निजामती दिवसका अवसरमा वृक्षारोपण
नेपालबहस संवाददाता
भदौ २२, २०७६ आइतबार २०:४८:४६
मिना कंडेल
२२ भदौ, नवलपुर । “सक्षम निजामती प्रशासनः विकास, समृद्धि र सुशासन” भन्ने मुल नाराका साथ आइतवार नवलपुरमा पनि निजामती दिवस मनाइएको छ । नवलपुरमा निजामती कर्मचारीहरुले कावासोती ७ मा रहेको टरुवा तालको वरिपरी विभिन्न जातका फलफूलका विरुवा वृक्षारोपण गरि मनाइएको हो ।
ऐतिहासिक एवं पर्यटकीय सिमसार स्थल टरुवा तालको संरक्षण र सम्बद्र्धनमा टेवा पुर्याउने उदेश्यले कर्मचारी मिलन केन्द्र नवलपुरको आयोजनामा वृक्षारोपण गरिएको हो । कार्यक्रममा बोल्दै प्रतिनिधि सांसद तिलक महतले नवलपुर जिल्ला पर्यटकीय क्षेत्रको रुपमा रहेको हुदा यस जिल्लामा रहेका पर्यटकीय स्थलको संरक्षणमा जुट्नु पर्नेमा जोड दिएका छन् । नवलपुर जिल्ला धार्मिक, साँस्कृतिक, प्राकृतिक र सामाजिक हिसाबले निकै महत्वपूर्ण छ ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले धेरै विशेषताले भरिपूर्ण रहेको नवलपुर जिल्ला विकास र प्रबद्र्धनमा आफु सक्दो लागि पर्ने बताए । पर्यटकीय स्थलको पहिचान, पूर्वाधार निर्माण, प्रचारप्रसार गर्न सके पर्यटक बृद्धि हुने समेत उनले बताएका छन् । यसैगरि, कार्यक्रममा बोल्ने वतmाहरुले स्थानीय सरकारको पहलवाट धार्मिक तथा पर्यटकीय महत्व बोकेको क्षेत्रको संरक्षण प्रवद्र्धन र प्रचार प्रसार गर्न सके सिंगो नवलपुर विकासमा टेवा पुग्ने विश्वास गरेका छन ।
कार्यक्रममा प्रदेश सांसद विष्णु लामिछाने, रोशन बहादुर गाहा, जिल्ला प्रहरी प्रमुख मोहन प्रसाद पोख्रेल , कावासोती नगर प्रमुख चन्द्रा कुमारी पुन, नेपाल पत्रकार महासघं पूर्वी नवलपरासीका अध्यक्ष होमराज रानाभाट, लगायतले बोलेका थिए । कार्यक्रममा समाजसेवी, वुद्धिजिवि , स्थानीय एवं विभिन्न राष्ट्रसेवक कर्मचारीको उपस्थिति रहेको थियो ।
यस अघि शनिवार निजामती कर्मचारीहरुले टरुवा तालको सरसफाई गरेका थिए । नेपाल निजामती सेवा दिवस २०७६ को अवसर पारेर तालको सरसफाई गरिएको हो । करिब साढे सात बिगाहामा क्षेत्रफलमा फैलिएको ताल कर्मचारी मिलन केन्द्र नवलपुरमा आबद्ध कर्मचारीहरुले सफा गरेका हुन् । ऐतिहासिक एवं पर्यटकीय सिमसार स्थल टरुवा तालको सरसफाई नहुँदा अनावश्यक झारले भरिएर तालको मौलिकता नै लोप हुने अवस्थामा पुगेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीले सहयोग गर्ने
मंसिर ११, २०८१ मंगलबार
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार