दोश्रो जागरण अभियानले पार्टीलाई नयाँ जीबन दिन सफल हुनेः महामन्त्री डा.कोइराला
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_U6mF8d7adH.jpeg
)
नेपालबहस संवाददाता
भदौ २२, २०७६ आइतबार २०:११:२७
![](https://snowberry.prixacdn.net/media/gallery_folder/logo_u9UuLIVas7_gfmsqcbqyudnlk52y0lythcjrnu7anmatg1lb8rylf5mt4quwfztywuergov.png)
मिना कंडेल
२२ भदौ, नवलपुर । नेपाली कांग्रेसका महामन्त्री तथा संघीय सांसद डा.शशांक कोईरालाले काँग्रेसको दोश्रो जागरण अभियानले पार्टीलाई नयाँ जीबन दिन सफल हुने बताएका छन् । उनले जागरण अभियानले मात्र काँग्रेसको संगठनमा नयाँ जागरण थपिने र यसले कार्यकर्ताहरुमा उत्साह दिने बताए ।
नेपाली काँग्रेस पुर्बी नवलपरासी क्षेत्र नं १ को कार्यक्रमलाई देबचुलीमा सम्बोधन गर्दै महामन्त्री डा. कोइरालाले अब काँग्रेसमा एकता र संगठनमा आमूल परिबर्तनको आबश्यक रहेकाले पुरानो संस्कार बाट नभई पार्टीलाई नयाँ पद्दतिबाट अगाडी बढाउनु पर्ने समय आएको बताए । त्यस्तै, उनले पार्टीले अब उठाउने उम्मेदवार जिल्ला तहबाटै निक्र्योल गरिने बताएका छन् । पार्टीले उठाउने उम्मेदवार पनि केन्द्रले हस्तक्षेप गर्न थाले पछि अब केन्द्रले नभई जिल्लाबाट नै स्थानीय तहमा उठाउने नगर, गाउँपालिकाका उम्मेदवार जिल्लाबाटै टुङ्गो लगाईने बताएका छन् ।
डा. कोइरालाले अब काँग्रेसको संगठनमा आमूल परिबर्तनको आबश्यकता रहेको बताउँदै पार्टीले आयोजना गर्ने जागरण अभियानलाई सफल बनाउन सबैले साथ दिनुपर्ने बताएका छन् । काँग्रेस एक ढिक्का भएर संगठनमा होमिनु पर्ने र अब पार्टीमा शुद्धिकरण आबश्यक रहेको समेत उनले वताए । कार्यकर्ताहरुले धैर्य गर्नु पर्ने र एक चित एक मन का साथ संगठनमा लाग्न कोइरालाले निर्देशन दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविद्युतीय व्यापार (इ–कमर्श) विधेयक पारित
फागुन ६, २०८१ मंगलबार
प्रतिनिधिसभाको बैठक सुरु
फागुन ६, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक सम्पन्न
फागुन ६, २०८१ मंगलबार
साउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार
अमेरिकाले भुक्तानी रोकेपछि एमसीसी परियोजना स्थगित
फागुन ६, २०८१ मंगलबार
नेपाली छात्राको मृत्यु प्रकरणमा ओडिसा सरकारले बनायो उच्चस्तरीय छानबिन समिति
फागुन ६, २०८१ मंगलबार