कांग्रेसमा भाग शान्ति र जय नेपाल प्रवृत्ति हावी
नेपालबहस संवाददाता
भदौ १८, २०७६ बुधबार २३:४८:२
१८ भदौ,काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको हिजो मात्रै सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले पार्टीको आन्तरिक विषयमा सहमतिका साथ अघि बढ्ने निर्णय गरेको छ । आन्तरिक विषयका मूल मुद्धा भनेका पार्टीको नियमावली ,नेपाल विद्यार्थी संघलगायत सबै भातृसंस्थाको तदर्थ समिति गठन, विभिन्न विभाग निर्माण तथा केन्द्रीय कार्य सम्पादन समिति गठनको विषय हो ।
चार वर्षअघि सम्पन्न १३ औं महाधिवेशन लगत्तै गर्नुपर्ने सबै काम सभापति शेरबहादुर देउवाले थाँती राख्दा पार्टी निर्जीव बनेको अवस्था छ । चार वर्ष हुन नसकेको काम अहिले आएर सहमतिमा गर्ने निर्णय हुनु आफैंमा हाँस्यास्पद रहेको छ । १४ औं महाधिवेशन हुने बेलासम्म आइपुग्दा सहमति गरेर विभाग र कार्यसम्पादन समिति गठन गर्ने कुरा लज्जाको विषय बनेको छ ।
वैठकले म्याद सकिएका भातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन र विधान निर्माणका लागि केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा समिति गठन गरेको छ । समितिमा नबीन्द्रराज जोशी, प्रदीप पौडेल, गुरु घिमिरे, श्याम घिमिरे र ईश्वरी न्यौपाने सदस्य रहेका छ ।
तर पार्टीका उपसभापति विमलेन्द्र निधि भने कांग्रेस उर्जाशील रुपमा बढिरहेको र सबै निर्णय सहमतिमा गरिने समझदारी भएको बताउँछन् । गएको असार २२ गते सुरु भएको कार्यसमिति बैठक हिजो साँझ टुंगिएको हो । बैठकले १६ महत्वपूर्ण मुद्धामा सहमति त जुटायो , तर विवाद भने ज्यूँका त्यूँ हुने अवस्था छ ।
वैठकले म्याद सकिएका भातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन र विधान निर्माणका लागि केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा समिति गठन गरेको छ । समितिमा नबीन्द्रराज जोशी, प्रदीप पौडेल, गुरु घिमिरे, श्याम घिमिरे र ईश्वरी न्यौपाने सदस्य रहेका छ ।
र याे पनि.…हिन्दूत्वको मुद्दा – कांग्रेसको सञ्जीवनी
पार्टीका कतिपय भातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन नभएको दशक बितिसकेको छ । तदर्थ समितिका रुपमा मात्रै राखिएका ती भातृ तथा शुभेच्छुक संस्था निस्कृय प्रायः छन् । साथै अधिवेशनका नाटक विगतमा पनि पटक पटक नभएका होइनन् । तर आफ्ना भरौटेलाई पदमा राख्नकै लागि नेतृत्वले तदर्थ समिति बनाउने क्रमलाई निरन्तरता दिइरहेको छ ।
त्यसैले अब पनि साउद नेतृत्वको समितिले कुनै चमत्कार गर्ने कुरामा विश्वासको आधार भने तयार भएको छैन । समितिलाई दुई साता भित्र विधान परिमार्जन, एकरुपता, नयाँ निवेदन परेका शुभेच्छुक संस्थाको विषयमा निर्णय लिन सुझाव दिने जिम्मेवारी तोकिएको छ । यस्ता भातृ संस्थाको संख्या १० छ । तिनलाई वैधानिकता दिने नाममा पार्टी केन्द्रीय कार्यसमितिले ६ / ६ महिनाको लागि म्याद थप्ने गरेको छ । तर यो ६ महिनामा कुनै पनि भातृ तथा शुभेच्छुक संस्थाले अधिवेशन गर्ने जमर्काे समेत गरेनन् ।
नेपाल प्रेस युनियनको महाधिवेशन नभएको पाँच वर्ष नाघिसक्यो । बद्री सिक्देलको नेतृत्वमा रहेको युनियनले प्रजातन्त्रप्रति आस्थावान पत्रकारको पक्षमा केही गरेको कतै सुनिएको वा अनुभूत गरिएको छैन । पार्टी सभापति देउवाको वरिपरी मात्रै घुम्ने प्रबृत्तिलाई युनियनले प्रश्रय दिइएको छ ।
धेरै जसो तदर्थ समिति अधिवेशन गराउनै चाहँदैनन् । नेपाल विद्यार्थी संघ मात्र होइन, नेपाल दलित संघको महाधिवेशन नभएको पनि सात वर्ष बितिसकेको छ । यसका केन्द्रीय अध्यक्ष मीन बिश्वकर्मा आफैं अधिवेशन गराउन चाहँदैनन् ।
यस्तै शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको महाधिवेशन नभएको पाँच वर्ष नाघिसक्यो । बद्री सिक्देलको नेतृत्वमा रहेको युनियनले प्रजातन्त्रप्रति आस्थावान पत्रकारको पक्षमा केही गरेको कतै सुनिएको वा अनुभूत गरिएको छैन । पार्टी सभापति देउवाको वरिपरी मात्रै घुम्ने प्रबृत्तिलाई युनियनले प्रश्रय दिइएको छ ।
र याे पनि.….कांग्रेसले अझैं २० महिना आफू–आफूलाई बाहुबली बनाउन खर्चिने
विधान अनुसार कांग्रेसको सबै भातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन प्रत्येक तीन वर्षमा गर्नुपर्ने छ । यसैगरी पार्टी केन्द्रीय कार्यसम्पाद समिति र विभिन्न विभाग गठन गर्न सहमति जुटाउने निर्णय गरिएको छ । खासगरी पार्टीको नियमावली , नेपाल विद्यार्थी संघको तदर्थ समिति गठन, विभिन्न विभाग निर्माण तथा केन्द्रीय कार्य सम्पादन समिति गठनका विषयमा निर्णय गरिएको छ । यसअघिको कार्यसम्पादन समिति विधान विपरित भएकाले विघटन गरिएको थियो ।
गएको चैत महिनामा सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समिति गठन गर्न प्रयास गरेपनि सफल हुन सकेका थिएनन् । त्यसबेला रामचन्द्र पौडेललाई ४० प्रतिशत भाग दिएर गठन गर्ने तयारी भएको हो । तर तेस्रो धारका रुपमा देखिएका कृष्णप्रसाद सिटौलालाई दुबै पक्षले समेट्न नमानेकाले विवाद सिर्जना भएको थियो ।
याे पनि हेर्ने कि….निकम्मा सरकार र निस्कृय कांग्रेस
यस्तै , पार्टीका विभिन्न विभाग अहिलेसम्म गठन नहुँदा देउवाको चर्काे आलोचना हुने गरेकोे छ । महाधिवेशन सम्पन्न भएको दुई महिना भित्र गठन गरिसक्नुपर्ने विभाग अर्काे महाधिवेशन आउने बेलासम्म गठन भएको छैन । देउवाले एकलौटी गर्न खोजेको भन्दै पौडेल समूहले विरोध गरेपछि गठन प्रकृया अवरुद्ध भएको हो ।
कांग्रेसमा अहिले ४२ वटा विभाग रहेका छन् । अहिले सहमतिमा गठन गर्ने भन्नुको अर्थ फेरि पनि पछि धकेलिनु नै हो । किनभने अहिले जुट्ने सहमति पहिला नै जुट्न सक्थ्यो । त्यसैले कार्य समितिमा नेता प्रदीप गिरीले भने जस्तै देउवा र पौडेल बाँचुञ्जेल भाग बण्डामै चलाउने ध्येय रहेको बुझिन्छ । भाग शान्ति जय नेपाल ।
कांग्रेसमा नयाँ गुट…..महाधिवेशनको पूर्व सन्ध्यामा कोइराला गुटको उदय
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार