निजगढ विमानस्थल निर्माणमा सात मुलुकको यस्तो चासो !
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_U6mF8d7adH.jpeg
)
नेपालबहस संवाददाता
भदौ १८, २०७६ बुधबार २२:४७:१३
![](https://nepalbahas.prixacdn.net/media/albums/nijgad-airport_UUoPM2Vtaz.jpg)
१८ भदौ,काठमाडौं । आसपासका २४ लाख रुख ढालेर सात वर्षभित्रमा बनाइसक्ने योजना बोकेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा सात मुलुकका आठवटा निर्माण कम्पनीहरूले ठेक्का लिने कोशिश थालेका छन् । सतहमा त्यति चहलपहल नदेखिए पनि भित्रभित्रै धेरै ठूला चलखेलहरू भईरहेका छन् ।
योजनाअनुरुपको एयरपोर्ट तयार हुँदा करिब ४ खर्ब रुपैयाँ लगानी हुने भएकोले यसबाट आउने कमिशन नै अबौंको रकममा हुने भएकोले कमिशनखोरहरूको दौड चलिसकेको छ । त्यसैकारण गत फागुन १५ मा ताप्लेजुङ्को हेलिकप्टर दुर्घटनामा परी तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको निधन भएको ६ महिनासम्म रिक्त पदमा कसैलाई नियुक्त नगरेर सो मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओलीले आफैसँग राखेका थिए ।
करिब ८ हजार ४६ हेक्टर (एक हेक्टरमा करिब दुईटा फुटबल ग्राउण्ड जति एरिया हुन्छ) मा बन्ने हुनाले यसलाई क्षेत्रफलको हिसाबले दक्षिण एशियाकै सबभन्दा ठूलो भनिएको हो । निर्माण पूरा भएपछि यसमा ५३८ देखि ८६८ सम्म यात्रु क्षमताको एयर बस ए–३८० मोडेलको दुईतले विशाल जेट पनि ओर्लिन सक्छ भनी बताउँछन् यसमा संलग्न विज्ञहरू । नेपाल लगायत भारत, चीन, स्वीट्जरल्याण्ड, मलेशिया, कतार, फिनल्याण्डका कम्पनीहरूबाट प्रस्ताव आइसकेका छन् । चीनका दुईटा विमानस्थल निर्माण कम्पनीले प्रस्ताव प्रस्तुत गरेका छन् ।
कर्णाली आयोजना लिन सफल भएको भारतको जीएमआर कम्पनी र मलेशियाको कम्पनीले धेरै पहिलेदेखि नै यो आयोजनामा आँखा लगाइरहेका छन् । करिब साढेतीन वर्षअघि नै एयरपोर्ट अथोरिटी अफ इन्डियाको ४ सदस्यीय एउटा भारतीय टीमले निर्माणस्थलको निरिक्षण गर्नुका साथै नेताहरूसँग भेट गरेको थियो ।
भारत, मलेशिया र कतारका सरकारहरूले यो आयोजना सरकारी स्तरमा (जी टु जी) सहमतिका साथ सम्झौता गरेका आधारमा निर्माणको जिम्मेवारी सुम्पिन आग्रह पनि गरेका छन् । सम्भवतः यो र यस्तै आयोजनाबारे सिधै निर्णय गर्नको लागि ५० अर्ब रुपैयाँभन्दा माथिका आयोजना प्रधानमन्त्री मातहतको निकायले सोझै निर्णय गरी दिन सक्ने व्यवस्था ओली सरकारले गरेको हो ।
तीन चरणमा निर्माण हुने यो विमानस्थलको लागि पहिलो चरणमा २५ सय हेक्टर क्षेत्रभित्र रू. १ खर्ब ३३ अर्ब १० करोड खर्च हुने लक्ष्य छ भने दोस्रो र तेस्रो चरणमा रू एक खर्ब २३ अर्ब २० करोडका दरले खर्च हुने योजनामा उल्लेख छ । पहिलो चरणमा बन्ने धावनमार्ग ६० मिटर चौडा र साढेतीन किलोमिटरभन्दा बढी लम्बाई रहने छ भने वर्षेनी १५ लाख यात्रु थेग्न सक्छ । अन्तिम चरणको काम सम्पन्न हुँदा अर्को धावन मार्ग तयार हुनेछ र वर्षेनी ६० लाख यात्रुलाई सेवा दिन सक्षम हुनेछ ।
२ नम्बर प्रदेशमा पर्ने यो ‘राष्ट्रिय गौरवको आयोजना’ का लागि ढालिने रुख काट्न नदिने, जंगलको फडानी हुने गरी विमानस्थल नबनाई वैकल्पिक स्थल चयन गर्नुपर्ने भनी प्रदेश सरकारले संघीय सरकारलाई जानकारी दिइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकार्यान्वयन प्रक्रियामा नगएका आयोजना स्थगित गरिने
माघ २४, २०८१ बिहिबार
वीरगञ्ज नाका हुँदै भटमास र सूर्यमुखी तेलको निर्यात बढ्यो
माघ २३, २०८१ बुधबार
निर्यात ३१ प्रतिशतले बढ्दा पनि व्यापार घाटा उच्च
माघ ८, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक सम्पन्न
फागुन ६, २०८१ मंगलबार
साउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार
अमेरिकाले भुक्तानी रोकेपछि एमसीसी परियोजना स्थगित
फागुन ६, २०८१ मंगलबार