खसी बोका खरीद बिक्री केन्द्र स्थापना, ४५० देखि ५०० मा खसीको मासु

नेपालबहस संवाददाता
भदौ २२, २०७६ आइतबार १६:३८:३९

२२ भदौ, मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिकामा खसी बोका खरीद बिक्री केन्द्र स्थापना गरिएको छ । वडा नं ६ मा रहेको चण्डिभञ्ज्याङ महिला उद्यमी सहकारी संस्था लिमिटेडले किसानहरुको सहजताका लागि मुग्लिन नजिकै कालिखोलामा पहिलोपटक खसीबोका खरीद बिक्री केन्द्रको स्थापना गरेको हो ।
केन्द्रको शनिबार इच्छाकामना गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले एक कार्यक्रमबीच उद्घाटन गरेकी हुन् । उनले गुणस्तरीय उत्पादन गर्न सकेमा बजारीकरणको समस्या नहुने र किसानले पनि आफ्नो उत्पादनको मूल्य राम्रो लिन सक्ने भएकाले व्यावसायिक बाख्रापालन गर्ने किसानका लागि गाउँपालिकाले अनुदान उपलब्ध गराउँदै आएको बताए ।
विभिन्न संस्थासँगको साझेदारीमा रु पाँच लाख ५० हजार खर्च गरी खसी बोका खरीद बिक्री केन्द्र निर्माण गरिएको महिला उद्यमी सहकारी संस्था लिमिटेडका अध्यक्ष रश्मी गुरुङले जानकारी दिए । गुरुङका अनुसार खसी बोका बिक्री केन्द्र निर्माणका लागि इच्छाकामना गाउँपालिकाको रु दुई लाख ५० हजार, हेफर इन्टरनेशनलको रु दुई लाख र सहकारीको रु एक लाख लगानी परेको छ । खसी बोका खरीद बिक्री केन्द्रको सञ्चालनसँगै किसानको उत्पादनलाई बजारीकरणमा सहजता हुने र किसानले पनि राम्रो मूल्य पाउने अपेक्षा गरिएको अध्यक्ष गुरुङले बताए।
यसैबीच सहकारीले निर्माण गरेको खसीबोका खरीद बिक्री केन्द्रको उद्घाटनको पहिलो दिन शनिबार करीब ६१ खसी बोका बिक्री भएको र सोबाट करीब रु नौ लाख कारोबार भएको छ । केन्द्रमा ४० किलोभन्दा माथिको खसी बोकाको रु ५०० प्रतिकिलो, ३० देखि ४० किलोसम्मको रु ४७० र २० देखि ३० किलोसम्मको रु ४५० प्रतिकिलो बिक्री मूल्य निर्धारण गरिएको छ ।
यहाँका अधिकांश किसानले खेतीपातीसँगै आर्थिक आम्दानीका लागि बाख्रापालन पनि गर्दै आएका छन् । खसी बोका खरीद बिक्री सङ्कलन केन्द्र निर्माण भएपछि किसानलाई सहजता भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएक सातापछि मन्त्रालय फर्किए अर्थमन्त्री पौडेल
फागुन ११, २०८१ आइतबार
एघार खर्ब १५ अर्बको वैदेशिक व्यापारमा आठ खर्ब ६१ अर्ब घाटा
फागुन १०, २०८१ शनिबार
कार्यान्वयन प्रक्रियामा नगएका आयोजना स्थगित गरिने
माघ २४, २०८१ बिहिबार
अमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
ईशानेश्वरमा रातभर उभिएर ठाडो बत्ती बाल्दै सयौं दम्पत्ति
फागुन १४, २०८१ बुधबार
रेणुका नगरकोटी बनिन् उत्कृष्ट खेलाडी
फागुन १४, २०८१ बुधबार
अमेरिका–युक्रेन खनिज सम्झौतामा के-के कुरा समेटिएको छ ?
फागुन १४, २०८१ बुधबार
शुक्रबार अमेरिकामा ट्रम्पसँग भेट्दै जेलेन्स्की, भविष्यको सहयोगबारे छलफल गर्ने
फागुन १४, २०८१ बुधबार
बाटो खन्नेक्रममा ढुंगा खसेर स्काभेटर चालकको मृत्यु
फागुन १४, २०८१ बुधबार
नेपालमा बीवाईडी हाई–टेक विकको शुभारम्भ, यस्ता छन् नयाँ मोडेलका कार
फागुन १४, २०८१ बुधबार