शिक्षामा राजनीतिकरण बन्द नगरेसम्म मुलुकको बिकास असम्भव :- महामन्त्री डा. कोईराला
नेपालबहस संवाददाता
भदौ २०, २०७६ शनिबार १:२५:६
मिना कंडेल
२० भदौ,नवलपुर । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद डा.शशांक कोईरालाले शिक्षामा राजनीतिकरण बन्द नभएसम्म मुलुकको बिकास असम्भब रहेकोमा जोड दिएका छन् ।
शिक्षाको बिकास बिना मुलुकको बिकास सम्भब नरहेको बताउँदै डा.कोइरालाले शिक्षामा राजनीति पुर्ण रुपमा बन्द हुनु पर्नेे बताए । नवलपरासीको देवचुली नगरपालिकास्थित पृथ्बी माध्यमिक बिद्यालयको बार्षिकोत्सब कार्यक्रमलाई शुक्रवार सम्बोधन गर्दै नेपाली कांग्रेसका महामन्त्री डा. कोइरालाले सो विचार ब्यक्त गरेका हुन् ।
उनले जबसम्म बिद्यालयमा अध्यापन गराउने शिक्षक ,अभिभावक र बिद्यार्थी प्रति जिम्मेवार हदैंनन तबसम्म कुनै पनि शिक्षाले फड्को मार्न नसक्ने बताउँदै हामीले हरेक कुरामा राजनीति गर्न नहुनेमा जोड दिए । हामी सबैले एक भएर शिक्षामा केही गर्नुपर्छ भनेर लाग्यौं भने साँच्चिकै अघि बढन सक्छौं र त्यसका लागि सबैको सोच सकरात्मक हुनुपर्नेमा कोइरालाले जोड दिए । शिक्षा उज्यालो दिशातर्फ लम्कने खुडकिलो भएकाले यस्को बिकासमा अग्रसर हुन आग्रह गरेका छन् ।
डा.कोइरालाले शिक्षकले राजनीति गर्न नहुनेमा जोड दिदैं कोइरालाले बालबालिकाको भविष्य कुनै पनि अबस्थामा बिगार्न नहुनेमा जोड दिए । उनले शिक्षा क्षेत्रको बिकासमा सबैले हातेमालो गरेर अघि बढेमा शिक्षामा कायपलट हुने पनि बताउदै बिकास र समृद्धिको मुल आधार नै शिक्षा भएको बताए ।
कार्यक्रममा बिद्यालयलाई महत्वपुर्ण योगदान दिनेहरुलाई डा. कोइरालाले सम्मान गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार