असोज २६ मा चिनियाँ राष्ट्रपतिको दुईदिने भ्रमण ?
नेपालबहस संवाददाता
भदौ १९, २०७६ शुक्रबार १:१०:९
१९ भदौ, काठमाडौं। सबै कुरा यथावत रहेको अवस्थामा चिनियाँ राष्ट्रपति सी चिनफिङ्ले आगामी असोज २६ र २७ गते नेपालको २ दिने भ्रमण गर्नुहुने ‘मोटामोटी तय’ भएको बुझिएको छ, तर यसलाई दुवैपक्षले अत्यन्त गोप्य राख्ने र काठमाडौं र बेईजिङ्ले एकसाथ घोषणा गर्ने बेइजिङ्को आग्रहअनुरुप प्रक्रिया अघि बढाईदैछ । काठमाडौंमा भ्रमणको भित्री तयारी भने युद्धस्तरमा चलिरहेको छ ।
आगामी आईतबार चिनियाँ विदेशमन्त्री एवं चिनियाँ राज्यपरिषदका सदस्य वाङ् यी यसै सिलसिलामा दुईदिने नेपाल भ्रमणको लागि कराँचीबाट काठमाडौं आउँदैछन् । पोहोर डिसेम्बरमा भएको यस्तै बैठकको निरन्तरताको रुपमा यही शनिबार (भदौ २१ मा) पाकिस्तानको इस्लामावादमा चीन–पाकिस्तान–अफगानिस्तानको त्रिपक्षीय बैठक हुँदैछ ।
सो बैठक सकेर चिनियाँ विदेशमन्त्री वाङ्ले भदौ २३ र २४ गते नयाँ दिल्लीको भ्रमण गर्ने र ३४८८ किलोमिटर लामो दुई देशको विद्यमान सीमा विवादबारे वार्ता गर्ने कार्यक्रम थियो, तर भारतीय पक्षको आग्रहमा सो बैठक अनुकूल समय मिलाएर पछि गर्ने भएपछि उनको भारत भ्रमण स्थगित भएको हो ।
विदेशमन्त्री वाङ्को काठमाडौं भ्रमणका अवसरमा आफ्ना नेपाली समकक्षी प्रदीप ज्ञवालीसँग बेल्ट–एण्ड–रोड लगायत नेपालमा सञ्चालित आयोजनाहरूमा चिनियाँहरूबाट भइरहेको कामबारे पनि छलफल हुने बुझिएको छ । मूख्यतः राष्ट्रपति सी चिनफिङ्को नेपाल भ्रमणका कार्यक्रम र एजेण्डा सुनिश्चित गर्ने विषयबस्तुमा दुवै पक्षको वार्ता केन्द्रित हुनेछ ।
राष्ट्रपति सी आगामी असोज २४ देखि २६ गतेसम्म भारतको तीनदिने भ्रमणमा जाने र त्यताबाट स्वदेश फर्किने क्रममा नेपालको २ दिने भ्रमण गर्ने प्रारम्भिक कार्यक्रम बनाइएको छ । उनी नयाँ दिल्ली नगई सोझै दक्षिण भारतको तामिलनाडूस्थित ममल्लापुरम् जाने र त्यही प्रधानमन्त्री नरेन्द्र मोदीले उनको स्वागत गर्नेछन् । दुवै देशका शिर्ष नेताहरू तामिलनाडूमा दोस्रो अनौपचारिक शिखर वार्तामा सरिक हुने कार्यक्रम छ । पहिलो यस्तै अनौपचारिक शिखर वार्ता चीनको उहान शहरमा गत बैशाख १४ र १५ गते भएको थियो ।
राष्ट्रपति सीको नेपाल भ्रमण हुने भयो र नेपाली पक्षले लापरवाही नगरी सफल बनाउने दिशामा तयारी गरेमा यो भ्रमणबाट नेपालको प्रगतिका लागि नयाँ ढोका खुल्ने छ । कश्मिरमा हात हालेको भारतले कश्मिरको महाभारतबाट पार पाउन चीनतिर लचिलो नीति अपनाउने स्पष्टै देखिन्छ ।
त्यसैगरी हङ्कङमा हालैको विद्रोहबाट घाईते भएको र मुसलमान बहुल पश्चिम चीनले कायल बनाइरहेको बेईजिङ्ले कश्मिर मामिलामा भारतलाई चिढाउने हदसम्म पाकिस्तानलाई नबोक्ने रवैया देखाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाह युद्बबिराम रोक्न सकारात्मक, चाँडै सहमति हुन सक्ने
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार