गाई र कुकुर हत्याको विरोधमा राजधानीको माइतीघरमा प्रदर्शन
नेपालबहस संवाददाता
भदौ १८, २०७६ बिहिबार ५:७:५०
१९ भदौ, काठमाडौं । सुर्खेतमा गाई र खोटाङमा कुकुर हत्याको विरोधमा राजधानीको माइतीघरमा विरोध प्रदर्शन भएको छ । पशु कल्याण संघ नेपालको अगुवाईमा बुधबार राजधानीको माइतीघरमा प्रदर्शन गरिएको हो ।
पशु कल्याण संघ नेपालकी अध्यक्ष स्नेहा श्रेष्ठले गाई र कुकुर हत्या मानवीय संवेदनहीनता भएको भन्दै सरोकारवालाको चर्को आलोचना गरिन् । उनले खोटाङमा कुुकुरको सामूहिक हत्या भएकोविरुद्ध प्रशासनमा उजुरी दिदाँ उल्टै धम्क्याउँने काम भएको भन्दै आक्रोश समेत पोखिन् ।
प्रदर्शनमा सहभागीहरुले पशुपन्छीको स्याहारः हाम्रो संस्कार, पशु हाम्रो साथी हो मार्न पाइँदैन, तीन तहको सरकार खै पशुप्रति जिम्मेवार रु लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । यस्तै प्रदर्शनमा सहभागीहरुले पशुहरुको प्रतिक मखुण्डो समेत लगाएका थिए ।
प्रदर्शनमा पशुअधिकारसँग सम्बन्धित अधिकारकर्मी र सरोकारवालाहरुको उल्लेख्य सहभागिता रहेको थियो । गत साता सुर्खेत र खोटाङमा क्रमश गाई र कुकुरको हत्या भएको समाचार सार्वजनिक भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रेस चौतरी नेपालको महाधिवेशन फागुन २३ गतेदेखि २५ सम्म
पुष १७, २०८१ बुधबार
झापामा हात्तीको आक्रमणबाट महिलाको मृत्यु
पुष १७, २०८१ बुधबार
चितवनका ३१ हजार बढी किशोरीलाई एचपिभी खोप दिइने
पुष १७, २०८१ बुधबार
अमेरिका पठाइदिने भन्दै ६६ लाख बढी ठगी गर्ने ४ जना पक्राउ
पुष १७, २०८१ बुधबार
राजश्व बाँडफाँडमा मनोमानी, प्रदेशलाई कर बुझाउन स्थानीय सरकारको आनाकानी
पुष १७, २०८१ बुधबार
प्रेस चौतरी नेपालको महाधिवेशन फागुन २३ गतेदेखि २५ सम्म
पुष १७, २०८१ बुधबार
पनौती नगरपाकिाले बाढीप्रभावित क्षेत्रमा सम्पत्ति कर छुट दिने
पुष १७, २०८१ बुधबार