स्याङ्जाबाट एकैदिन दुई ज्ञापनपत्र :- प्रधानमन्त्री र सञ्चारमन्त्रीको ध्यानाकर्षण
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_U6mF8d7adH.jpeg
)
नेपालबहस संवाददाता
भदौ १८, २०७६ बिहिबार १:८:५८
![](https://nepalbahas.prixacdn.net/media/albums/press-unoin-syangja_gQXyOP8NGn.jpg)
१८ भदौ,स्याङ्जा । रेडियो नेपाल सुदुरपश्चिम प्रादेशिक केन्द्र दिपायलमा लामो समयदेखि कार्यरत पत्रकारहरु प्रकाश बम, सुनिता रावल र चक्रवहादुर कुवँरलाई राजनीतिक पूर्वाग्रह साँधेर रेडियो प्रसार विकास समितिले कामबाट हटाएको घटनाप्रति प्रेस युनियनले ध्यानाकर्षण गर्दे पुर्नबहालीको माग राखेर सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटालाई आज ज्ञापनपत्र बुझाएको छ ।
नेपाल प्रेस युनियन स्याङ्जाका अध्यक्ष प्रदीप कोइरालाद्धारा हस्ताक्षरित ज्ञापनपत्र इलाका प्रशासन कार्यालयका प्रमुख दामोदर शर्मा पंगेनीमार्फत जिल्लामा क्रियाशिल पत्रकारहरुको टोलीले बुझाएका हुन । प्रेस युनियनले तीनै जना पत्रकारहरुलाई तत्काल पूर्नबहाली गर्न यसअघि पटक पटक दबाब दिर्दै आएपनि रेडियो नेपालको व्यवस्थापन पक्षले कुनै सुनुवाई नगरेकाले हामी थप आन्दोलनमा जान बाध्य भएको ज्ञापनपत्रमा उल्लेख छ ।
ज्ञापनपत्रमा भनिएको छ वर्तमान सरकारले सरकारी सञ्चारमाध्यममा आफ्ना पार्टीका कार्यकर्ता भर्ती गर्ने षडयन्त्रले लामो समयदेखि काम गरिरहेका ब्यवसायिक पत्रकारलाई निष्कासन तथा स्ट्रन्जरको म्याद थप नगरेको प्रेस युनियनको निश्कर्ष छ । युनियन यस्ता क्रियाकलापको विरोध एवं भत्सर्ना गर्दै तत्काल सच्याउन माग गर्दछ ।
त्यस्तै प्रेस स्वतन्त्रता विरोधी विभिन्न प्रावधान रहेको र सर्वत्र विरोध भएपछि केही समय स्थगन गरिएको मिडिया काउन्सिल विधेयक सरोकारवाला संघ संस्थासँग कुनै सल्लाह र परामर्श नगरी एकाएक राष्ट्रियसभाबाट प्रक्रिया अघि बढाएको प्रति युनियनको ध्यानाकर्षण भएको जनाएको छ । सरोकारवालाहरुको मागलाई सम्बोधन गर्दै संसदमा रहेका दलहरुको सहमतिबाटै मिडिया काउन्सिल लगायत विधेयक पारित गर्न युनियनले माग गरेको छ ।
प्रेस युनियन सदैव पत्रकारहरुको हकहित र प्रेस स्वतन्त्रताको पक्षमा लडिरहने प्रण गर्दै अल्टिमेटमसहित तीनै जना पत्रकारहरुलाई तत्काल पूर्नवहाली गर्न जोडदार माग राख्दै पत्रकारको हकहित र प्रेस स्वतन्त्रता विरोधी कुनै पनि क्रियाकलाप सह्य नहुने सरोकारवाला सबैमा स्मरण गराउदैं माग पुरा नभए थप आन्दोलनमा जाने समेत उल्लेख छ ।
उता नेपाल पत्रकार महासंघ स्याङ्जाले पनि सर्वोच्च अदालतको आदेशपछि पुन पक्राउ गरिएका पोखराका पत्रकार ओम हमालको रिहाइको लागि जिल्ला प्रशासन कार्यालय स्याङ्जामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । शाखाका अध्यक्ष ओमप्रकाश शर्माद्धारा हस्ताक्षरित ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी कोषराज निरौलामार्फत बुझाइएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगोको ज्वालाले बेलुन फुट्दा अर्थमन्त्री पौडेल र महानगर प्रमुख आचार्य घाइते
फागुन ३, २०८१ शनिबार
तनहुँ जलविद्युत् आयोजनाले माछा संरक्षण गर्दै
माघ ३०, २०८१ बुधबार
क्यान्सर उपचारमा गण्डकी सरकारको सहायता, सयौं लाभान्वित
माघ ३०, २०८१ बुधबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार
अमेरिकाले भुक्तानी रोकेपछि एमसीसी परियोजना स्थगित
फागुन ६, २०८१ मंगलबार
नेपाली छात्राको मृत्यु प्रकरणमा ओडिसा सरकारले बनायो उच्चस्तरीय छानबिन समिति
फागुन ६, २०८१ मंगलबार
इन्डोनेसियाले सन् २०३० सम्ममा ६३ हजार चार्जिङ स्टेशन निर्माण गर्ने
फागुन ६, २०८१ मंगलबार
विद्युतीय व्यापार (इ–कमर्श) विधेयक पारित
फागुन ६, २०८१ मंगलबार