डा. बाबुरामको सक्कली अनुहार ! हाेला त जेल ?
नेपालबहस संवाददाता
भदौ २०, २०७६ शनिबार २:३०:१७
२० भदौ,काठमाडौं । धेरैलाई लाग्छ डा. बाबुराम भट्टराई एक होनहार राजनेता हुन् । कम्युनिष्ट राजनीतिमा लामो समय बिताएका डा. बाबुराम साँच्चै राष्ट्रप्रेमी नेता हुन् ।
०२६ सालको एसएलसीमा बोर्ड टप गर्ने होनहार बाबुराम पढाईमा सधैं अब्बल । उनको लोकप्रियता सधैं चुलिएको हो । त्यसैले उनको परिचय नै नेभर सेकेण्ड भन्ने बनिसकेको थियो । यस्ता व्यक्तिलाई नपत्याउने त कुरै भएन आमजनताले । तर उनी लाटो देशको गाँडो तन्नेरी मात्र थिए भन्ने कुरा समयक्रममा पुष्टि हुँदै गएको छ ।
राम्रो मानिस बिग्रिएपछि बाबुराम बन्छ भन्ने नेपाली उखानै बन्ने अवस्था उनी आफैं तयार गर्दैछन् । जसरी कुराउनी कुहिएपछि सबैभन्दा गन्हाउँछ , त्यसैगरी राम्रा भनिएका बाबुराम गन्हाउने अवस्थामा पुगेका छन् ।
होनहार मानिएका यिनै बाबुरामको राजनीतिक जीवन हेरौं न सबैभन्दा पत्रु नेताको कोटीमा पर्छन् । कुनैपनि स्थानमा नेतृत्वदायी भूमिकामा यिनी सफल भएको एउटै उदाहरण पाइँदैन । उनको सक्कली अनुहार कमैलाई मात्रै थाहा छ । राम्रो मानिस बिग्रिएपछि बाबुराम बन्छ भन्ने नेपाली उखानै बन्ने अवस्था उनी आफैं तयार गर्दैछन् । जसरी कुराउनी कुहिएपछि सबैभन्दा गन्हाउँछ , त्यसैगरी राम्रा भनिएका बाबुराम गन्हाउने अवस्थामा पुगेका छन् ।
अस्थिर र आरिशे उनको जन्मजात स्वभाव हो । आफू भन्दा कोही जान्ने छैन भन्ने उनको अहंकार पुरानै हो । सहपाठी डा.उपेन्द्र देवकोटासँग उनको लामो समय बोलचालै थिएन । त्यही दम्भ र अहंकारले गर्दा । राजनीतिक जीवनमा उनी हरेक मोर्चामा तीन बल्ड्याङ खानेमा परेका छन् । एकै थलोका लामो समय टिक्न नसक्ने उनको विचित्रको गुण छ । त्यसैले उनी नयाँ नयाँ ढंगले आफूलाई परिमार्जन गर्न रुचाउँछन् ।
देशको प्रधानमन्त्री जस्तो गरिमामय पदमा आसिन भईसकेको व्यक्ति तिहुन चखुवाको अवस्थामा पुगेका छन् । उपेन्द्र यादव जो कुनैबेला आफ्नै कार्यकर्ता थिए, उनैको हरुवाचरुवाको भूमिकामा छन् यतिखेर डा. साप ।
१७ हजार नेपालीको ज्यान लिने क्रुर ,नृशंस र आततायी माओवादी हिंसाको एउटा खम्बा पनि हुन् डा. बाबुराम । हजारौं अबला नारीको सिउँदो र काख उजाड पार्ने कथित जनयुद्धमा उनको नेतृत्वदायी भूमिका रह्यो । माओवादी युद्धको औचित्य पुिष्ट नगरी सर्लक्क पोइल गएसरह अनेकन पार्टीमा भौंंतारिन थालेका छन् उनी । कसैलाई विश्वास नगर्ने एकलकाँटे स्वभावकै कारण कुनै पनि पार्टीमा उनको लामो यात्रा संभव भएन ।
नेपाल विद्यार्थी संघबाट सुरु भएको उनको राजनीतिक यात्रा हत्या, हिंसा र आतंककारी बिल्ला भिर्दै यतिबेला मधेशका मसिहा बन्ने चरणमा फसेको छ । तर कसैले पत्याउने अवस्था भने छैन । देशको प्रधानमन्त्री जस्तो गरिमामय पदमा आसिन भईसकेको व्यक्ति तिहुन चखुवाको अवस्थामा पुगेका छन् । उपेन्द्र यादव जो कुनैबेला आफ्नै कार्यकर्ता थिए, उनैको हरुवाचरुवाको भूमिकामा छन् यतिखेर डा. साप ।
बिडम्बना नै भनौं, नेपालका ठूला कहलिएका कम्युनिष्ट नेताहरु ईशाइ धर्म प्रचारकको भूमिकामा छन् । तिनै मध्येका एक हुन् डा. भट्टराई पनि । नेपालमा ईशाई धर्मको प्रवद्र्धन गर्ने पछिल्लो शिखण्डीको भूमिकामा रहेका डा. बाबुराम सोझासाझा नेपालीलाई भड्काउन उद्यत छन् । धार्मिक, सांस्कृतिक र जातीय एकतामा खलल पार्ने गरी बाबुराम दलितहरुलाई भड्काउन लागिपरेका हुन् ।
बाबुरामको पछिल्लो विगत हेर्ने हो भने अस्थिरता मात्रै भेट्टिन्छ । गत संसदीय निर्वाचनमा नेपाली कांग्रेसको टाँग मुनि छिरेर प्रतिनिधिसभाको ढोका खोल्न सफल भएका डा. बाबुराम नयाँ शक्ति भन्ने पार्टीलाई एउटा आकार समेत दिन सकेनन् । आफूप्रति आस्था र विश्वास देखाएका आम कार्यकर्तालाई विल्टुवा बनाएर उनी उपेन्द्र यादवको समाजवादी पार्टीमा दोस्रो हैसियतमा बस्न पुगेका छन् । त्यसैले उनलाई पुराना मित्रहरुले साथ दिएनन् । एक्लै उपेन्द्रको रखवालाको भूमिकामा छन् डा. बाबुराम ।
यिनै बाबुराम अहिले नेपाली जनता भड्काएर विदेशी ख्वामित खुशी पार्न हौसिएका छन् । अरु कम्युनिष्ट जस्तै डा. बाबुराम अहिले खुलेरै ईशाइकरणको नेपाली अभियन्ता बन्ने चेष्टा गरिहेका छन् । बिडम्बना नै भनौं, नेपालका ठूला कहलिएका कम्युनिष्ट नेताहरु ईशाइ धर्म प्रचारकको भूमिकामा छन् । तिनै मध्येका एक हुन् डा. भट्टराई पनि । नेपालमा ईशाई धर्मको प्रवद्र्धन गर्ने पछिल्लो शिखण्डीको भूमिकामा रहेका डा. बाबुराम सोझासाझा नेपालीलाई भड्काउन उद्यत छन् । धार्मिक, सांस्कृतिक र जातीय एकतामा खलल पार्ने गरी बाबुराम दलितहरुलाई भड्काउन लागिपरेका हुन् ।
किनभने संविधानले कुनै धर्म वा सम्प्रदायको भावनामा ठेस पुग्ने तथा धर्म परिर्वतन गराउने काम गर्नु हुदैन । त्यो सोझै कानुन विपरित हुन्छ र जेल सजाय समेत भोग्नु पर्छ । अब हेर्नुछ कानुन जनतालाई मात्र लाग्छ कि नेतालाई पनि ?
हिजो राजधानीको बुढानिलकण्ठस्थित पार्क भिलेज रिर्सोटमा समता फाउण्डेशन नामक होलीवाइनको लगानीमा सञ्चालित एउटा एनजीओद्धारा आयोजित कार्यक्रममा डा. बाबुरामले भने –जुन धर्मले तपाईलाई पैतालाबाट जन्मिएको भनेर अपमान र विभेद गर्छ त्यो हिन्दू धर्मलाई किन स्वीकार गर्ने ? डा. बाबुरामको यो अभिव्यक्तिले विदेशीको दलाली गरेको बुझ्न कसैलाई गाह्रो भएन ।
अर्कोतर्फ यो वर्तमान संविधानको ठाडै बर्खिलाप पनि छ । किनभने संविधानले कुनै धर्म वा सम्प्रदायको भावनामा ठेस पुग्ने तथा धर्म परिर्वतन गराउने काम गर्नु हुदैन । त्यो सोझै कानुन विपरित हुन्छ र जेल सजाय समेत भोग्नु पर्छ । अब हेर्नुछ कानुन जनतालाई मात्र लाग्छ कि नेतालाई पनि ? तर त्यसको प्रतिकार जनस्तरबाट बाहेक अन्त कतैबाट पनि गरिएन । सबैले बुझेका छन् डा. सापलाई ।
नेपाल विभिन्न जात जाती र धर्म सम्प्रदायमा बाँडिएपनि भावनात्मक एकताको सूत्रमा बाँधिएको छ । यहाँ धार्मिक दंगा भड्किएको छैन । यो नै हाम्रो विशिष्ठ पहिचान पनि हो । तर बाबुरामले त्यहीं धावा बोल्ने चेष्टा गरेका छन् । उनको यो अभिव्यक्तिले नेपाली समाजलाई विभाजित गर्ने दूषित बिचार प्रतीत हुन्छ ।
उनले यसो भनिरहँदा चोरको खुट्टा काट भन्दा चोरले खुट्टा उचालेको कथा जोडिन आउँछ । उनलाई थाहा छ मैले यस्तो बोल्दा त्यसको प्रतिक्रिया के आउँछ भनेर । त्यसैले दलितलाई भड्काउन मात्रै उनी यो काम गरिरहेका छन् । त्यसवापत उनको खातामा हरियो डलरले स्थान पाउँछ ।
नेपाली जनता ज्यादै संयमित छन् , यस्ता भड्काउले फरक पार्दैन । त्यसैले बाबुरामको अभिव्यक्तिले समाजलाई विभाजन गर्ने कम तर आफ्नै सक्कली अनुहार देखाउने काम बढी भएको छ । जातीय विभेदको मूल स्रोत नै हिन्दू धर्मशास्त्र भएको उनको ठहर थियो । त्यसो हो भने उनी पटक पटक सत्ताको बाग्डोर सम्हालेका र कहलिएका नेताले यो विभेद अन्त्य गर्ने दायित्व कसरी निर्वाह गरे त ? नेपाली जनतालाई जवाफ दिन सक्नुपर्छ ।
यथार्थ बेग्लै छ । डा. बाबुराम विदेशीको दलाली गर्ने उपल्लो वर्गको मानिस मात्रै हुन् । त्यही कार्यक्रममा उनले भनेछन् – मैले यस्ता कुरा उठाउँदा डलर खाएर बोल्यो भन्ने आरोप लाग्छ , तपाईहरुले नै बोल्नु प¥यो । उनले यसो भनिरहँदा चोरको खुट्टा काट भन्दा चोरले खुट्टा उचालेको कथा जोडिन आउँछ । उनलाई थाहा छ मैले यस्तो बोल्दा त्यसको प्रतिक्रिया के आउँछ भनेर । त्यसैले दलितलाई भड्काउन मात्रै उनी यो काम गरिरहेका छन् । त्यसवापत उनको खातामा हरियो डलरले स्थान पाउँछ ।
विदेशी खुशी पार्न र उनीहरुको एजेण्डा पूरा गर्न मात्रै डा. बाबुराम अग्रसर भएको आम नेपालीले नबुझेको होइन । बाबुरामको यही शैली र व्यवहार कायमै रह्यो भने नेपाली राजनीतिक आलोकमा उनको सान्दर्भिकता पनि निमिट्यान्न हुने छ । समयले त्यो अवश्य पनि पुष्टि गर्ने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
कात्तिक १४, २०८१ बुधबार
प्रधानमन्त्रीको चीन भ्रमणः पोखरा विमानस्थलको ऋणलाई अनुदानमा परिणत गर्ने तयारी
कात्तिक १४, २०८१ बुधबार
हतियारमा सरकारको विभेद: प्रहरीलाई रोक्ने, सेनालाई बोक्ने !
कात्तिक १३, २०८१ मंगलबार
स्याङ्जाकै उत्कृष्ट कृषि सहकारी
नेपालबहस संवाददाता
कात्तिक २१, २०८१ बुधबार
दीपक मनाङेलाई चाँडै पक्राउ गर्ने प्रहरीको तयारी
नेपालबहस संवाददाता
कात्तिक २२, २०८१ बिहिबार
दीपक मनाङेलाई चाँडै पक्राउ गर्ने प्रहरीको तयारी
कात्तिक २२, २०८१ बिहिबार
राम्रो काम नगरेपछि अढाई वर्षका लागि कालोसूचीमा पर्यो उर्जा राज्यमन्त्री कान्छारामको कन्सट्रक्सन
कात्तिक २३, २०८१ शुक्रबार
गण्डकीको फैसलालाई लिएर कांग्रेस सांसद ढुंगानाले समिति मै न्यायाधीश मल्लमाथि पोखे आक्रोश
कात्तिक २३, २०८१ शुक्रबार
उपनिर्वाचनको लागि सशस्त्र र नेपाल प्रहरीमा केन्द्रीय निर्वाचन सुरक्षा समिति गठन
कात्तिक २३, २०८१ शुक्रबार
बागलुङमा दम्पती मृत फेला
कात्तिक २३, २०८१ शुक्रबार
दुर्घटनामा मृतक पाँच जनाको सनाखत
कात्तिक २३, २०८१ शुक्रबार
क्षतिग्रस्त विपी राजमार्ग पुनःनिर्माणबारे जाइकाद्वारा निरीक्षण
कात्तिक २३, २०८१ शुक्रबार
विमानस्थल मर्मतका कारण उत्पन्न समस्याको समाधान खोज्न परराष्ट्रमन्त्रीको आग्रह
कात्तिक २३, २०८१ शुक्रबार
टिकटक, नेटफ्लिक्ससहित २० अन्तर्राष्ट्रिय कम्पनी विद्युतीय सेवा करमा दर्ता
कात्तिक २३, २०८१ शुक्रबार