ओभरलोडका कारण जीप दुर्घटना, तीनको मृत्यु, २२ घाईते
नेपालबहस संवाददाता
भदौ १८, २०७६ बिहिबार १:९:३२
१८ भदौ, स्याङ्जा । पाल्पाको रम्भा गाँउपालिकाको हुगीबाट स्याङ्जाको गल्याङ्तर्फ आइरहेको जीप बुधवार दिउँसो दुर्घट्ना हुदा एक जनाको घटनास्थलमा र दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ भने २२ जना घाईते भएका छन् । ग १ ज ३८३१ नम्वरको जीप गल्याङ नगरपालिका बजार नजिकै वीपीसीको उकालोमा दुर्घट्ना हुँदा ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घट्नामा रम्घा हुगीकी ५५ बर्षिय खनीमाया नेपाली, सोही ठाँउकै ३४ बर्षिय मन्जु भण्डारी गैह्रे र ९ बर्षिय बालक वालिङ १३ का प्रशन्न परियारको मृत्यु भएको हो । गैह्रे र नेपालीको उपचारका क्रममा मृत्यु भएको हो भने बालकको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाईते मध्ये २२ जनाको पाल्पास्थित मिसन अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । ४ जनाको गल्याङ्स्थित अस्पतालमा उपचारपछि घर फर्केको प्रहरीले जनाएको छ । थप उपचारका लागि पाल्पाको तानसेन पठाईएका घाईतेमध्ये १२ महिला, ८ जना पुरुष र ३ जना बालक रहेकाछन् । दुर्घटनामा तीज मनाएर फर्किएका महिलाहरु परेको बताईएको छ ।
अत्यन्तै ओभरलोडका कारण दुर्घट्ना भएको प्रहरीको अनुमान रहेको छ । जीप झण्डै सडकबाट झण्डै ४०० मिटर तल खसेको प्रहरी चौकी गल्याङले जनाएको छ । चालक घाईते भएको वा फरार रहेको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको गल्याङ प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
सर्लाहीमा बसले थिच्दा ड्युटीमा रहेका सशस्त्र इन्स्पेक्टरको मृत्यु
पुष १७, २०८१ बुधबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
पुष १८, २०८१ बिहिबार
धरान उपमहानगरपालिकाले ‘धरान उत्सव’ गर्ने
पुष १८, २०८१ बिहिबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच २ घण्टा भेटवार्ता
पुष १८, २०८१ बिहिबार
ढुम्रु गीत गाउँदै
पुष १८, २०८१ बिहिबार