चिमतर्फ विष्णुमती करिडोर निर्माण भएको छ । विष्णुमती करिडोर निर्माणका लागि बसपार्कले झण्डै १० रोपनी जग्गा उपलब्ध गराएको छ ।
विस २०५६ सालमा काठमाडौं महानगरपालिकाका प्रमुख केशव स्थापित र ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष गेहेन्द्रबहादुर कार्कीबीच ‘सार्वजनिक–निजी साझेदारी’अन्तर्गत सम्झौता गरेर नयाँ बसपार्क सञ्चालनमा ल्याइएको थियो । उक्त बसपार्कभित्र बाहिरी जिल्लाबाट आएका बस र उपत्यकाभित्र सञ्चालनमा रहेका बसलाई पार्किङका लागि छुट्टाछुटै बसपार्क स्थल निर्माण गरिएको छ ।
ल्होत्से बहुउद्देश्यीय प्रालिबाट सञ्चालनमा रहेको बसपार्कभित्र हाल पेट्रोल पम्प, टिकट काउन्टर, ग्यारेज, खाजा घर, कान्तिपुर मल, नवनिर्मित ल्होत्से मल, ट्राफिक प्रहरी वृत्त र महानगरीय प्रहरी प्रभाग गोँगबु रहेका छन् । सुविधासम्पन्न सपिङ मलको रुपमा निर्माण सम्पन्न हुन लागेको ल्होत्से मल सात तलाको हो ।
प्रालिका अध्यक्ष दीपक कुँवर पछिल्लो समय नयाँ बसपार्कलाई व्यवस्थित रुपमा सञ्चालन गर्दै लगिएको बताउँछन् । “बसपार्कभित्र अवैध रुपमा सञ्चालनमा रहेका घरटहरालाई हटाएर व्यवस्थित रुपमा सञ्चालन गर्न खोजेका छौँ,” उनले भने ।
ठूलो क्षेत्रफलमा फैलिएको नयाँ बसपार्क सफाइका लागि झण्डै ३५ मजदूर दैनिक रुपमा खटिन्छन् । ल्होत्से बहुउदेश्यीय प्रालिले चालक, सहचालक र यात्रुको स्वास्थ्यलाई ध्यानमा राखेर ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालसँगको सहकार्यमा स्वास्थ्य उपचार तथा परामर्श केन्द्र पनि स्थापना गरेको छ । उक्त केन्द्रले निःशुल्क परामर्श तथा प्राथमिक उपचार गर्ने गर्छ । बसपार्कभित्र निर्माण गरिएका बगैँचाले यात्रुहरुलाई शीतलता दिन थालेको छ ।
यस्तै, नयाँ बसपार्कभित्र अपाङ्गमैत्री शौचालय समेत निर्माण भएको छ । ल्होत्से प्रालिको रु २५ लाखको लगानीमा निर्माण भएको उक्त शौचालयभित्र ह्वीलचियर समेत लैजान मिल्छ । वि.सं २१०२ सम्म सञ्चालन गर्न पाउने गरी सम्झौता भएको बसपार्कमा एक हजारको हारहारीमा सवारी साधन पार्किङ गर्न मिल्छ । बसपार्कमा चाँडै नै ई–टिकेटिङको व्यवस्था गर्न लागिएको छ ।
ल्होत्सेले हाल काठमाडौं महानगरपालिकालाई रु एक करोडभन्दा बढी वार्षिक रुपमा राजश्व तिर्दै आएको छ । ल्होत्सेले विसं २०५६ मा काठमाडौं महानगरपालिकासँग सम्झौता गरेर बसपार्क सञ्चालनको जिम्मा लिँदा प्रतिवर्ष रु ५२ लाख राजश्व तिरेको थियो । उक्त राजश्व वार्षिक रुपमा वृद्धि हुँदै विस २१०२ सम्म पुग्दा झण्डै रु चार करोड ६४ लाख पुग्नेछ ।
ल्होत्सेले सम्झौताअनुसार बसपार्कभित्र निर्माण गरिएका संरचना सम्झौता सकिएपछि महानगरलाई हस्तान्तरण गर्नुपर्नेछ । नयाँ बसपार्कबाट अहिले पूर्वको ताप्लेजुङदेखि पश्चिमको जुम्लासम्म ५० भन्दा बढी जिल्लामा सवारीसाधन आवतजावत गर्ने गरेको प्रालिका महाप्रबन्धक सुनिल कुवँर बताउँछन् । पछिल्लो समय ल्होत्से बहुउद्देश्यीय प्रालिले यातायात प्रालिसँगको सहकार्यमा बसपार्कमा टिकट काउन्टरमा बस्ने कर्मचारीलाई अनिवार्य पोशाक र परिचयपत्रको समेत व्यवस्था मिलाएको छ ।
नेपाल यातायात व्यवसायी महासङ्घका महासचिव सरोज सिटौला भने नयाँ बसपार्क पछिल्लो समय बस पार्किङका लागि साँघुरो हुँदै गएको बताउँछन् । “काठमाडौँ उपत्यका भित्रिने तथा बाहिरिने सबै सवारी साधन नयाँ बसपार्कमा ल्याउने हो भने साँघुरो हुन्छ, सरकारले नयाँ बसपार्कको खोजी गर्नुपर्छ,” उनि भन्छन् । हाल नयाँ बसपार्कबाहेक गोँगबु, पुरानो बसपार्क, गौशाला, कलङ्की, कोटेश्वर र सोह्रखुट्टेबाट सवारी साधन विभिन्न जिल्लामा छुट्ने गरेका छन् ।
पछिल्लो समय आर्थिक गतिविधिको एक मुख्य थलोको रुपमा नयाँ बसपार्क सञ्चालन हुँदै आएको छ । नयाँ बसपार्कको निर्माणसँगै हाल गोँगबु क्षेत्रमा झण्डै एक हजारको हाराहारीमा होटल तथा १०० को हाराहारीमा डान्सबार तथा दोहोरी रेष्टुराँ सञ्चालनमा रहेका छन् ।
काठमाडौं महानगरपालिका वडा नं २६ का अध्यक्ष ख्यामराज तिवारी नयाँ बसपार्क र यस क्षेत्रबाट काठमाडौं महानगरपालिकालाई धेरै राजश्व सङ्कलन हुने गरेको बताउँछन् । नयाँ बसपार्क र ठमेलको केही भाग पर्ने काठमाडौं महानगरपालिका–२६ बाट आर्थिक वर्ष २०७५/०७६ मा रु १६ करोड राजश्व सङ्कलन भएको उनी बताउँछन् ।
नयाँ बसपार्क क्षेत्रमा टोखा नगरपालिकाको वडा नं ९ पर्दछ । टोखा नगरपालिका–९ का अध्यक्ष जोगप्रसाद नेपालका अनुसार यस बसपार्कबाट आ.व २०७५/७६ मा दुई करोड २२ लाख राजश्व उठेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकार्यान्वयन प्रक्रियामा नगएका आयोजना स्थगित गरिने
माघ २४, २०८१ बिहिबार
वीरगञ्ज नाका हुँदै भटमास र सूर्यमुखी तेलको निर्यात बढ्यो
माघ २३, २०८१ बुधबार
निर्यात ३१ प्रतिशतले बढ्दा पनि व्यापार घाटा उच्च
माघ ८, २०८१ मंगलबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
आलिया भट्टले तोडिन् अमेरिकन गायिका जेनिफर लोपेजको रेकर्ड
फागुन ४, २०८१ आइतबार
इजरायली हवाई आक्रमणमा गाजामा तीन प्रहरी अधिकारीको मृत्यु
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी, निभाउने प्रयास जारी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार