आजदेखि सिंगापुरका विज्ञबाट अनुसन्धान शुरु
नेपालबहस संवाददाता
भदौ १९, २०७६ बिहिबार १४:५७:३८
१९ भदौ, काठमाडौं । ह्याकिङ भएका बैंकका एटीएम प्रणालीको विस्तृत स्थिति पत्ता लगाउन विदेशी ‘फरेन्सिक’ टोलीले आजबाट अनुसन्धान थाल्ने भएको छ।
घटनाबारे सिंगापुरको भरीजोन कम्पनीका प्रतिनिधिले आजदेखि अनुसन्धान शुरु भएको आर्थिक अभियानले खवर छापेको छ । चिनियाँ नागरिकले नेपाली बैंकहरुको एटीएम प्रणाली ह्याक गरी गत शनिबार राजधानीका विभिन्न एटीएम बुथबाट पैसा चोरेका थिए।
बुधवार नेपाल आईपुगेको विज्ञ टोलीले चाेरीको घटना कसरी भयो, कुन बैंकको कति क्षति भयो र कसले व्यहोर्नुपर्ने लगायतको सम्पुर्ण विवरण सार्वजनिक हुने समाचारमा उल्लेख छ ।
नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम नेप्ससँग सहकार्य गरी अनुसन्धान गर्दा पनि कुन बैंकको कति रकम चोरियो भन्ने यकिन तथ्यांक नआएपछि फरेन्सिक टोली बोलाइएको हो।
राष्ट्र बैंकको प्राविधिकसहित फरेन्सिक टोलीको अनुसन्धान प्रतिवेदन आएपछि कुन बैंकको एटीएम बुथबाट कति रकम चोरियो भन्ने प्रस्ट हुने जनाइएको छ ।
प्रारम्भिक अनुसन्धान अनुसार नेपाल एसबीआई, नेपाल इन्भेस्टमेन्ट र नबिल बैंकको एटीएम बुथमा ग्लोबल आइएमई, सनराइज, जनता, प्रभु र एनआइसी एसिया बैंकको भिसा कार्ड प्रयोग गरी रकम चोरिएको थियो। रकम चोरीसँगै भिसा कार्डको सेवा बन्द भएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहेटौंडाबाट गैँडाको खागसहित तस्कर पक्राउ
पुष ११, २०८१ बिहिबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
जिल्लाको आदेश सदर गर्दै उच्च अदालतले भन्यो, बेचन झालाई थुनामै राख्नु
पुष १, २०८१ सोमबार
चितवनका ३१ हजार बढी किशोरीलाई एचपिभी खोप दिइने
पुष १७, २०८१ बुधबार
अमेरिका पठाइदिने भन्दै ६६ लाख बढी ठगी गर्ने ४ जना पक्राउ
पुष १७, २०८१ बुधबार
राजश्व बाँडफाँडमा मनोमानी, प्रदेशलाई कर बुझाउन स्थानीय सरकारको आनाकानी
पुष १७, २०८१ बुधबार
प्रेस चौतरी नेपालको महाधिवेशन फागुन २३ गतेदेखि २५ सम्म
पुष १७, २०८१ बुधबार
पनौती नगरपाकिाले बाढीप्रभावित क्षेत्रमा सम्पत्ति कर छुट दिने
पुष १७, २०८१ बुधबार