ब्युँताईएको कुख्यात ‘सुडान काण्ड’, कंसाकार जेल जादै
नेपालबहस संवाददाता
भदौ २०, २०७६ शनिबार १:१२:२९
२० भदौ, काठमाडौं । दशवर्षभन्दा अघिको सुडान घोटाला भन्ने जनजिब्रोको भ्रष्टाचार चर्चाले कुख्यात काण्ड, केही दिनअघि यसकाण्डका एक मूख्य अभियुक्त मानिएका शम्भु भारती पक्राउ परेसँगै फेरि चर्चामा आएको छ ।
यसकाण्डमा परी नेपाल प्रहरीका आईजीपीदेखि अन्य कतिपय ब्यक्तिहरूले जेलजीवन भोगिसके । यो काण्ड यस अवधिमा बिस्तारै बिर्सिएको विषय भएको थियो । तर शम्भु भारतीको गिरफ्तारीले यो मुद्दा पुनः ब्युँतिएको छ । तत्कालीन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आयुक्तहरू हुँदा हुन् र उनीहरूमा साहस हुन्थ्यो भने यस काण्डका मूख्य अभियुक्त मानिएको राजनीतिक र प्रशासनिक पक्षका मानिस नै जेलको हावा खाइरहेका हुन्थे ।
शानेवानिका एक जोडी वाईडबडी एयरबस जेट विमान किन्दा भएको रू ४ अर्ब ३५ करोड ५६ लाखको घप्लाबाजी (कुख्यात भ्रष्टाचार) मा मूख्यरुपले संलग्न राजनीतिक दलका शीर्ष र मूख्य नेताहरूलाई जोगाएर तल–तलका कर्मचारीलाई मात्र फन्दामा पार्ने ‘सुडान काण्ड’कै मोडेलमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान, अभियोजन र मुद्दा दायरको तयारी गरेको हुनाले वाईडबडी मुद्दाको आदर्श हुनपुगेको कारणले सुडान घोटालालाई फेरि एकपटक हेर्नुपरेको हो ।
तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौला, तत्कालीन अर्थमन्त्री डा. रामशरण महत, तत्कालीन गृहमन्त्रालयका सचिव उमेश मैनाली (हाल लोकसेवा आयोगका अध्यक्ष), सुजाता कोइरालाका ज्वाई रुबेल चौधरी जस्ता व्यक्तिहरू यतिखेर जेलमा हुने थिए । तर अख्तियारको चरित्र हात्ती चोरसँग सरसल्लाह गर्ने र कुखुरा चोरलाई कारवाही गर्ने खालको भएको हुनाले उनीहरूले उन्मुक्ति पाएका हुन् ।
हाल सार्वजनिक चासो र ब्यापक चर्चा पाएको शानेवानिका एक जोडी वाईडबडी एयरबस जेट विमान किन्दा भएको रू ४ अर्ब ३५ करोड ५६ लाखको घप्लाबाजी (कुख्यात भ्रष्टाचार) मा मूख्यरुपले संलग्न राजनीतिक दलका शीर्ष र मूख्य नेताहरूलाई जोगाएर तल–तलका कर्मचारीलाई मात्र फन्दामा पार्ने ‘सुडान काण्ड’कै मोडेलमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान, अभियोजन र मुद्दा दायरको तयारी गरेको हुनाले वाईडबडी मुद्दाको आदर्श हुनपुगेको कारणले सुडान घोटालालाई फेरि एकपटक हेर्नुपरेको हो । यो काण्डमा शानेवानीका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकार छिट्टै जेलमा सड्ने स्रोतको दावी छ ।
को हुन् पक्राउ पर्ने शम्भु भारती ?
डडेलधूरा जिल्लाको रूपाल गाबिस–४ भट्टानी गाउँमा पुख्र्यौली घर भएका यिनका बाबुआमा २०३५ सालमा बसाई सरेर कञ्चनपुर जिल्लाको सुडा गाविस शिशैयामा आएका हुन् । डडेलधूरामा सामान्य आर्थिक हैसियत भएका हाल ५२ वर्षीय शम्भुका बाबु पदम भारती कपडा व्यापारी थिए । एलएलसी पास गरेपछि कञ्चनपुरबाट काठमाडौंमा पढ्न आएका यिनी सानोतिनो ठेकेदारीमा लाग्दै जादाँ सुरक्षा अङ्गमा ठेकेदार हुन पुगे ।
हाल यिनको सम्पत्ती अरबको हाराहारीमा भएको अनुमान छ । सेनाका विभिन्न ठेक्काहरूमा यिनको अहिले पनि कारोबार छ । कांग्रेस नेतृ सुजातासँग यिनको राम्रै हिमचिम छ । सुजाताकै एक पीएले यिनलाई सुजाताका ज्वाई, यस काण्डका एक अभियुक्त रूबेल चौधरीसँग परिचय गराईदिएका हुन् ।
को हुन् रूबेल चौधरी ?
बांग्लादेशको ढाकास्थित चिस्तियाँ प्यालेस रोड नं. ५/‘ए’ बस्ने सेर–ई–क्वाजा अनवरूल हक चौधरीका छोरा हाल ४१ वर्षीय रूबेल चौधरी एकताका काठमाडौंमा प्रायः सासु सुजातासँगै बस्ने गरेका थिए । सुजातापुत्री मेलानी रोसा जोस्ट (हाल चौधरी) र यी लण्डनमा पढ्दा यिनीहरूको प्रेम मामिला सुरू भएको थियो । काठमाडौंमा यी दुबैको भव्य विवाह भयो ।
सुडानको शान्ति स्थापनामा खटिएको नेपाल प्रहरीका लागि पठाउने आम्र्ड् प्रोटेक्टेड भेहिकल (एपीसी) सहित अन्य सुरक्षा र बन्दोबस्तीका सामाग्रीका ५० करोड रूपैयाँको खरिदमा भएको ३६ करोड रूपैयाँको खुद घोटाला, पाँचजना अफगानीलाई २५ हजार डलर लिएर नेपाली पासपोर्ट दिलाएको, नेपाल टेलिकममार्पmत विदेशबाट आउने भूउपग्रहीय टेलिफोन कल (भीएसओपी) छल्ने कार्य र तराला इन्टरनेशनलले पठाएको तथा राजश्व अनुसन्धानमा रहेको १० लाख अमेरिकी डलर छुटाउनेजस्ता काण्डमा पनि यिनको संलग्नता जोडिएको थियो ।
तत्कालीन डीआईजी दीपककुमार श्रेष्ठको संयोजकत्वमा गठित खरिद बोर्डले पूर्व एआईजी दीपक थाङ्देन समितिको रायसल्लाह र तत्कालीन आईजीपी राणाको निर्देशनमा सूचिकृत कम्पनीबाट रू. २८ करोड ६२ लाख ३२ हजार, बोलपत्र प्रक्रियाबाट रू.पाँचकरोड ५७ लाख ११ हजार र सिलबन्दी दरभाउ एवं विविध प्रक्रियाबाट रू.६ करोड ३४ लाख ३२ हजार गरेर जम्मा ४० करोड ५३ लाख ७६ हजारका सामान खरिद ग¥यो ।
यस्तो छ ‘सुडान काण्ड’
२०६४ भदौ १० मा तत्कालीन मन्त्रिपरिषदले अफ्रिकी मुलुक सुडानको डार्फर क्षेत्रमा राष्ट्रसंघको आग्रहमा नेपाल प्रहरीको शान्ति स्थापर्नाथ मिशन पठाउने निर्णय ग¥यो । २०६५ साल असोज ४ गतेदेखि सुडानको डार्फर क्षेत्रमा नेपाल प्रहरीको १४० जनाको टोली क्रियाशील रह्यो । यस प्रक्रियाको शुरूदेखि नै नेपाल प्रहरीमा आईजीपी ओमबिक्रम राणा थिए । उनकै पालामा सो वर्षको १० असोजमा खरिद सम्झौता भयो ।
साथै राष्ट्रसंघमा बिल पेस गरेपछि त्यहीँबाट शोधभर्ना हुनेगरी प्रहरी कल्याण कोषको रकम सापटीका रूपमा चलाउने निर्णय पनि भयो । उनकै पालामा सो सम्झौता नौ पटक संशोधन गरी सामान आपुर्तिकर्ता ठेकेदारको अनुकूल हुनेगरि बनाइयो । यसमा गृहमन्त्री कृष्णप्रसाद सिटौलाको दैनिक प्रचण्ड दबाब थियो ।
तत्कालीन डीआईजी दीपककुमार श्रेष्ठको संयोजकत्वमा गठित खरिद बोर्डले पूर्व एआईजी दीपक थाङ्देन समितिको रायसल्लाह र तत्कालीन आईजीपी राणाको निर्देशनमा सूचिकृत कम्पनीबाट रू. २८ करोड ६२ लाख ३२ हजार, बोलपत्र प्रक्रियाबाट रू.पाँचकरोड ५७ लाख ११ हजार र सिलबन्दी दरभाउ एवं विविध प्रक्रियाबाट रू.६ करोड ३४ लाख ३२ हजार गरेर जम्मा ४० करोड ५३ लाख ७६ हजारका सामान खरिद ग¥यो । यसरी खरिद गर्नुभन्दा पहिले प्रहरी प्रधान कार्यालयले गृहमन्त्रीबाट स्वीकृति लिएको थियो ।
प्रिफेव हाउस, गाडी, खाद्य सामाग्री, औषधी, खानेपानीका ट्याङ्करहरू, हातहतियार आदि सामान काठमाडौंमै सङ्कलन गरेर २०६४ मंसिर ५ गते युएनको सिपिङ एजेण्टलाई सुडान पु¥याइदिन जिम्मा लगाइयो । आर्म्ड पर्सनल क्यारियर (एपीसी अर्थात बख्तरबन्द गाडी) विदेशमा किनेर उतैबाट सुडान पठाउने काम भयो ।
पार्टीको महामन्त्री तीसौं करोडको भ्रष्टाचारलाई ढाकछोप गर्न र भ्रष्टलाई जोगाउन हिँड्ने अर्कोतिर त्यही पार्टीको नेता खुमबहादुर खड्कालाई डेढ कराेड र चिरन्जीवी वाग्लेलाई तीन करोड भ्रष्टाचार गरेको आरोप लगाएर जेल चलान गरिने कस्तो न्याय हो ? कस्तो लोकतन्त्र हो ? कस्तो गणतन्त्र हो ?
२०६५ भदौ १९ मा आठवटा एपीसी गाडी सुडान त पुगे, तर ती कुनैपनि चालु हालतमा थिएनन् । ४० वर्षका थोत्रा च्जेक गाडीलाई राष्ट्रसँघले भुक्तानी दिन नमानेपछि भ्रष्टाचार काण्डका रूपमा चिनियो यो प्रकरण । सबभन्दा ठूलो भ्रष्टाचारको सूचिमा पर्ने यो काण्डले कांग्रेसमा एकपटक सुजाता, सिटौला र डा. महतको सातो लिएको थियो ।
रूबेललाई कसले किन भगायो ?
‘सुडान’ काण्डमा रूबेललाई बांग्लादेशतिर भगाएपछि यस मुद्दाले गम्भीर मोड लिनपुग्यो । यस काण्डका मुख्य दोषी तत्कालीन कांग्रेस महामन्त्री सिटौलाले माओवादी अध्यक्ष पुष्पकमल दाहालको निवासमा गएर रूबेललाई प्रहरीको निगरानीबाट मुक्त गराई देशबाहिर जाने व्यवस्था गरिदिन अनुरोध गरेअनुरूप दाहालले तत्कालीन गृहमन्त्री कृष्णबहादुर महरालाई भनिदिएर रूबेललाई भगाइयो ।
कांग्रेसजस्तो गौरवमय इतिहास भएको पार्टीको महामन्त्रीले भ्रष्टाचारका अपराधीलाई जोगाउने काम बोकेर विपक्षी पार्टीका मुखियासमक्ष लम्पसार पर्नु कुनैपनि पार्टीको प्रतिष्ठाका लागि मरेको जुनी बराबर हो । पार्टीको महामन्त्री तीसौं करोडको भ्रष्टाचारलाई ढाकछोप गर्न र भ्रष्टलाई जोगाउन हिँड्ने अर्कोतिर त्यही पार्टीको नेता खुमबहादुर खड्कालाई डेढ कराेड र चिरन्जीवी वाग्लेलाई तीन करोड भ्रष्टाचार गरेको आरोप लगाएर जेल चलान गरिने कस्तो न्याय हो ? कस्तो लोकतन्त्र हो ? कस्तो गणतन्त्र हो ?
सुडान घोटालामा सुजाता कोइरालाका छोरी–ज्वाई रूबेल चौधरी मूख्य अभियुक्तमध्येमा परेका हुन् । उक्त घोटालाको एउटा पक्ष, सुडान पठाउने सामान आपूर्तिको ठेक्का पाएको लण्डनस्थित ‘एस्योर्ड् रिस्क्’ नामक कम्पनीका अपरेशनल डाइरेक्टर माइकल राइडरले सोही ठेक्काको काठमाडौंस्थित स्थानीय एजेण्ट शम्भु भारतीलाई पठाएको एक इमेलपत्रबाट उक्त कुरा प्रष्ट भएको हो । रूबेलले आफ्नी सासु सुजाता कोइरालाको इच्छामा काम गरेका थिए ।
२०६७ चैत ४ गते भएको कांग्रेस केन्द्रीय समितिको बैठकमा बोल्ने २६ जना नेताहरूमध्ये अधिकांश वक्ता वाग्लेको विषयमा मौन थिए । पार्टी महामन्त्री (पूर्व गृहमन्त्री) कृष्णप्रसाद सिटौला, पूर्व ऊर्जामन्त्री डा. प्रकाशशरण महत र पूर्व सिंचाई मन्त्री बालकृष्ण खाँडलगायतका केही नेताहरूले भने वाग्लेका सन्दर्भमा अदालत कांग्रेसका विरूद्ध सुनियोजित रूपमा लागेको आरोप लगाउँदै पार्टीको धारणा आउनुपर्ने भनाई राखेका थिए ।
तर गगन थापा लगायत केही युवा केन्द्रीय सदस्यहरूले भने सर्वोच्च अदालतको फैसलाको खिलाफमा पार्टी गएमा घातक हुने चेतावनी दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमिस फायरिङ भएको ‘केटु सिरिज’ का हतियार पुनः किन्ने तयारीमा सेना, अरबौंको खरिदमा करोडौं कमिशनको डिल !
कात्तिक २९, २०८१ बिहिबार
प्रधानमन्त्री ओली चीन भ्रमणको तयारीमा रहेका बेला अमेरिका र भारतका उच्च सैनिक अधिकारी नेपालमा
कात्तिक २७, २०८१ मंगलबार
वन मन्त्रालयमा अख्तियारको पत्र, कोप–२९ मा सहभागीको मन खिन्न
कात्तिक २६, २०८१ सोमबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
यूपीमा योगी सरकारको मदिरा बिक्रीमा कडाई, नियम पालना नगरे कारबाही हुने
कात्तिक ३०, २०८१ शुक्रबार
शाहको क्रिकेट प्रेम: अष्ट्रेलियाको क्लबदेखि सुदूरपश्चिम रोयल्ससम्म
मंसिर १, २०८१ शनिबार
वडा कार्यालयमै मुख्य निर्वाचन अधिकृतको कार्यालय
मंसिर १, २०८१ शनिबार
तिलागुफामा निर्वाचन कार्यालय स्थापना
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
मस्क र रामास्वामीले मागे पारिश्रमिक विना काम गर्ने कर्मचारी
मंसिर १, २०८१ शनिबार