रेडियो नेपालका पत्रकारमाथि सरकारले चालेको कदमविरुद्ध प्रेस युनियनले दियो ज्ञापन पत्र
नेपालबहस संवाददाता
भदौ १८, २०७६ बुधबार २२:३०:२४
मिना कंडेल
१८ भदौ, नवलपुर । पत्रकारहरुलाई सरकारविरुद्ध एकजुट हुन सरकारले नै बाध्य बनाएको पत्रकारहरुले बताएका छन । रेडियो नेपालको प्रादेशिक प्रसार केन्द्र दिपायलमा कार्यरत पत्रकारहरुलाई राजनैतिक पुर्वाग्रह सांधदै कामबाट निकालेको घटना प्रती खेद प्रकट गर्दै नेपाल प्रेस युनियनले बुधबार देशभरका जिल्ला प्रशासन कार्यालयहरुमा ज्ञापन पत्र बुझाउदै सो कुरा बताएका हुन । पूर्वाग्रहर राजनीतिक आस्थाका आधारमा छानि–छानि पत्रकारलाई कामबाट निकाला गर्न थालेपछि प्रेस युनियनले अधिकार रक्षाका लागि ज्ञापन पत्र बुझाएको हो ।
केहि दिन अघि सुदुरपश्चिम दिपायल रेडियो नेपालका पत्रकार प्रकाश बम, सुनिता रावल र चक्रबहादुर कुवरलाई राजनीतिक पुर्वाग्रह साँधेर रेडियो प्रसार विकास समितिले कामबाट हटाएकोमा आपत्ति जनाउदै प्रधानमन्त्री कार्यलयमा प्रेस विज्ञप्ती बुझाउदै सरकारले विभिन्न वाहानामा आस्थाका आधारमा पत्रकारहरुलाई अन्याय गरेका बताएका थिए ।
दिपायलका पत्रकारहरुलाई पुन काममा फकर्ने वातावरणसहित पुर्ण प्रेस स्वतन्त्रताको माग गर्दे प्रेस युनियन जिल्ला शाखा नवलपुरले जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो । प्रेस युनियनका जिल्ला शाखा अध्यक्ष विरेन्द्र पराजुलीको नेतृत्वमा गएका पत्रकारहरुले प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीलाई ज्ञापन पत्र बुझाएको हो । यस्तै युनियनले सरोकारवालाहरुसँगको प्रयाप्त छलफल विना असोज छ गतेबाट लागु गर्न खोजिएको पत्रकार आचारसंहितालाई प्रयाप्त छलफल पछि मात्र लागू गर्न युनियनले माग गरेको छ ।
पत्रकारहरुको ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधकिारी कार्कीले पत्रकारहरुले राखेका मागलाई प्रधानमन्त्री कार्यलयमा पुर्याउने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधरान उपमहानगरपालिकाले ‘धरान उत्सव’ गर्ने
पुष १८, २०८१ बिहिबार
सन् २०२४ विश्वव्यापीरुपमा हवाई दुर्घटनाको दुःखद् वर्ष, नेपालमा भने केही सुधार
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
पुष १८, २०८१ बिहिबार
धरान उपमहानगरपालिकाले ‘धरान उत्सव’ गर्ने
पुष १८, २०८१ बिहिबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच २ घण्टा भेटवार्ता
पुष १८, २०८१ बिहिबार
ढुम्रु गीत गाउँदै
पुष १८, २०८१ बिहिबार