चिनियाँ विदेशमन्त्री वाङ पाकिस्तान भ्रमण सकेर काठमाडौं आउँदै
नेपालबहस संवाददाता
भदौ २२, २०७६ आइतबार १४:१४:३०
२२ भदौ, काठाडौं । चिनियाँ सरकारका विदेशमन्त्री एवं स्टेट काउन्सिलर वाङ यी तीनदिने औपचारिक भ्रमणकालागि आझ साँझ काठमाडौं झर्दै छन् । १९ सदस्यीय प्रतिनिधिमणडलकाे नेतृत्व गर्दै नेपाल आउन लागेका वाङले तीन दिने नेपाल बसाइका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री खड्गप्रसाद ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग सोमबार भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
नेपाल र चीनका परराष्ट्र मन्त्रालयले हिजो साँझ एकैसाथ विज्ञप्ती जारी गरी भ्रमण बारे जानकारी दिएका छन् । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता कन सुहाङले नियमित पत्रकार सम्मेलनमा वाङले पाकिस्तान भ्रमण सकेर नेपाल भ्रमण गर्न लागेको घोषणा गरेका थिए । शनिबार पाकिस्तान भ्रमणमा गएका विदेशमन्त्री यी इस्लामावादबाट सिधै आइतबार अपरान्ह ४ः२० बजे काठमाडौं उत्रनेछन् ।
दक्षिणी छिमेकी भारतका विदेशमन्त्री नेपाल भ्रमण आएको तीन साता नपुग्दै उत्तरी छिमेकी चीनका विदेशमन्त्री नेपाल आउन लागेका हुन् । दुई साताअघि ४ भदौमा भारतीय विदेशमन्त्री सुब्रमण्यम् जयशंकर पनि नेपाल भ्रमणका समयमा नेपाल–भारतका परराष्ट्रमन्त्रीस्तरीय आयोगको बैठकमा सहभागी भएका थिए ।
परराष्ट्रमन्त्र ज्ञवालीसँग सोमबार हुने औपचारिक वार्तामा नेपाल र चीनबीच सबै पक्षमा छलफल हुनेछ । नेपालले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणमा पुनः जोड दिने तयारी गरेको छ । नेपाल र चीनबीच यसैबीचमा भएका सहमति र सम्झौता कार्यान्वयनका उपायबारे पनि छलफल हुने परराष्ट्र स्रोतले जानकारी दिएको छ । विशेष गरी सिगात्से–केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन, डिपिआर तयारीका लागि छलफल हुनेछ ।
चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमणलाई चीनबाट भविष्यमा हुने उच्चस्तरीय भ्रमणको तयारीका रूपमा पनि लिइएको छ । अनुभवी करिअर डिप्लोम्याट मानिने यी नेपालबारे लामो समयदेखि जानकार छन् ।
परराष्ट्रमन्त्री ज्ञवालीले समकक्षी यीको सम्मानमा सोमबार साँझ रात्रिभोजको आयोजना गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । रात्रिभोजमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू, दुवैतर्फका कूटनीतिक नियोगका प्रमुखहरूसहितका अधिकारी सहभागी हुने कार्यक्रम रहेकाछ ।
परराष्ट्रमन्त्रीस्तरीय बैठकमा आर्थिक र विकास साझेदारीमा पनि छलफल गर्ने तयारी नेपालले गरेको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको सोमबारदेखि हुने नेपालको औपचारिक भ्रमण र द्विदेशीय प्रतिनिधिमण्डलस्तरीय वार्तामा नेपाल–चीन सम्बन्धका समग्र पक्षका साथै पारस्परिक हित र चासोका सबै विषयमा विचार–विमर्श हुने मन्त्री ज्ञवालीले जानकारी दिएका छन् । उनले दुई देशबीच विगतमा भएका सन्धि–सम्झौता तथा नेपालमा सञ्चालित विकास–निर्माणका परियोजनाको समीक्षाका साथै तिनको द्रुत कार्यान्वयनमा जोड दिइने पनि दाबी गरे ।
चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गर्न यो उपयुक्त समय हो भन्ने हामीले जानकारी गराएका छौँ, चीनको उच्चस्तरीय नेतृत्वको आगमन हाम्रा लागि उत्साहको विषय हो, तर भ्रमणको मिति निर्धारण भएको छैन
चीन र नेपालबीच हिमालय सीमापार बहुआयामिक सम्पर्क सञ्जाल निर्माण गर्न भएका समझदारी, रेलमार्ग निर्माण तथा परस्परमा सम्पर्क विस्तार र दुई देशबीच भएको यातायात तथा पारवहन सम्झौतालगायत विषयमा केन्द्रित रहेर वार्ता हुने मन्त्री ज्ञवालीले बताए । चार वर्षपछि चिनियाँ विदेशमन्त्रीबाट नेपाल भ्रमण हुन लागेको हो । विदेशमन्त्री वाङ चीनको राज्य परिषद्को सदस्यसमेत हुन् ।
चीनको भौतिक एवं आर्थिक विकासबाट नेपाल कसरी लाभान्वित हुन सक्छ भन्नेमा नेपालको ध्यान केन्द्रित रहेको उल्लेख गर्दै उनले वार्तामा द्विपक्षीय हित, क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका विविध विषयमा पनि विचार–विमर्श हुने बताए ।
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण सम्बन्धमा मन्त्री ज्ञवालीले अहिले नेपाल भ्रमण गर्न उपयुक्त समय भएको जानकारी गराएको बताएका छन् । चीनको उच्चस्तरीय नेतृत्वको आगमन हाम्रा लागि उत्साहको विषय हो, तर भ्रमणको मिति निर्धारण भएको छैन ।’ चिनियाँ राष्ट्रपतिले उपयुक्त समयमा भ्रमण गर्नेमा आफू आशावादी रहेको परराष्ट्रमन्त्रीले उल्लेख गरेका छन् । यसअघि राष्ट्रपति विद्या भण्डारीले चीन भ्रमणमा जाँदा चिनियाँ समकक्षीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएकी छन् भने राष्ट्रपति सीले सकारात्मक जवाफ दिएका थिए । विदेशमन्त्र वाङ आफ्नो नेपाल बसाई सकेर आउने मंगलबार बिहान स्वदेश फर्किने कार्यक्रम तय भएको छ ।
र याे पनि … असोज २६ मा चिनियाँ राष्ट्रपतिको दुईदिने भ्रमण ?
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा ध्यान दिऔँ: अध्यक्ष प्रचण्ड
पुष २०, २०८१ शनिबार
पर्यटकीय क्षेत्र सोलुखुम्बुको विकासमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ओली
पुष २०, २०८१ शनिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकास गर्दै कामपा
पुष २०, २०८१ शनिबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
तिलोत्तमा उद्योग वाणिज्य सङ्घ र भलाइ कोषबीच सम्झौता
पुष २०, २०८१ शनिबार
प्रधानमन्त्री कप महिला क्रिकेटः अछामको सान्त्वना जित
पुष २०, २०८१ शनिबार
आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा ध्यान दिऔँ: अध्यक्ष प्रचण्ड
पुष २०, २०८१ शनिबार
बाँझोपन भएका पशुको पहिचान गर्दै विदुर नगरपालिका
पुष २०, २०८१ शनिबार